अनुसन्धान

कम उमेर देखि प्रदूषित हावाको सम्पर्कमा रहँदा मानसिक विकारको जोखिम


लामो समय सम्म साना बालबालिकाहरू प्रदूषित हावाको सम्पर्कमा रहेमा उनीहरूमा मानसिक विकारको जोखिम हुन सक्ने अनुसन्धानले देखाएको छ ।

अनुसन्धान कर्ताहरूले गर्भमा रहेका शिशु, नवजात र किशोरावस्था को समय बालबालिकामा वायु र ध्वनि प्रदूषणको सम्पर्क मा आउँदाको दीर्घकालीन प्रभावहरूको जाँच गरे । यस क्रममा उनीहरू सँग निरन्तर सम्पर्कमा रहँदा चिन्ता, डिप्रेसन र मनोविकृतिको समस्या उत्पन्न हुने गरेको पाइएको छ ।

बेलायतको ब्रिस्टल विश्वविद्यालयका अनुसन्धान कर्ताहरूले पीएम २.५ प्रदूषक कणमा प्रत्येक ०.७२ माइक्रोग्राम प्रति घन मिटर वृद्धिले गर्भमा रहेका शिशुमा मनोविकृतिको जोखिम ११ प्रतिशतले बढ्छ भने डिप्रेसनको जोखिम १० प्रतिशतले बढ्छ । बाल्य कालमा एउटै प्रकारको जोखिमको लागि मनोविकृतिको सम्भावना ९ प्रतिशत सम्म बढ्छ । यो निष्कर्ष द जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसन नेटवर्क ओपनमा प्रकाशित भएको छ ।

वायु प्रदूषण अहिले सामान्य समस्या बनेको र विश्व भर मानसिक स्वास्थ्य समस्याको दर बढ्दै गएकाले यो निकै चिन्ताको विषय भएको अध्ययनले जनाएको छ ।

ब्रिस्टल विश्वविद्यालयका प्रमुख लेखक जोन न्यूबरीले प्रदूषण जोखिम कम गर्न कम उत्सर्जन भएको क्षेत्रमा बस्दा मानसिक स्वास्थ्यमा सुधार हुने सम्भावना रहेको बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!