पत्रकार अतुल मिश्र लाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जन स्वास्थ्य पुरस्कार’


काठमाडौं– सरकारले नेपालहेल्थ प्रेसका प्रधान सम्पादक अतुल मिश्र लाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’, प्रदान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विश्व सुर्ती जन्य पदार्थ रहित दिवस को अवसरमा प्रधान सम्पादक मिश्र लाई सुर्ती जन्य पदार्थको नियन्त्रण, रोकथाम र यो विरुद्ध स्वास्थ्य शिक्षा सम्बन्धी महत्वपूर्ण काम गरेकोले उक्त पुरस्कार प्रदान गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हसीना खान ले एक विशेष समारोह बिच दोसल्ला ओढाएर, ५० हजार नगद सहित मिश्र लाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’, प्रदान गरेकी हुन ।

स्वास्थ्य मन्त्रालयले गठन गरेको विज्ञ सम्मिलित निर्णायक मण्डलले सहभागी स्वास्थ्य पत्रकारहरू मध्ये क्षमता, योग्यता र अनुभव को आधारमा सबैभन्दा बढी अङ्क ल्याएका पत्रकार मिश्रको नाम पुरस्कारका लागि छनौट गरेको हो ।

पत्रकार मिश्रले आफ्नो पेशागत जीवनमा विज्ञान र स्वास्थ्य पत्रकारितामा विशेष विज्ञता राखेका छन । विदेशी सञ्चार माध्यमहरू सँग समेत आबद्ध रहेका मिश्र सोसाइटी अफ हेल्थ केयर जर्नालिस्टको अध्यक्ष समेत हुन् । उनी तिन दशक देखी पत्रकारिता गरिरहेका छन भने पछिल्लो २७ वर्ष देखि विशेष रूपले स्वास्थ्य र विज्ञान पत्रकारितामा संलग्न छन् ।

मिश्र ले यस अघि समेत राष्ट्रिय स्तरमा उत्कृष्ट स्वास्थ्य र विज्ञान पत्रकारिता पुरस्कारहरू, विभिन्न सम्मान लगायत दुई दर्जन भन्दा बढी पुरस्कारहरू प्राप्त गरेका छन् । पछिल्लो समय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले उनलाई विज्ञान पत्रकारिता पुरस्कारले समेत सम्मानित गरेको छ ।

सुर्ती जन्य पदार्थ रहित दिवस का अवसरमा मिश्र सहित नीता सापकोटा र धनबहादुर खड्का संस्था तर्फ हेल्थ नेपाल प्रकाशन प्रालि, कर्मचारी तर्फ विनोद विन्दु शर्मा र सुनिल शर्मा लगायतका सबैलाई जनही नगद ५० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!