डेंगु संक्रमित महिलामा कम तौलको बच्चा जन्माउने खतरा


एक नयाँ अध्ययन अनुसार डेंगु संक्रमित गर्भवती महिलामा कम तौल भएको बच्चा जन्माउने जोखिम बढि हुन्छ । अध्ययनमा यो पनि भनिएको छ कि गर्भावस्था को समय लामखुट्टे जन्य बिमारीबाट संक्रमित आमा वाट जन्मिएका बच्चामा पहिलो तीन वर्षमा अस्पताल जाने जोखिम बढ्छ भने अर्को वर्षमा यो जोखिम सर्वाधिक हुन्छ ।

अध्ययनमा ब्राजिलको मिनस गेरैस राज्यमा डेंगु ज्वरो बाट संक्रमित गर्भवती महिलाका तथ्याङ्क लाई विश्लेषण गरिएको थियो । अनुसन्धानको निष्कर्ष अमेरिकी इकोनमिक जर्नलः अप्लाइड इकोनमिक्समा प्रकाशित भएको छ । यो पेपरले बलियो खोज प्रस्तुत गरेको छ, जो गर्भावस्थामा डेँगुबाट संक्रमित हुँदा जन्म लिदा शिशुको स्वास्थ्यमा महत्वपूर्ण प्रभाव हुन्छ ।

अध्ययनको सह लेखक र बर्मिङ्घम विश्वविद्यालयमा अर्थशास्त्रका सहायक प्रोफेसर लिविया मेनेजेसले भनेका छन् कि यी जन्म नतिजाको दीर्घकालीन प्रभाव पनि हुन सक्छ । उदाहरणको लागि, पछिल्लो अनुसन्धानले थाहा पाइएको छ की जन्मको समय कम तौल ठूलो भए पछि सामाजिक–आर्थिक नतिजा र स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ ।

अनुसन्धान कर्ता ले पाए की गर्भवती भएको समय लामखुट्टे जन्य रोग ले संक्रमित महिलाबाट जन्मेको बच्चा र जन्मको समय कम वा अत्यन्त कम तौल भएका बच्चाको जोखिम क्रमशः ६७ र १३३ प्रतिशत बढ्छ ।

अनुसन्धान दलले पाए की संक्रमण को समय जन्मेका बच्चामा पहिलो तिन वर्षमा अस्पताल भर्ना हुने जोखिम २७ प्रतिशत बढ्न सक्छ । जबकी यो जोखिम दोस्रो वर्षमा सर्वाधिक ७६ प्रतिशत हुन्छ । जलवायु परिवर्तनले यो संक्रमण झन् बढेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस