‘जलवायु परिवर्तनले बढ्दो तापक्रमको कारण स्ट्रोकको घटनामा वृद्धि’


एक नयाँ अध्ययनले विश्वव्यापी रूपमा स्ट्रोक का कारण हुने मृत्यु र अशक्ततालाई जलवायु परिवर्तन– प्रेरित तापमानमा हुने परिवर्तन सँग जोडिएको देखाएको छ ।

न्युरोलोजी जर्नलमा प्रकाशित अध्ययन अनुसार सन् २०१९ मा प्रतिकूल तापक्रमका कारण ५ लाख २० हजार भन्दा बढी मानिसको स्ट्रोक बाट मृत्यु भएको देखाएको छ । जसमध्ये ४ लाख ७० हजार भन्दा बढी मानिसको मृत्युको कारण अनुकूल तापक्रम न्यून रहेको पाइएको छ । यसको साथै अनुसन्धान कर्ताहरूले सन १९९० को दाँजो मा स्ट्रोक सँग सम्बन्धित मृत्युको कारण को रूपमा अनुकूल तापमानमा वृद्धि पाए ।

तीन दशकको विश्वव्यापी तथ्याङ्कको विश्लेषणमा, अनुसन्धान कर्ताहरूले पत्ता लगाए कि उच्च तापक्रमले विशेष गरी १० वर्षभन्दा माथिका मानिसहरूमा स्ट्रोकका घटनाहरूमा तीव्र वृद्धि भएको छ । यो सँगै, यो तुलनात्मक रूपमा कम सामाजिक– जनसांख्यिक सूचकांक (सोसियो डेमोग्राफीक इन्डेक्स) भएका अफ्रिकी देशहरूमा बढी केन्द्रित भएको पाइयो ।

भारतमा प्रतिकूल तापक्रमका कारण झन्डै ३३ हजार स्ट्रोकले मृत्यु भएको छ । त्यसमध्ये ५५ प्रतिशत अनुकूल तापक्रम बढेकाले र ४५ प्रतिशत अनुकूल तापक्रम घट्ने कारण भएका हुन् ।

चीनको सिङ्ग्या अस्पताल सेन्ट्रल साउथ युनिभर्सिटीका अध्ययनका लेखक कुआन चेङले हालैका वर्षहरूमा तापक्रममा भएको नाटकीय वृद्धिले मानव स्वास्थ्यमा नकारात्मक असर पारेको र यसले विश्वव्यापी चिन्ता बढाएको बताए ।

प्रतिकूल तापक्रमका कारण स्ट्रोक ले मृत्यु हुनेको दर महिलाको तुलनामा पुरुषमा बढी रहेको अनुसन्धान टोलीले जनाएको छ । यो दर महिलामा ५.९ प्रतिशत रहेको पाइएको छ भने पुरुषमा ७.७ प्रतिशत रहेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!