पहाड चढ्दै कालाजार उत्पन्न गर्ने भुसुना

पूर्वी तराईको १२ - १३ जिल्लामा रहेको कालाजार अब मुलुकको ५५ भन्दा बढी जिल्ला बाट रिपोर्ट गर्न थालिएको छ


काठमाडौं– कालाजार उत्पन्न गर्ने भुसुना पछिल्लो समय मधेशको सम्म मैदान वाट हुँदै पहाड चढ्न थालेको छ । कालाजार अर्थात् भेसरल लिसमनाइसिस र उत्पन्न गर्ने भुसुना जसलाई स्यान्ड फ्लाइ भनिन्छ यो मुलुकको पूर्वी भाग वाट पश्चिमी भागमा सर्देछ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् द्वारा आयोजित स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको तिन दिने शिखर सम्मेलनमा विज्ञहरूले उक्त कुरा बताएका हुन । एचआईभी, टिबी, मलेरिया र कोभिड विरुद्ध लड्न लचिलो स्वास्थ्य प्रणाली विषयक प्रस्तुति सत्र मा का प्रा. डा. आनन्द बल्लभ जोशीले पछिल्लो समय कालाजार संक्रमण पहाडी क्षेत्रमा देखिन थालेको बताए । उक्त सत्र को अध्यक्षता डा.अनिल विक्रम कार्की र प्रा.डा.जनक कोइरालाले गरेका थिए।

‘उच्च उचाइ (हाई अल्टिच्युड) मा कालाजार सार्ने भुसुना छ’, जोशीले भने–‘यस्ता भुसुना पहाडी जिल्ला हरुमा छन् ।’

समुद्र सतह वाट ३ हजार मिटर माथि रहेको काइते गाविस र त्रिपुरा सुन्दरी गाविस लाई औँल्याउँदै उनले भने–‘त्रिपुरासुन्दरी मा गाऊ बाहिर गएको भ्रमण इतिहास नभएको तिन जना ५ वर्ष मुनी का बालबालिका लाई कालाजारको संक्रमण देखिएको तथ्याङ्क छ ।’

सन २००५ को दाँजोमा मुलुकमा कालाजारको केशमा ९० प्रतिशत कमी आए पनि, हाल यो संक्रमण पहिले स्थानीय रुपमा देखिने गरिएको ठाउँहरू भन्दा नयाँ क्षेत्रमा फैलिँदैछ ।

‘हालैका वर्षहरूमा कालाजारको महामारी विज्ञान परिवर्तन भइ रहेको छ’ ‘, जोशीले भने–‘नेपालमा अघिल्लो समय स्थानिक रूपमा कालाजार देखिने गरिएका गाउँहरूमा वर्षौ देखी कालाजारको नभेटे पनि नयाँ गाउ हरु कालाजार देखिने नयाँ क्षेत्रको रुपमा आएका छन् ।’

पूर्वी तराईको १२ – १३ जिल्लामा रहेको कालाजार अब मुलुकको ५५ भन्दा बढी जिल्ला बाट रिपोर्ट गर्न थालिएको औल्याउँदै डा. जोशी भन्छन् – ‘यो रोगको सङ्ख्या उल्लेख्य रूपमा कम को छ, तर यो संक्रमण राष्ट्रियव्यापी भएको छ। ।’

कालाजार भुसुनाको टोकाइबाट सर्ने सरुवा रोग हो । यो रोग परजीवीले गर्दा लाग्दछ । भुसुनाले रोगी मानिसलाई टोकेर स्वस्थ मानिसलाई टोक्दा यो रोग सर्छ । यो रोग नेपालको तराई भाग झापादेखि बारा सम्म १२ जिल्लामा पाइए तापनि पछिल्लो समय पहाडी क्षेत्रमा समेत देखिन थालिएको छ ।

उनको अनुसार १५ – २० वर्ष पहिले कालाजार देखिने ठाउँबाट रोग समाप्त भएपनि नयाँ ठाउँहरूमा देखिन थालिएको छ।

विश्व स्वास्थ्य संगठनको अनुसार विश्व भरीमा वर्षेनी ५० हजार देखी ९० हजार सम्म कालाजारको संक्रमण देखि गरिएकोछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!