बेरोजगारी र निद्राको कमीले मुटु रोगको जोखिम बढाउन सक्छ

दक्षिण एसियाली मूलका मानिसहरूलाई विश्वव्यापी रूपमा कम उमेरमा मुटु रोगको विकासको उच्च जोखिम हुन्छ र हाल सालै उनीहरूमा गैर–हिस्पानिक गोराहरूको तुलनामा मुटु रोगको मृत्युको दर उच्च रहेको पाइएको छ ।


वैज्ञानिकहरूले निन्द्राको कमी, बेरोजगारी र मुटु रोग बीचको सम्बन्ध पत्ता लगाएका छन् । अध्ययनले बेरोजगार, बीमा नगरेका वा उच्च माध्यमिक भन्दा कम शिक्षा पाएका मानिसहरूलाई राम्रो सँग निन्द्रा नलाग्ने र मुटु रोगको उच्च जोखिम हुने देखाएको छ ।

अमेरिकन हर्ट एसोसिएसनको जर्नलमा प्रकाशित उक्त अध्ययनमा एसियाली अमेरिकीहरू, जसमा भारतीय मूलका वयस्कहरू समेत सामिल थिए, मा अध्ययन गरे ।

अध्ययनले पत्ता लगायो कि यी सामाजिक कारकहरू र मुटु रोगको जोखिम बीचको सम्बन्ध फरक फरक समूहहरू बीच धेरै भिन्न थियो । अध्ययनमा संलग्न अन्वेषकहरू भन्छन् कि मात्र सम्बन्ध भेटिनु को अर्थ यो होइन की सामाजिक कारकहरूले रोगको जोखिमलाई प्रत्यक्ष रूपमा बढाएको हो ।

अध्ययनमा ६ हजार ३ सय ९५ एसियाली व्यक्तिको तथ्यांक समावेश गरिएको थियो । तीमध्ये २२ प्रतिशत भारतीय मूलका वयस्क थिए। भारतीय मूलका वयस्क समूहमा २० प्रतिशत मानिसले पर्याप्त निन्द्रा नपाएको र ४२ प्रतिशत मानिसमा अपर्याप्त शारीरिक गतिविधि भएको पाइएको थियो । यी दुवैलाई मुटु रोगको जोखिम कारक मानिन्छ ।

अध्ययनले यो पनि पत्ता लगायो कि सबै एसियाली समूहहरूको लागि, ‘स्वास्थ्य को लागि खराब सामाजिक कारकहरूको स्कोर एक युनिट बढ्ना साथ उच्च रक्तचापको जोखिम १४ प्रतिशत, निन्द्राको कमीको जोखिम १७ प्रतिशत र टाइप–२ मधुमेहको जोखिम २४ प्रतिशत बढी हुन्छ । यी सबै चीजहरूले मुटु रोगको जोखिम बढाउँछ ।’

अध्ययनका प्रमुख लेखक, अमेरिकाको वासिङ्गटन स्कूल अफ मेडिसिनका प्रोफेसर युजीन याङ भन्छन्,–‘स्वास्थ्यका लागि धेरै सामाजिक कारणहरू आपसमा जोडिएका हुन्छन्, जस्तै छरछिमेकको वातावरण, आर्थिक स्थिति र स्वास्थ्य सेवाहरूको प्रयोग ।’

उनले यो पनि भने कि, ‘दक्षिण एसियाली मूलका मानिसहरूलाई विश्वव्यापी रूपमा कम उमेरमा मुटु रोगको विकासको उच्च जोखिम हुन्छ र हाल सालै उनीहरूमा गैर–हिस्पानिक गोराहरूको तुलनामा मुटु रोगको मृत्युको दर उच्च रहेको पाइएको छ । एसियाली उप समूहहरूमा मुटु रोगको जोखिम मा फरक हुनुको कारण मुटु रोगको जोखिम कम गर्न र मानिसहरूको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण छ ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!