चट्याङले बालिकाको मृत्यु, चट्याङ वाट जोगिन के गर्ने, के नगर्ने?

चट्याङले मुलुकमा वार्षिक औसत १०५ जनाको मृत्यु भइ रहेको छ भने विश्वमा सरदर २४ हजार व्यक्तिले ज्यान गुमाउने गरेका छन्


काठमाडौं– एक १३ वर्षीय बालिकाको दैलेख, भैरवी गाउ पालिका ६ तोरी मूल मा चट्याङ लागेर मृत्यु भएको छ । सरकारी तथ्याङ्क अनुसार चट्याङले मुलुकमा वार्षिक औसत १०५ जनाको मृत्यु भइ रहेको छ भने विश्वमा सरदर २४ हजार व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार एक्कासि परेको चट्याङले बालिका शर्मिला कडेल गम्भीर घाइते भए पछि उपचारका लागी प्रदेश अस्पताल सुर्खेत तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

मनसुन को प्रवेश सँगै आएको चट्याङले पनि जनजीवन कष्टकर बनाउन थालेको छ । यस्तो अवस्थामा खेतमा काम गर्ने र घुम्न जाने मानिसहरू चट्याङको सिकार हुने गरेका छन् । यो समस्या आजको हैन शताब्दीयौं देखि चल्दै आएको छ । जसका कारण खेतमा काम गर्ने वा खाली ठाउँमा बस्ने मानिसको पनि मृत्यु हुन्छ ।

राष्ट्रिय प्रकोप जोखिम न्यूनिकरण केन्द्र को अनुसार चट्याङ बाट सुरक्षित हुन घर भित्र वा घर बाहिर हुँदा ‘गर्न हुने’ र ‘गर्न नहुने’ कार्य हरू निम्न लिखित छन् ।

घर भित्र हुँदा के गर्ने ? 

  • घर बाहिर ननिस्कने विद्युतीय उपकरणहरू जस्तै टिभी, फ्रिज, वाशिङ्ग मेसिन, इत्यादि सञ्चालन नगर्ने
  • टेलिफोन प्रयोग नगर्ने र धारामा नुहाउने/ भाँडा माझ्ने/ लुगा धुने कार्य नगर्ने
  • विद्युतीय उपकरणहरू जस्तैः टिभी, कम्प्युटर आदिको प्रयोग नगर्ने, सम्पर्कमा वा नजिक नबस्ने
  • अति आवश्यक अवस्थामा बाहेक मोबाइल फोन प्रयोग नगर्ने घरका ढोका र झ्यालहरू बन्द गर्ने र भित्ताबाट टाढा बस्ने
  • अत्यावश्यक अवस्थामा मात्र टब वा बाल्टिन प्रयोग गरेर नुहाउने वा धुने कार्य गर्ने
  • एन्टेना वा केबल तारको माध्यमबाट जोडिएको उपकरण प्रयोग नगर्ने चट्याङको समयमा सबै विद्युतीय उपकरणहरू विद्युतीय लाइनबाट अलग गने

घर बाहिर हुँदा के गर्ने 

  • अग्लो र एक्लो रूख मुनि आश्रय नलिने
  • तुरुन्तै बाहिरी कृयाकलापहरू जस्तै फुटबल, हकी, जस्ता बाहिरी खेलहरू, पौडी खेल्ने, माछा मार्ने, राफ्टिङ जस्ता कार्य गरिरहेको भए त्यसलाई रोक्ने
  • खुला मैदानमा नबस्ने र तत्काल सुरक्षित स्थान तर्फ जाने
  • धातु वा यसबाट बनेका बस्तुको सम्पर्क वा नजिक नबस्ने
  • भीडभाड, सभा, पिकनिक, भेला जस्ता कार्य नगर्ने गाईवस्तुलाई सुरक्षित आश्रय/गोठमा थुन्ने
  • जङ्गलमा अडकिएको छ भने ससाना रूखहरू बीच समान दूरीमा दुई खुट्टा लाई जोडी टुक्रुक्क बस्ने
  • सुरक्षित आश्रयको लागि आरसीसी भवनहरू, कारहरू, बसहरू, भ्यानहरू आदिमा आश्रय लिने
  • खुल्ला मैदानमा अड्किएको बेला दुई खुट्टालाई जोडी टुक्रुक्क बस्ने र टाउकोलाई दुई घुँडाको बीचमा लुकाउने र कान थुन्ने
  • विद्युत प्रसारण तार वा टावर/स्तम्भ मुनी वा वरपर सकभर आश्रय नलिने यदि लिनु परेको अवस्थामा दुई टावर/स्तम्भ बीच समान दूरीमा बस्ने

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!