राम्रो निन्द्राको लागि कति व्यायाम आवश्यक?

अध्ययनले पत्ता लगाएको छ कि जो व्यक्ति शारीरिक रूपमा सक्रिय छन् तिनिहरू राम्रो सँग सुत्न सक्छन् ।


वैज्ञानिकहरूले राम्रो निन्द्राको लागि कति व्यायाम गर्नुपर्छ भन्ने खुलासा गरेका छन् ।

अध्ययनले पत्ता लगाएको छ कि जो व्यक्ति शारीरिक रूपमा सक्रिय छन् तिनिहरू राम्रो सँग सुत्न सक्छन् । यति सम्म की नियमित व्यायाम समेत साता मा मात्र दुई देखी तिन पटक एक घण्टा सम्म गर्नु पर्याप्त छ ।

अनिन्द्रा, विश्वमा सबैभन्दा सामान्य निन्द्रा विकारहरू मध्ये एक हो । यो स्वास्थ्य चिन्ता समेत हो । विशेष गरी जनसङ्ख्यामा बढ्दो गतिहीन जीवन शैलीको साथ । यस्तै निन्द्राको कमी (निन्द्राको गुणस्तरको कमी) विभिन्न स्वास्थ्य समस्याहरू जस्तै हर्ट एटैक, स्ट्रोक, मोटो पना र मधुमेह सँग जोडिएको छ ।

धेरै अध्ययनहरूले देखाएको छ कि कसरी नियमित शारीरिक गतिविधि ले राम्रो निन्द्राको गुणस्तरमा मद्दत गर्दछ, यो अध्ययनले वास्तवमा कति व्यायाम आवश्यक छ भनेर प्रकाश पार्छ ।

आइसल्याण्ड मा रिकियाविक युनिभर्सिटी को नेतृत्व मा युरोप भरका अन्वेषक हरूद्वारा जर्नल बीएमजे ओपन मा प्रकाशित यो अध्ययनले युरोपियन समुदाय स्वास प्रश्वास स्वास्थ्य सर्वेक्षणका ४,३९९ सहभागीहरूको डेटा विश्लेषण गरेको थियो ।

अध्ययनले निष्कर्ष निकालेको छ कि शारीरिक रूपमा सक्रिय व्यक्ति हरूमा केही अनिन्द्रा का लक्षणहरू र अत्याधिक निन्द्रा को समय, दुवै लामो र छोटो अवधि को जोखिम कम हुन्छ ।

अध्ययन सहभागीहरू, जसलाई नौ युरोपेली देशहरूमा २१ विभिन्न केन्द्रहरूबाट चयन गरिएको थियो, १० वर्षको अध्ययन अवधिमा शारीरिक गतिविधि को आवृत्ति र अवधि एवं अनिन्द्रा को लक्षण, रातको निन्द्राको अवधि र दिनको निन्द्रा बारेमा सोधिएको थियो।

व्यक्तिहरूलाई शारीरिक रूपमा सक्रिय को रूपमा वर्गीकृत गरिएको थियो, यदि तिनिहरूले हप्तामा कम्तीमा दुई वा बढी पटक एक घण्टा वा बढी व्यायाम गरिरहेका थिए । लगभग २५ प्रतिशत सहभागीहरू लगातार सक्रिय थिए, १८ प्रतिशत सक्रिय भए, र २० प्रतिशत निष्क्रिय भए । पुरै अध्ययन अवधि मा ३७ प्रतिशत अन्य निष्क्रिय रहे, जसको व्यायाम प्रति हप्ता एक घण्टा भन्दा थियो । लगातार गतिविधि स्तरहरू कायम राख्ने व्यक्तिहरू अन्य गतिविधि समूहहरू को दाजो मा मुख्य रूपमा पुरुष, युवा र अलि हलका थिए ।

निष्कर्षहरूले देखाएको छ कि अध्ययन अवधि भर हप्तामा दुई देखि तीन पटक नियमित गतिविधि मा संलग्न सहभागीहरूले रातमा सुत्न कठिनाइ अनुभव गर्ने सम्भावना ४२ प्रतिशत कम थियो र अनिन्द्रा को कुनै लक्षण प्रदर्शनको सम्भावना २२ प्रतिशत कम थियो । नियमित रूपमा सक्रिय भएका मानिसहरू पनि प्रत्येक रात लगभग छ देखि नौ घण्टा सुत्ने सम्भावना बढी थियो, न धेरै र कम ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस