‘नेपालको जनसंख्या भन्दा डेढ गुणा बढी व्यक्तिको आँखा उपचार गरेको नेत्र ज्योति संघ’


काठमाडौं– विश्वको सबैभन्दा ठूलो आँखा हेरचाह गर्ने नेटवर्क ‘नेपाल नेत्र ज्योति संघ’ले पछिल्लो साढे चार दशकमा नेपालको जनसंख्या भन्दा डेढ गुणा बढी व्यक्तिलाई आँखा उपचार गरेको छ ।

हाल सम्म झन्डै साढे ५१ लाख जनाको आँखाको शल्यक्रिया गरेको गैरसरकारी संस्था द्वारा स्थापित संघ विश्वमा भारतको अरविन्द आइ केयर सिस्टम पछि सबै भन्दा ठूलो आँखा स्याहार सम्बन्धी सेवा वितरण गर्ने संस्था समेत हो ।

‘यो विश्व कै सबै भन्दा ठूलो ‘आइ केयर नेटवर्क’ हो र भारत को अरविन्द आइ केयर सिस्टम पछि गैरसरकारी संस्था द्वारा स्थापित सबै भन्दा ठूलो सेवा प्रदायक संस्था समेत हो’, नेत्र ज्योति संघ ४६ औ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा संघका कार्यकारी निर्देशक डा.शैलेश कुमार मिश्रले बताए ।

संघले सन् २०२३ मा मात्र आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्र को साथै विभिन्न बाह्य कार्यक्रम बाट ३३ लाख ६ हजार २६ जनाको आँखा जाँच र उपचार समेत गरेको छ । यति मात्र नभइ २ लाख ६५ हजार ८ सय ८५ जनाको आँखाका शल्यक्रिया समेत गरेको छ ।

स्थापना काल देखी हाल सम्म संघले ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीहरूलाई उपचार सेवा दिएको छ भने ५१ लाख ३३ हजार ६ सय ५९ जनाको आँखाको शल्यक्रिया पनि गरेको छ ।

सन २०२३ मा हाम्रो निकाय द्वारा आँखा उपचारको क्षेत्रमा गरेको काम ले नै विश्व स्तरमा नेपाल को गौरव मय उपस्थिति सहित हाम्रो क्षमता देखाउँछ’, डा.मिश्रले भने–‘सन २०२३ मा हामीले संघको सञ्जाल वाट ८ लाख ५ हजार ३ सय १६ जना विदेशी नागरिकहरू लाई समेत आँखा उपचार सेवा प्रदान गरेका छौं ।’

मुलुकमा अन्धो पन न्यूनिकरण गर्ने उद्देश्यले मुनाफा रहित, गैरसरकारी संस्थाका रूपमा स्थापित यो संस्थाले हाल २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्रहरूका वाट सेवा प्रदान गरिरहेको छ ।

आँखा सँगै नाक, कान घाटीको समेत उपचार 

नेत्र ज्योति संघले पछिल्लो समय आँखा मात्र नभइ नाक, कान घाटी सेवा समेत प्रदान गर्दै यसलाई देश भरी विस्तार गर्ने रणनीति लिएको छ । करिब १८ प्रतिशत नेपाली मा कान/बहिरोपनाको समस्या छ ।

२०६९ साल देखि कान सम्बन्धी उपचार सेवा समेत शुरु भएकोमा हाल यसलाई विस्तार गर्ने रणनीति अन्तर्गत काम गरिरहेको औँल्याउँदै संघका निर्देशक डा.मिश्र भन्छन–‘हरेक पालिका, जिल्ला मा नाक, कान र घाटी को सेवा आगामी एक दशक भित्र पुर्याउने लक्ष्य छ ।’

हाल विराटनगर आँखा अस्पताल , लम्ही आँखा अस्पताल र सगरमाथा चौधरी आँखा अस्पताल मा नाक कान घाटी उपचार सेवा दिई राखिएको छ भने संघका २८ आँखा उपचार केन्द्र वाट कानको सेवा समेत दिन थालिएको छ ।

प्रत्येक प्रदेश मा कम्ती मा एउटा आँखा उपचार गर्ने उत्कृष्ट केन्द्र 

नेत्र ज्योति संघले मुलुकको हरेक प्रदेशमा कम्तीमा एक वटा आँखा उपचार गर्ने अस्पताल लाई ‘सेन्टर अफ एक्सलेन्स’, विकसित गर्ने संघका महासचिव भरतबहादुर चन्दले बताए । हाल केही प्रदेशमा आँखा उपचार गर्ने ‘सेन्टर अफ एक्सलेन्स’ को रूपमा अस्पताल भए पनि सबै प्रदेश मा छैन । उनले मुलुकमा आँखा उपचार नै यस्तो स्वास्थ्य सेवा रहेको जसको लागि विदेश जानु न पर्ने समेत उल्लेख गरे ।

चिकित्सा पर्यटन को विकास 

नेत्र ज्योति संघले आँखा उपचारमा चिकित्सा पर्यटनको विकास को लागि विशेष पहल शुरु गरेको छ । संघका महासचिव भरतबहादुर चन्दले विदेश मा बस्ने नेपाली र नेपाली मूलका लाई लक्षित गर्दै आँखा उपचारको क्षेत्रमा मेडिकल टुरिज्म विकसित गर्ने रणनीति अनुसार काम शुरु गरिएको बताए । संघका अध्यक्ष प्रा.डा.चेतराज पंतले समेत आँखा उपचार मा नयाँ प्रविधि र उपचार पद्धति आदिको माध्यमले स्वास्थ्य पर्यटन लाई विस्तार गरिने जनाए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!