होलीमा भाङ को मस्ती? बेफाइदा सँगै नसा उतार्ने घरेलु उपाय जान्नुस

भाङ सेवन गर्ने व्यक्तिलाई आफू सपनाको संसारमा रहेको अनुभूति हुन्छ, उसले अपार आनन्दको अनुभूति गर्छ र मनमा छरिएका विचारहरू बन्छन् ।


मुलुकमा होली पर्व दुई देखी तिन दिन सम्म मनाइने गरिन्छ । पहाडमा होली मनाएको अर्को दिन तराइ मधेश मा यो पर्व हर्षोल्लासका साथ मनाइन्छ । मधेशको होली मा परम्परागत काल देखी रङ्ग, अबिर, विभिन्न प्रकारको खानपान सँगै भाङ समेत सेवन गरिने परिपाटी छ ।

भाङ अर्थात् कैनेबिस बिरुवाको पातले तयार गरिने एउटा नसालु पदार्थ हो । यसको उपयोग मधेशमा प्राचीन काल देखी नै गरिदैं आइएको छ । भाङको सेवन पारम्परिक रूपमा महाशिवरात्री र होली मा बढी गरिन्छ ।

केही दशक अघि सम्म होली मा गाउँ देखि शहर सम्म व्यापक रुपमा भाङ सेवन गरिए पनि पछिल्लो समय मदिराको उपयोगले गर्दा भाङ सेवन गर्ने चलनमा केही कमी आए पनि यो परम्परा जारी नै छ ।

होलीमा सबै जना आफ्ना साथी भाइ आफन्त हरू सँग उन्मुक्त भएर रमाइलो गर्न चाहन्छन् । यही खुलेर रमाइलो गर्ने चाहनाले होलीमा मधेश तिर भाङ पनि धेरै खाइन्छ ।

होली पर्वमा धेरैले भाङ लाई सर्बत, मिठाई आदिमा मिसाएर खाने गर्छन् । तर यसका केही साइड इफेक्ट पनि हुन्छन्, जसका बारेमा सचेत हुनु अत्यन्त जरुरी छ ।

के हो भाङ

(क्यानाबिस) क्यानाबिस सेटिभा र क्यानाबिस इंडिका को बिरुवाबाट बनेको एक ड्र्रग (औषधि) हो जसमा डेल्टा–९–टेट्राहाइड्रोकैनेबिनाल (टिएचसी) भनिने एक प्रकार को साइको एक्टिभ रसायन हुन्छ ।

भाङ सेवन गर्ने व्यक्तिलाई आफू सपनाको संसारमा रहेको अनुभूति हुन्छ, उसले अपार आनन्दको अनुभूति गर्छ र मनमा छरिएका विचारहरू बन्छन् । लामो समय सम्म भाङ सेवन गर्ने मानिस लाई मानसिक रूपमा यसको अम्मल लाग्न सक्छ ।

पहिलो पटक भाङ उपयोग गर्नेहरूमा देखिन सक्ने प्रभाव 

केही व्यक्तिहरू, विशेष गरी ती व्यक्तिहरू जसले पहिले कहिल्यै भाङ प्रयोग गरेका छैनन्, चिन्ता अनुभव गर्छन् वा नर्भस वा पागल जस्तो अनुभव गर्छन् । स्किजोफ्रेनिया भएका मानिसहरूमा, भाङ सेवनले मनोविकृति (वास्तविकता सँगको सम्बन्ध गुमाउने) बिग्रन सक्छ वा ट्रिगर गर्न सक्छ ।

मुख सुक्खा हुनु

भाङको सेवन पछि, यसले स्नायु प्रणालीमा धेरै रासायनिक परिवर्तनहरू हुन्छ । यसले मस्तिष्क र तन्त्रीका तन्त्रको काम गर्ने तरिकामा अस्थायी परिवर्तन हुन्छ । यसले र्‍याल ग्रन्थि मा पनि असर गर्छ, जसले मुखमा धेरै कम मात्रामा र्‍याल उत्पादन हुन थाल्छ । जसले गर्दा मुख सुक्खा हुन थाल्छ ।

मुटुको चाल बढ्नु

भाङले मुटुसँग सम्बन्धित समस्या समेत निम्त्याउन सक्छ । यो पिनाले मुटुको धड्कन बढ्न सक्छ । यो अवस्थालाई ट्र्रेकी कार्डीया भनिन्छ । यस बाहेक कहिले काही रक्तचाप समेत घट्ने समस्या हुन सक्छ । यसले चक्कर लाग्ने वा बेहोस हुने समस्या पनि हुन सक्छ ।

चिन्ता

भाङले गर्दा मस्तिष्कको न्युरोट्रान्समिटरमा धेरै परिवर्तनहरू हुन्छन् । यसले मानसिक स्थितिमा परिवर्तन आउन सक्छ, जसले गर्दा चिन्ता, डर, भ्रम, मनोविकृति, अनिन्द्रा वा चिढिने जस्ता समस्या हुन सक्छ । यी समस्याहरू भाङ सेवन गरेकाहरूका केही समय सम्म रहन सक्छन् ।

रातो आँखा 

भाङ ले गर्दा रक्तचाप कम हुन्छ र रक्त नलीहरू फैलिन्छ । यसले आँखामा रगतको प्रवाह बढ्छ र रातो हुन्छ ।

कमजोर स्मृति 

भाङ ले संज्ञानात्मक कार्यलाई धेरै असर गर्छ । यसैले भाङ ले गर्दा कहिले काही कमजोर स्मृति वा ध्यान केन्द्रित गर्न समस्या हुन सक्छ । यसले गर्दा भाङको प्रभाव मा रहेको अवस्था मा भएका कुराहरू स्मरण रहँदैन । भाङ को नसा को अवस्थामा चीजहरू बुझ्न समेत गाह्रो हुन्छ र यो समस्या केही समय सम्म रहन सक्छ ।

भाङ को नसा केही दिन सम्म समेत रहन सक्छ 

भाङ को नसा धेरै तीव्र गतिले लाग्ने गरेको छ । मदिराको हैंग ओभर केही घण्टा मा समाप्त भए पनि भाङ को नसा केही दिन सम्म समेत रहन सक्छ।

उसो होलीमा भाङ, मदिरा लगायत कुनै पनि नसा नगरेर उल्लास पूर्ण रूपले मनाउनु नै स्वास्थ्यकर मानिन्छ । किनभने भाङको नसा बढी भए को स्थिति मा अस्पतालमा समेत भर्ना हुनु पर्ने अवस्था आउन सक्छ । यस्तो स्थितिमा भाङ को नसा लाई कम गर्न केही घरेलु उपायहरू अपनाउन सकिन्छ । उच्च रक्तचाप र हृदय रोगले पीडित व्यक्तिको लागि भाङको नसा बढी खतरनाक हुन्छ ।

भाङ लागेको लक्षण 

  • भाङ खाने व्यक्ति लाई आफ्नो नर्भस सिस्टममा नियन्त्रण रहँदैन । यसै कारणले भाङ खाए का व्यक्तिहरूले आफ्नो कुनै पनि गतिविधिहरूलाई नियन्त्रित गर्न सक्दैनन् । यसैले गर्दा धेरै हाँस्नु रुनु , सुत्नु जस्तो लक्षण देखिन्छ । थुप्रै पटक बढी भाङ सेवनको अवस्थामा केही समयको लागि व्यक्तिले आफ्नो पहिचान समेत याद राख्ने अवस्थामा रहँदैनन् ।

ध्यान राखौं

  • यदि कुनै व्यक्ति भाङ सेवन पछि आफ्नो आँखा खोलेर सुती रहेको छ भने यसलाई गम्भीरता पूर्वक लिएर ती व्यक्तिलाई तुरुन्त अस्पताल लिएर जानु पर्छ । नत्र यस्ता व्यक्ति कोमा मा समेत जान सक्ने सम्भावना हुन्छ।

भाङ को नसा उतार्ने घरेलु उपाय 

  • भाङ को नसा उतार्ने प्रभावकारी उपाय घ्यू हो । नसा बढी भएको अवस्थामा घ्यूको सेवन गर्न सकिन्छ । मक्खनको सेवनले पनि भाङ को नसा कम हुन्छ ।
  • अमिलो वस्तु को सेवन समेत भाङ को नसा उतार्नको लागि प्राचीन काल देखी नै उपयोग हुँदै आएको छ । भाङ को नसा बढी हुँदा दही, कागती पानी खान सकिन्छ ।
  • भाङ को नसा पछि गुलियो वस्तु सेवन नगर्ने सल्लाह दिइन्छ । यसले नसा लाई थप बढाउने मान्यता छ ।
  • भाङ को नसा भएकाहरूलाई पर्याप्त पानी सेवन गर्नु पर्छ ।

(आयुर्वेदिक र आधुनिक चिकित्सा पद्धतिका विज्ञ चिकित्सक द्वारा चिकित्सा समीक्षा गरिएको स्वास्थ्य सामाग्री)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस