प्राकृतिक रङले सुरक्षित भएर मस्तीमा खेलौं होली


मुलुकमा आइत बार राजधानी काठमाडौं लगायत पहाड र सोमवार एवं मंगलबार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदैछ । उल्लास, उमंग रङ्गहरूको पर्व होली सावधानी पूर्वक मनाउनुस्, नत्र यसमा उपयोग गरिने रङ्गको कारणले विभिन्न समस्याहरू को सामना गर्नु पर्न सक्छ ।

होली मा मानिसहरू हरियो, रातो, नीलो, पहेँलो र अन्य धेरै रङले रङ्गीन्छन तर होलीका केही रङहरू यस्ता छन् जसले स्वास्थ्यमा निकै हानी पुर्याउँछ। त्यसैले होलीमा आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।

धेरै गहिरो को प्रयोगले गम्भीर रोगहरू निम्त्याउन सक्छ, विशेष गरी हरियोनीलो रङ्गहरू । होलीको समयमा सबै कुरा बिर्सेर रङमा डुबेर रमाइलो गरिन्छ  तर अलिकति लापरवाही पनि स्वास्थ्यका लागि महँगो साबित हुन सक्छ । यो रमाइलो तपाई को लागि समस्याको कारण नबनोस्, त्यसैले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नु होस ।

हाल होलीमा प्रयोग गरिने सुक्खा अबिर र गिलो रङ प्राकृतिक वस्तुबाट बनाइँदैन, बरु यसमा रासायनिक पदार्थ पाइन्छ, जसले छालामा जलन मात्र नभई टाउकोमा पनि सबै रङ्ग जम्मा हुन्छ । होलीको दिन रङ र अबिर सँग रमाइलो गरेपछि यी रङहरू छालाबाट हटाउन गाह्रो हुन्छ । यी रङको साइड इफेक्टहरू पनि प्रशस्त हुन्छन्।

रङको साइड इफेक्ट

छाला

गहिरो रङहरूमा काँच का टुक्राहरू, सीसी र एसिड को मिसावट हुन्छ । यसले छालामा धेरै समस्या निम्त्याउने भएकोले होलीमा यस्ता रङ लगाउने बेलामा सावधानी अपनाउनू पर्ने वरिष्ठ छाला रोग विशेषज्ञ प्रा.डा.धर्मेन्द्र कर्ण बताउँछन् ।

स्वास्थ्य

यी रङ्गहरूमा आँखाको विषाक्तता (अक्यिुलर टक्सिसिटि) हुन्छ, जसले स्वास्थ्य लाई हानि पुर्याउँछ । होलीमा नीलोहरियो रङ्गको सट्टा हल्का रङले खेल्दा स्वास्थ्यमा खाँसै हानी हुँदैन । त्यसैले आफ्नो छालाको ध्यान राख्नु पर्छ ।

आँखा

आँखा लाई हानी पुर्याउने गिलो हरियो रङ्ग पनि होलीमा धेरै प्रयोग गरिन्छ, जसका कारण धेरै पटक आँखामा एलर्जी हुने र चिलाउन समस्या हुन थाल्छ । यसले आँखालाई पनि हानी पुर्याउन सक्ने वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.डीएन साह बताउँछन् ।

श्वास प्रश्वासको समस्या

यी रङ्गहरूले मानिसहरूलाई श्वास प्रश्वासमा समस्या निम्त्याउँछ । दमका रोगीहरूले होलीमा यी गहिरो रङ्गहरूबाट टाढा रहनु पर्ने वरिष्ठ छाती रोग विशेषज्ञ डा.रमेश चोखानी बताउँछन् ।

होलीमा सावधानी

तपाई होलीको मस्ती मग्न रहँदा, होली खेल्दा कयौं पटक रङ्ग आँखामा पुग्छ । यी रङहरूमा भएको रसायन को कारणले आखा रातो हुन्छ र पानी आउन थाल्छ । यस्तो अवस्थामा आँखालाई सफा पानीले धुनुहोस् र आँखालाई पटक्कै नमाड्नूस ।

आजकल बजारमा पाइने रासायनिक रङ्गले शरीरका अन्य अङ्गहरूमा पनि नराम्रो असर पार्छ । सके सम्म सुख्खा रङ्ग, अबिर र त्यसमा पनि जडीबुटी ले निर्मित हर्बल रङ्गले होली खेल्नु पर्छ हर्बल रङ्गले हाम्रो छालालाई हानी गर्दैन र सजिलै हटाउन सकिन्छ ।

होली खेलेपछि जति सक्दो चाँडो रङ्गहरू हटाउनु पर्छ । लामो समय सम्म छालामा रङ्ग लगाउनाले छालामा समस्या आउन सक्छ । तपाई को टाउकोबाट सकेसम्म सुक्खा रङ्ग हटाउनु पर्छ किनभने केमिकल कलर टाउकोमा लामो समय सम्म रहयो भने यसले कपाललाई हानी गर्नु को साथै अन्य समस्या समेत निम्त्याउन सक्छ । छालालाई जोगाउन होली खेल्न भन्दा अघि छालामा मोइस्चराइजर वा नरिवल लगायतको तेल लगाउनाले फाइदा हुन्छ ।

प्राकृतिक रङ्गले खेल्नुहोस् होली

हर्बल अबिर को प्रयोगले छाला सम्बन्धी समस्याबाट बच्न सकिन्छ । यसमा कुनै पनि रासायनिक पदार्थ थपिएको हुँदैन । यसले कपाल, आँखा र छाला लाई हानी गर्दैन । पानीले धुँदा सजिलै निस्कन्छ ।

सम्भव भए सम्म हर्बल रङ्गले होली खेल्दा यसले छाला लगायतकामा खाँसै समस्या नल्याउने डा.धर्मेन्द्र कर्ण बताउँछन् रासायनिक रङ्गले कहिले कही होलीलाई बदरङ्ग बनाउँछ ।

अधिकांश मानिसहरू छाला र श्वास प्रश्वास सम्बन्धी रोगबाट पीडित छन् । यस्तो अवस्थामा प्राकृतिक रङ्ग प्रति मानिसको झुकाव निरन्तर बढ्दै गएको छ । हर्बल अबिर को प्रयोगले छाला सम्बन्धी समस्याबाट बच्न सकिन्छ । यसमा कुनै पनि रासायनिक पदार्थ थपिएको हुँदैन ।

यसरी तयार हुन्छ प्राकृतिक अबिर

रातो अबिर बनाउन जपाकुसुम फूल जसलाई अंग्रेजी मा हिबिस्कस, मैथिलीमा अडहुल, हिन्दीमा जपापुष्प भनिन्छ, को प्रयोग हुने गरेको छ । यो रङ्ग बनाउनको लागि, जपाकुसुम फूलहरू राम्ररी धोएर घाममा सुकाइन्छ । यसपछि यसलाई मिक्सर ग्राइन्डरमा पिसिन्छ । त्यसपछि यसलाई आरारोट पाउडरमा मिसाएर यसमा सुगन्धको लागि इतर र गुलाब जल मिसाएर प्राकृतिक सुगन्धित हर्बल अबिर तयार पारिन्छ ।

‘यो रङ्गलाइ सुगन्धित बनाउन उपयोग गरिने सामाग्री अर्थात् इतर र गुलाब जल समेत प्राकृतिक रूपले बनाइएका हुन’, त्रिभुवन विश्व विद्यालय, केन्द्रीय रसायन शास्त्र विभागका प्रा.डा.विनय झा भन्छन्–‘हाल बजारमा पाइन थालिएको जडीबुटी वाट तयार पारिएको हर्बल अबिर सजिलै घरमै तयार पार्न सकिन्छ ।’

पहेँलो अबिरको लागि बेसार, हरियो अबिरको लागि पालक सागको रस र गुलाबी अबिर बनाउन मा चुकन्दरको प्रयोग गरिन्छ । जडीबुटी वाट तयार पारिएको हर्बल अबिर सजिलै घर मै तयार पार्न सकिन्छ ।

यी चार तेल को उपयोगले होली खेल्दा टाँसिँदैन कपालमा रङ्ग

उपत्यकामा आइतबार र मधेशमा सोमवार र मंगलबार होली मनाइँदै छ । होली मा रङ्ग सँग खेल्दा रमाइलो हुने भए पनि सबैभन्दा ठूलो झन्झट कपाल सफा गर्ने र त्यसबाट रङ्ग हटाउने हो । ४–५ पटक कपाल धोए पनि राग पुरै सफा हुने नाम लिदैन । तर, यो अवस्था वाट धेरै सजिलै बच्न सकिन्छ ।

यसका लागि तपाई ले मात्र ४ वटा तेल प्रयोग गर्नुपर्ने हुन्छ । त्यस पछि न त कपाल राग लाग्छ नत तपाई लाई टाउको (स्कैल्प) लाई सफा गर्न मा बढी मिहिनेत गर्नु पर्छ ।

नरिवलको तेल

  • नरिवलको तेललाई अलिकति तातो पारेर राति त्यसले टाउकोमा राम्रोसँग मालिस गर्नुहोस्।
  • कपालमा राम्ररी तेल लगाउनु होस । राती तेल लगाउनु को फाइदा भनेका यो टाउको र कपालको गहिराइसम्म पुग्न पर्याप्त समय पाउँछ ।
  • यद्यपि, नरिवलको तेलको कमजोरी के हो भने यो चिसो हुँदा अलि जम्न सक्छ, जसले यसलाई धुन गाह्रो हुन सक्छ ।

बदाम तेल

  • भिटामिन–ई ले परिपूर्ण बदामको तेलले कपाललाई सुरक्षा दिने मात्र होइन, यसले कपालमा टलक पनि ल्याउनेछ ।
  • होलीको दिन रङ्ग खेल्नु भन्दा करिब एक वा दुई घण्टाअघि यो तेल लगाउनुहोस्।
  • ध्यान दिनुहोस् कि टाउकोदेखि तलसम्म कपाल राम्रोसँग तेलले कभर गरोस् ।

जैतुन को तेल

  • तपाई ले बजारमा जैतुनको तेल सजिलै पाउनु हुन्छ ।
  • रङ्ग खेल्नु भन्दा करिब एक घण्टा अघि आफ्नो टाउकोमा मालिस गर्दै तेल लगाउनुस् ।
  • तेल राम्रो साग अव शोषित हुन लाई केही बेर कपाललाई बाँध्न सक्नु हुन्छ ।

अमलाको तेल

  • कपालका लागि अमला कत्तिको फाइदा जनक छ भन्ने कुरा बताउनु आवश्यक छैन ।
  • यो नेपालकोपरिवारहरूमापुस्तौँ देखि प्रयोग हुँदै आएको छ ।
  • यसको तेल पनि विभिन्न गुणले भरिपूर्ण हुन्छ ।
  • रङ्ग खेल्नु भन्दा करिब एक घन्टा अघि यसलाई कपालमा लगाउनु होस ।
  • यो तेल सामान्यतया धेरै टाँसिने हुन्छ , त्यसैले यसको मात्रामा ख्याल गर्नुहोस् ।

रङ्ग वाट कसरी जोगाउँछ तेल ?

तेलले टाउको र कपालमा चिल्लो को एउटा पातलो तह बनाउँछ । यही कारणले रङ्ग वा अन्य कुनै पनि पदार्थ रोमकूप (पोरस) हरूमा धेरै प्रवेश गर्न पाउँदैन । तेलको तहले रङ्ग हरू लाई माथि राख्छ । जसले यसलाई सफा गर्न सजिलो हुन्छ । मनतातो पानीले कपाल धोएपछि रङ्ग सजिलै सफा हुन्छ । तेलको कारण टाउको र कपालमा रङ्ग टाँसिँदैन , जसको कारण कपाललाई क्षति हुनबाट बचाउँछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस