इन्टरमिटेन्ट फास्टिङ्गले मुटुलाई हानी पुर्याउन सक्छ, हृदय घातको जोखिम बढाउँछ


एक नयाँ अध्ययनका अनुसार दिनमा ८ घण्टा भन्दा कम समय खाने मानिसमा मुटु रोगबाट मर्ने खतरा बढी हुन्छ । अमेरिकन हर्ट एसोसिएसनको बैठकमा प्रस्तुत गरिएको यो प्रारम्भिक अनुसन्धानले जो व्यक्ति एक खास समय मा नै खान्छन्, उनी हरूलाई मुटु रोग ले मृत्यु हुने खतरा बढी हुने देखाएको छ ।

समय समयमा छोटो समयमा खाने, जसलाई सामान्यतया इन्टरमिटेन्ट फास्टिङ्ग (उपवास) भनिन्छ, जस अन्तर्गत व्यक्तिले एक दिन मा जम्मा २४ घण्टा मध्ये मात्र ४ देखि १२ घण्टा खान्छ ।

अध्ययन कर्ताहरूले के पाए भने, धेरैजसो व्यक्तिहरू जो इन्टरमिटेन्ट फास्टिङ्ग गर्छन तिनिहरू मात्र ८ घण्टाको अवधिमा खान्छन् र बाकी १६ घण्टाको लागि उपवास राख्ने गर्छन ।

यस अघिको अनुसन्धानले समय समयमा थोरै अन्तरालमा खानाले रक्तचाप, सुगर र कोलेस्ट्रोल जस्ता मुटु सँग सम्बन्धित धेरै कुरालाई नियन्त्रणमा राख्न मद्दत गर्छ भन्ने पत्ता लागेको थियो ।

अध्ययनका प्रमुख लेखक, जो सांघाई जियाओ तुङ युनिभर्सिटी स्कूल अफ मेडिसिनका का इपिडेमियोलोजी विभागका प्राध्यापक भिक्टर वेन्जे झोङले भने,–‘हालैका केही वर्षहरूमा दैनिक कम समय मा खाना, जस्तै ८ घण्टा, तौल घटाउन र मुटुको स्वास्थ्य ठीक राख्न यो धेरै लोकप्रिय भएको छ ।’

तर उनले यो पनि भने कि–‘समय समयमा कम खादा स्वास्थ्यमा लामो समय सम्म कस्तो असर हुन्छ, जस्तो कि कुनै रोग वा मुटुको रोगबाट मर्ने खतरा अझै थाहा छैन ।’

झोङले भने,–‘हामी ८ घण्टाको समय भित्र खाना खाने मानिसहरूमा हृदय रोगबाट मर्ने उच्च जोखिम रहेको थाहा पाउँदा छक्क पर्यौ । यद्यपि यो तरिका छोटो अवधिमा फाइदा जनक हुन सक्छ, तर हाम्रो अनुसन्धानले स्पष्ट रूपमा देखाउँछ कि ‘दिनहुँ १२ देखि १६ घण्टा खाने को दाँजोमा कम समयमा खानु लामो बाच्नु सँग सम्बन्धित छैन ।’

अध्ययनमा के फेला पार्यो ?

  • ८ घण्टा भित्र मात्रै खाना खाने मानिसमा मुटु रोगबाट मर्ने खतरा ९१ प्रतिशत बढी हुन्छ ।
  • मुटु रोग वा क्यान्सरबाट पीडित व्यक्तिमा पनि छोटो समयमा खाना खादा मुटु रोगबाट मर्ने जोखिम बढी पाइएको छ ।
  • पहिले देखी नै हृदय रोग भएकाहरूले ८ देखि १० घण्टा भित्र खाना खाएमा मुटु रोग वा स्ट्रोक बाट मर्ने जोखिम ६६ प्रतिशत बढी हुन्छ।
  • समय समयमा कम खादा कुनै पनि रोगबाट मर्ने समग्र जोखिम कम भएन ।
  • क्यान्सरबाट पीडित व्यक्तिहरूमा, १६ घण्टा भन्दा बढी खानाले क्यान्सरबाट मृत्युको जोखिम कम गर्ने पाइयो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!