पार्किन्सन रोग र मस्तिष्क को अणुहरूको नेटवर्कहरू बीच गहिरो सम्बन्ध

पार्किन्सन एक न्युरो डिजेनेरेटिभ विकार हो जसले मुख्य रूपमा गतिशीलता अर्थात् हिँड्नु डुल्नु लाई प्रभावित गर्छ ।


वैज्ञानिकहरूले पार्किन्सन रोग र मस्तिष्क वरिपरि रहेका अणुहरूको जटिल नेटवर्क बीच महत्वपूर्ण सम्बन्ध स्थापित गरेका छन् । यसले विकारलाई अझ राम्ररी बुझ्न र प्रभावकारी उपचार विकास गर्न अनुसन्धानको नयाँ बाटो खोलेको छ ।

पार्किन्सन रोग एक न्युरो डिजेनेरेटिभ विकार हो जसले मुख्य रूपमा गतिशीलता अर्थात् हिँड्नु डुल्नु लाई प्रभावित गर्छ । पार्किन्सन बिस्तारै विस्तारै विकसित हुन्छ, प्रायः एक हातमा हल्का झड्का अर्थात् कम्पन बाट सुरु हुन्छ । रोग बढ्दै जाँदा, यसको लक्षणहरू बिग्रन सक्छ । सन्तुलन र समन्वयमा कठिनाइ हुन सक्छ ।

पार्किन्सनको सही कारण स्पष्ट छैन, तर आनुवंशिक र वातावरणीय कारक दुवै जिम्मेवार मानिन्छ । इजरायलको हाफिया युनिभर्सिटीका टोली ले प्रोफेसर शानी स्टर्नको नेतृत्वमा पार्किन्सनका बिरामीको मस्तिष्कमा हुने जटिल आणविक प्रक्रिया को अध्ययन गरेका छन् ।

यसको निष्कर्ष हालै एनपीजे पार्किन्सन डिजिज मा प्रकाशित भएको छ । अनुसन्धान टोलीले विशेष गरी बाह्य कोषीय (एक्स्ट्रा सेलुलर) म्याट्रिक्स (इसीएम) मा ध्यान केन्द्रित गर्‍यो, जो अणुहरूको एउटा जटिल नेटवर्क हो । यसले मस्तिष्कको कोशिकालाई घेरेको हुन्छ । यो नेटवर्कले मस्तिष्कको संरचनात्मक अखण्डता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

इसीएम संरचना वा कार्य मा अवरोध लाई अल्जाइमर रोग, मिरगी, र घातक मस्तिष्क को चोट सहित विभिन्न न्युरोलजिकल विकारहरूमा संलग्न गरिएको छ ।

धेरैजसो अनुसन्धान प्रयासहरू आनुवंशिक कारकहरूमा केन्द्रित हुन्छन्, जुन केही अवस्थामा मात्र जिम्मेवार हुन्छन् ।

हाइफा विश्वविद्यालयका अन्वेषकहरूले पार्किन्सन रोगको आनुवंशिक रूपमा जोडिएको र छिटपुट दुवै मामिलाहरूमा बाह्य म्याट्रिक्सको भूमिकाको अन्वेषण गरेर यो अन्तरलाई पूरा गर्न खोजेका छन् । अन्वेषकहरूले विश्वास गर्छन् कि उनीहरूको निष्कर्षले अन्ततः प्रभावकारी उपचारको विकास गर्न मा योगदान दिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!