विश्वमा एक अर्ब मानिस मोटोपना को चपेटामा, ८ मध्ये १ व्यक्ति मोटोपना सँग बाँचि रहेका छन्


जेनेभा–मेडिकल जर्नल ‘द ल्यान्सेट’ मा प्रकाशित एक नयाँ अध्ययन अनुसार विश्व भर मोटो पनाबाट पीडित बालबालिका, किशोर किशोरी र वयस्कको संख्या एक अर्ब नाघेको छ ।

ल्यान्सेटमा प्रकाशित अध्ययन अनुसार विश्व भर मोटो पना बाट पीडित एक अर्बभन्दा बढी मानिस मध्ये ८८ करोड वयस्क छन् भने १५ करोड ९० लाख बाल बालिका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को समेत अनुमान अनुसार विश्व व्यापी वयस्क मोटो पना सन १९९० पछि दोब्बर भन्दा बढि भएको छ, र किशोर मोटो पन चार गुना भएको छ ।

सन २०२२ मा २ अर्ब ५० करोड वयस्कहरू (१८ वर्ष वा यो भन्दा माथिका) बढी तौल भएका थिए जसमध्ये ८९ करोड मानिस मोटो पनाको शिकार थिए ।

निरन्तर बढ्दै छ मोटो पना

डब्लूएचओ को अनुसार सन २०२२ मा १८ वर्ष र त्यो भन्दा बढी उमेरका ४३ प्रतिशत वयस्क बढी तौल भएका थिए र १६ प्रतिशत मोटो पना सँग बाँचिरहेका थिए । जबकी ५ वर्ष भन्दा कम उमेरका ३ करोड ७० लाख बच्चा बढी तौल भएका थिए र ५–१९ वर्ष उमेरका ३९ करोड भन्दा बढी बालबालिका तथा किशोर किशोरीहरू बढी तौल भएका थिए । जसमा १६ करोड व्यक्ति सामेल थिए जो मोटो पना सँग बाँचिरहेका थिए । अर्थात् सन २०२२ मा संसारमा ८ मध्ये १ व्यक्ति मोटो पनाको साथ बाँचिरहेका थिए ।

के यो दीर्घकालीन रोगहरूको लागि चेतावनी हो? 

अनुसन्धानले यो पनि सुझाव दिन्छ कि मोटो पना र कम तौल दुवै कुपोषणका रूप हुन् र यसले धेरै प्रकारले मानिसहरूको स्वास्थ्यको लागि हानिकारक छन् । धेरै प्रकारका दीर्घकालीन (क्रोनिक) रोगहरूको एक प्रमुख कारकको रूपमा बढी तौल हुनु लाई मानिन्छ । सामान्य भन्दा बढी तौल भएका व्यक्तिहरूमा मधुमेह, हृदय घात र मुटु रोग जस्ता दीर्घकालीन रोगहरू र ज्यान जोखिममा पर्ने समस्याहरू हुने सम्भावना बढी हुन्छ ।

डब्लूएचओ को सुझाव 

  • जीवन शैली परिवर्तनः स्वस्थ आहार, शारीरिक गतिविधि, नियमित व्यायाम र राम्रो निन्द्रामा ध्यान दिनु आवश्यक छ । सुर्ती, चुरोट र रक्सीबाट पर्याप्त दूरी ।
  • खानपानमा विशेष ध्यानः बोसो र चिनी को खपत सीमित गर्नुहोस् र फलफूल, साग सब्जी तरकारीहरू, साथै सम्पूर्ण अन्न र नटहरूको खपत बढाउनुहोस् ।
  • महिलाहरूको लागि विशेष सल्लाहः गर्भावस्थाको समय उचित वजन बृद्घि सुनिश्चित गर्नुहोस्। साथै बच्चा जन्मेपछि पहिलो ६ महिना मात्र स्तनपान गराउनुस् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!