भारत : ५वर्ष मा १२२ मेडिकल विद्यार्थीले गरे आत्महत्या, किन भविष्य का डाक्टर ले आफ्नै ज्यान लिदै छन?

ज्यान जोगाउने जिम्मेवारी लिने मानिसहरू किन आफ्नै ज्यान लिइ रहेका छन्? जो विद्यार्थी मेडिकल कलेजमा भर्ना हुन्छन, उनका आमा– बुवा र समाज लाई उनी वाट धेरै उम्मिद रहन्छ । तर धेरै पटक कलेजको वातावरण र शिक्षा नीतिको अगाडि उनीहरू हार्छन् ।


नयाँ दिल्ली– भारतमा मेडिकल का विद्यार्थी हरूको आत्महत्या को दर चिन्ताको विषय बन्दै गएको छ । विगत ५ वर्षमा १ सय २२ जना मेडिकल विद्यार्थीले आत्महत्या गरेका छन् ।

ज्यान जोगाउने जिम्मेवारी लिने मानिसहरू किन आफ्नै ज्यान लिइ रहेका छन्? जो विद्यार्थी मेडिकल कलेजमा भर्ना हुन्छन, उनका आमा– बुवा र समाज लाई उनी वाट धेरै उम्मिद रहन्छ । तर धेरै पटक कलेजको वातावरण र शिक्षा नीतिको अगाडि उनीहरू हार्छन् ।

आरटीआई (राइट टु इन्फरमेसन) कार्यकर्ता डा. विवेक पाण्डे ले नेशनल मेडिकल कमिसन मा आरटीआई (सूचनाको अधिकार) दायर गरेका थिए । जसको जबाफमा विगत ५ वर्षमा १ सय २२ जना मेडिकल विद्यार्थीले आत्महत्या गरेर ज्यान गुमाएको तथ्यांक बाहिर आएको छ । जसमध्ये ६४ जना एमबीबीएस र ५८ स्नातकोत्तर मेडिकल विद्यार्थी थिए । यी सबै मध्ये ५ जना विद्यार्थी दिल्लीका थिए ।

यसबाहेक भारत भरमा १ हजार २ सय ७० विद्यार्थीले मेडिकल कलेज छोडे । जसमा १ सय ५३ एमबीबीएस र १ हजार १ सय १७ जना ले मेडिकल स्नातकोत्तर अध्ययन गरिरहेका थिए ।

विद्यार्थीहरूमाथि बढ्दो दबाब डा अविरल माथुरले ‘टाइम्स अफ इन्डिया’ न्युज पेपर लाई लाई बताए अनुसार मेडिकल विद्यार्थीहरूमा अध्ययनको दबाब धेरै बढी हुन्छ र यस बाहेक, धेरै जसो समय उनीहरूको ड्युटी को समय अत्यधिक लामो हुन्छ (कहिले कही ३६ घण्टा), उनीहरूलाई कम आराम, कामको खराब वातावरण, विषाक्त सिनियर, समय र सहयोग प्रणालीको अभावमा उनीहरूले मानसिक स्वास्थ्य सम्बन्धी चुनौतीको सामना गर्नुपर्ने हुन्छ ।

कलेज छोड्दा फाइन

डा.रोहन कृष्ण ले टाइम्स अफ इन्डियालाई भने, ‘केही मेडिकल कलेजहरूमा विद्यार्थी भर्ना भइ सके पछि कलेज छोड्न चाहे उनीहरूलाई ५० लाख रुपैयाँ जरिबाना तिर्नु पर्ने हुन्छ र अर्को ३ वर्ष सम्म परीक्षा दिन पाउँदैनन् ।  बँन्ड् रकम राज्य अनुसार फरक हुन्छ । उनले भने, –‘यस्ता विद्यार्थीहरूको लागि कुनै बाटो रहँदैन । सरकार र आयोगको नीति गत असफलताका कारण यस्तो भएको हो । यदि विद्यार्थीहरू पाठ्यक्रम जारी राख्न चाहँदैनन् भने, उनीहरूलाई ‘फ्री एक्जिट’, पाउनु पर्छ ।

सुधार कसरी होला ? 

डा शंकुल द्विवेदीले भने, ‘चिकित्सा शिक्षा नीतिमा व्यापक सुधारको खाचो छ । ‘नेशनल मेडिकल कमिसन (एनएमसी) परिमिसन, रिन्युवल वा सिट बढाउन मेडिकल कलेज को निरीक्षण गर्छ भने यो एउटा महत्वपूर्ण तथ्याङ्क हुनु पर्छ । उनले यो तथ्यांक चिन्ताजनक रहेको बताए, किनभने यो सिकाइ को तनाव पूर्ण वातावरण र खस्कदैँ गएको मानसिक स्वास्थ्य लाई झल्काउँछ । यो मुलुक को लागि सम्भावित दक्ष जनशक्ति को नोक्सान हो । जो कम्तीमा ४० वर्षसम्म देशको सेवा गर्न सक्थे ।

यो समस्या समाधानका लागि सबै शैक्षिक संस्था, स्वास्थ्य सेवा प्रदायक, नीति निर्माता र विद्यार्थी सङ्गठनहरू एक जुट भएर विद्यार्थीको मानसिक स्वास्थ्य र सहयोग प्रणालीमा सुधारका लागि पहल गर्ने वातावरण सिर्जना गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!