मेडिकल काउन्सिल को रजिष्ट्रार मा डा.सतिस देव नियुक्त


काठमाडौं– सरकारले नेपाल मेडिकल काउन्सिल (एनएमसी) को रजिष्ट्रार पदमा डा. सतिस कुमार देवलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई महिना देखी खाली रहेको काउन्सिलको रजिष्टार पदमा डा.देव लाई नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले उक्त जानकारी दिएकी हुन । मेडिकल काउन्सिलका पूर्व सदस्य समेत रहेका डा.देव यस अघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडामा शिक्षाध्यक्ष थिए । उनी त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थानमा फर्माकोलोजी का सह प्राध्यापक समेत छन् ।

यस्तै मन्त्री परिषदको बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रति जैविक प्रतिरोध/ एन्टीमाइक्रोवियल रेसिस्टेन्स राष्ट्रिय कार्य योजना समेत स्वीकृत गर्ने निर्णय गरेको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!