‘महँगो उपचार ले मानिस हरू स्वस्थ कर खाने कुरा खान पाउँदैनन, एम्स को अध्ययन’


नयाँ दिल्ली–अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा हालै गरिएको एउटा अध्ययनले चिकित्सा खर्चका कारण परिवारले खाने फलफूल, तरकारी, मासु र अण्डा जस्ता प्रमुख आहार वस्तुको गुणस्तर र मात्रामा उल्लेख्य कमी आएको देखाएको छ । तर, चिनी जस्ता वस्तुमा हुने खर्चमा भने कमी आएको छैन ।

एम्सको ग्यास्ट्रोइन्टरोलजी तथा मानव पोषण विभागमा गरिएको उक्त अध्ययन एमराल्ड इनसाइट जर्नलमा प्रकाशित भएको छ । अध्ययनको उद्देश्य स्वास्थ्य हेरचाहमा खल्तीबाट हुने खर्चले घरायसी बजेट र खानपानमा हुने परिवर्तनमा कस्तो प्रभाव पार्छ भन्ने कुरा जान्नु थियो ।

अध्ययन अनुसार ८० प्रतिशत भन्दा बढी परिवारले बढ्दो चिकित्सा खर्चका कारण अनाज, दाल र चिनीको सेवनमा कुनै परिवर्तन नगरे पनि फलफूल, घिउ, दूध , दूधबाट बनेको सामाग्री , तरकारी, मासु, अण्डा तेलको तेलको खपत कम गरेका छन् ।

अध्ययनको नेतृत्व गर्ने डा. अनुप सराया भन्छन् कि मानिसहरूको आहारमा यो परिवर्तनको कारण अनाज र दाल सस्तो हुन सक्छ र यसलाई सिंगै पनि खानाको रूपमा लिन सकिन्छ, जबकी फलहरू महँगो हुन्छन् र तिनिहरूलाई खादा भोक कम हुँदैन ।

आहार को कमी सँग सम्बन्धित अन्य कारकहरूमा परिवारको आवश्यकताहरू (खाना, स्वास्थ्य र शिक्षा) मा खर्च कम हुनु, बिरामी भएपछि कम बचत हुनु, लिएको ऋण, घरायसी सम्पत्ति बिक्री हुनु वा परिवारमा बिरामी पछि पति वा पत्नी काम नगर्नू समावेश छन् ।

अस्पतालमा आधारित क्रस–सेक्शनल अध्ययनले तृतीयक हेरचाह सार्वजनिक अस्पतालमा पुरानो वा ठूलो रोग भएका ४१४ बिरामीहरूलाई समावेश गरिएको थियो । अध्ययनमा समावेश बिरामीको परिवारमा कुल २,५५० सदस्यहरू थिए ।

अनुसन्धान अनुसार आहार सम्बन्धी वस्तुहरूको खपत मा कमी भएका ग्रामीण परिवारहरूको संख्या शहरी परिवारहरूको तुलनामा १.८ गुणा बढी थियो । अस्पतालमा भर्ना बिरामी को परिवारहरूमा खानाको खपत १.३ गुणाले घटेको थियो । परिवारमा बिरामी भएपछि आहारका वस्तुहरू मात्र कम भएन, खानाको गुणस्तरमा पनि सम्झौता भएको थियो, उदाहरणका लागि, दूध र ग्रेभी पातलो गरेर वा

अनुसन्धान कर्ताहरूका अनुसार समान स्वास्थ्य देख भाल को लागि सार्वजनिक क्षेत्रको नीतिहरू को माध्यमले स्वास्थ्यमा व्यय बढाउनु पर्छ लाभहरूको न्यायोचित वितरणको लागि नीतिहरू र हस्तक्षेपहरू डिजाइन गर्दा उपाय लाई पहिचान गर्न थप अध्ययनहरू आवश्यक छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!