‘राजधानी र मेडिकल कलेज नजिकै भए पनि अत्यावश्यक भए मात्र स्वास्थ्य परीक्षण’


काभ्रे–राजधानी काठमाडौं र धुलिखेल अस्पताल नजिकै भए पनि धेरै जसो अत्यावश्यक स्थिति भए पछि मात्र स्वास्थ्य परीक्षण गराउने अवस्था रहेको छ । यो अवस्था धुलिखेलमा स्थानीय वासीहरूको लागी बृहत्तर रूपमा निःशुल्क स्वास्थ्य जाँच गर्ने क्रममा देखिएको हो ।

शिविरमा १ हजार २ सय भन्दा बढी बिरामी को निःशुल्क स्वास्थ्य परीक्षण भएको छ । स्वास्थ्य परीक्षण गराउनेहरुमा जेष्ठ नागरिक, महिला र बालबालिका बढी थिए ।

‘स्वास्थ्य सेवा लिएर आफ्नो स्वास्थ्य सुनिश्चित गरौं’, भन्ने नाराका साथ आयोजना गरिएको स्वास्थ्य शिविरमा नाक, कान, घाटी, आँखा, दाँत, छाला, हाड–जोर्नी, नशा, बालरोग, स्त्री–रोग, जनरल फिजिसियन लगायतका जाँच तथा साधारण शल्यक्रिया गरिएको थियो । उपचारमा ३५ जना चिकित्सा कर्मीको टोली खटिएका थिए । शिविरमा चिकित्सकको परामर्श अनुसार ल्याब सेवा समेत प्रदान गरिएको थियो ।

धुलिखेल कल्याणकारी सेवा समाज धुलिखेल, धुलिखेल नगरपालिका तथा सञ्जीवनी माध्यमिक विद्यालय, सम्बाहिका महिला पत्रकार समूह र काठमाडौं मेडिकल कलेज सिनामंगल सँगको सहकार्यमा यसै साता एक दिने निःशुल्क शिविर सम्पन्न भएको हो ।

धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्याञ्जू श्रेष्ठ को प्रमुख आतिथ्य र काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा देबी शर्माको विशेष आतिथ्यमा सञ्जीवनी नमुना माध्यमिक विद्यालयमा स्वास्थ्य जाँच गरी शिविरको सुरुवात गरिएको थियो ।

धुलिखेल कल्याणकारी सेवा समाज की सचिव एवं वरिष्ठ स्वास्थ्य पत्रकार भगवती तिमल्सिना ले शिविरमा आएका धेरै जसो बिरामीले एकै ठाउँमा विभिन्न विधाका स्वास्थ्य सेवा निःशुल्क उपलब्ध भएकोमा खुशी व्यक्त गरे को बताइन ।

पत्रकार तिमल्सिनाले राजधानी काठमाडौं र अझ धुलिखेलको मेडिकल कलेज यति नजिक हुदा हदै पनि गाउँलेहरू आकस्मिक नभए सम्म आफ्नो स्वास्थ्य उपचारको लागि उपयुक्त स्वास्थ्य निकाय सम्म समय मै पुग्न नसक्ने अवस्थाले यो क्षेत्रमा अझै स्वास्थ्य जागरूकता आवश्यक रहेको देखिएको समेत बताइन ।

शिविरमा सहभागी चिकित्सक, स्वास्थ्य कर्मी, स्वयंसेवक लगायत सहयोगी संघ संस्थाहरूलाई धुलिखेल कल्याणकारी सेवा समाजका अध्यक्ष गायत्री रमण घिमिरेले कदर पत्र द्वारा सम्मान गरेका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!