‘धूम्रपान त्याग्दा टाइप २ मधुमेह को जोखिम ३०–४० प्रतिशत कम’


यदि तपाइले धूम्रपान को बानी त्याग्नु भयो भने टाइप–२ मधुमेहको जोखिम ३० देखि ४० प्रतिशत सम्म कम गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), इन्टरनेशनल डाइबिटिज फेडेरेसन (आइडीएफ) र न्युक्यासल युनिभर्सिटीले गरेको एक अनुसन्धान ले धूम्रपान त्याग्दा मधुमेहको जोखिम ३० देखि ४० प्रतिशतसम्म कम हुने देखाएको छ ।

यस अनुसन्धान अनुसार धूम्रपान त्याग्दा टाइप २ मधुमेहबाट बचाउने मात्र होइन, यसको बिग्रने जोखिमलाई पनि कम गर्छ । यसबाहेक धूम्रपान त्याग्दा अन्य धेरै रोगबाट बच्न सकिन्छ । आइडीएफको अनुसार संसारमा ९५ प्रतिशत मधुमेह को लागी टाइप–२ मधुमेह जिम्मेवार छ ।

धूम्रपानबाट लाग्ने रोगहरू 

फोक्सोको क्यान्सर र सीओपीडी 

फोक्सोको क्यान्सरले अन्य क्यान्सरको तुलनामा धेरै मृत्यु निम्त्याउ छ । करिब ९० प्रतिशत फोक्सो को क्यान्सरका लागि धूम्रपान जिम्मेवार हुन्छ । फोक्सो सँग सम्बन्धित अर्को रोग क्रोनिक अब्सट्र्रक्टिभ पल्मोनरी डिजिज/ सीओपीडी (दम) को जोखिम पनि हुन्छ । यो रोगमा सास फेर्न समस्या हुन्छ । करिब ८५ देखि ९० प्रतिशत सीओपीडी को समस्या चुरोट पिउने कारणले हुन्छ ।

ब्रेन स्ट्रोक र डिमेन्सिया 

यदि कसैले दिनमा २० वटा चुरोट खान्छ भने, स्ट्रोक को जोखिम धूम्रपान नगर्नेको दाँजोमा ६ गुणा बढी हुन्छ । धूम्रपान गर्नेहरू लाई डिमेन्सियाको पनि जोखिममा हुन्छ । यस्तो अवस्थामा स्मरण शक्ति कमजोर हुन्छ र मनमा भ्रम कायम रहन्छ । छिट्टै बिर्सने समस्या पनि हुन्छ ।

दाँत रोग 

धेरै चुरोट पिउने हरू लाई दाँतको समस्या पनि हुन थाल्छ । यसले दाँतमा क्षति पुर्याउँछ । सुरुमा दाँतको रङ्ग पहेँलो हुन थाल्छ र पछि कालो हुन्छ । यति मात्र होइन, चुरोट पिउनाले मुखको धेरै रोग लाग्न सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!