‘खाद्य पदार्थमा भएको प्रिजरभेटिभ ले आन्द्राको स्वस्थ ब्याक्टेरियालाई प्रभावित गर्न सक्छ’


एक अध्ययन अनुसार खाद्य पदार्थ लाई खराब हुन वाट जोगाउन उपयोग भएको प्रिजरभेटिभ ले आन्द्राको माइक्रोवायोम मा प्रभाव पार्छ । माइक्रोबायोम भनेको ब्याक्टेरिया, फंगस, भाइरस र तिनिहरूका जीनहरू जस्ता सबै सूक्ष्म जीवहरूको सङ्कलन हो, जुन प्राकृतिक रूपमा हाम्रो शरीर र हामी भित्र बस्छन्।

यो अध्ययन एसीएस केमिकल बायोलोजी जर्नलमा प्रकाशित भएको छ । यो अध्ययन अन्तर्गत प्याकेटको खाद्य पदार्थ मा रोग उत्पन्न गर्ने हरू लाई मार्न प्रयोग गरिने सामान्य प्रिजरभेटिभ को जाँचले थाहा पाइयो की यसले लाभकारी ब्याक्टेरियामा पनि असर पार्छ, जसले पेटको स्वास्थ्य खराब हुन सक्छ ।  अध्ययन अनुसार लैथिपेप्टाइडस को उपयोग खाद्य उद्योग द्वारा व्यापक रुपमा गरिन्छ । यसलाई लैंटीबायोटिक्स को रुपमा समेत जानिन्छ ।

सिकागो युनिभर्सिटी को वैज्ञानिकहरूले लैंटीबायोटिक्सको सबैभन्दा सामान्य वर्ग मध्ये एक मा रोग जनक र स्वस्थ राख्ने आन्द्राको ब्याक्टेरिया दुवै लाई समाप्त गर्ने शक्ति हुन्छ । वैज्ञानिकहरूको अनुसार एउटा लोकप्रिय लैंटीबायोटिक्स निसिन, बियर देखी लिएर चटनी, पनिर, आदि खाद्य पदार्थमा मिसिएको हुन्छ ।

हाल सम्म निसिन आन्द्राको रोगाणु लाई कसरी प्रभावित गर्न सक्छ यसको राम्ररी अध्ययन गरिएको छैन । उसो यो खाद्य पदार्थमा रोगाणु हरूलाई रोक्न प्रभावकारी हुन सक्छ तर यो मानव आन्द्राको रोगाणुमा समेत प्रभाव पार्न सक्छ ।

अनुसन्धान अनुसार विभिन्न किसिमका लैंटीबायोटिक्स को विविध प्रभाव छ, यो सबै रोग जनकहरू र राम्रो ब्याक्टेरियालाई मार्छ । यो पहिलो अध्ययन मध्ये एक हो जसले आन्द्रामा फायदा पुर्याउने ब्याक्टेरिया लैंटीबायोटिक्स को प्रति संवेदनशील हुने देखाउँछ । वर्तमान भोजनमा उपलब्ध लैंटीबायोटिक्स को स्तर लाई हेर्दै यो सम्भव छ कि त्यसले हाम्रो पेट को स्वास्थ्य मा पनि असर पार्न सक्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!