‘गोलभेँडाको रस ले टाइफाइड ज्वरो को ब्याक्टेरिया मार्न सक्छ’


हालै गरिएको एक अनुसन्धानमा, वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि गोलभेँडा को रसले टाइफाइड ज्वरो निम्त्याउने ब्याक्टेरिया (साल्मोनेला टाइफी) लाई समाप्त गर्न सक्छ । यो ब्याक्टेरियाले पाचन र पिसाब नलीलाई समेत हानि पुर्याउँछ । यो अनुसन्धान अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजीको जर्नल ‘माइक्रोबायोलोजी स्पेक्ट्रम’ मा प्रकाशित भएको छ ।

अनुसन्धान कर्ता हरूले पत्ता लगाए कि गोलभेँडा को रसले साल्मोनेला टाइफीलाई समाप्त पार्न सक्छ । यो ब्याक्टेरियाले विशेष गरी मानिसलाई नै हानि पुर्याउँछ र टाइफाइड ज्वरो निम्त्याउँछ ।

अनुसन्धानका प्रमुख लेखक डा. जिओङमिन सोङले भने, ‘हाम्रो मुख्य लक्ष्य गोलभेँडा र गोलभेँडा को रस (जुस) को आन्द्राको रोग निम्त्याउने ब्याक्टेरिया, विशेष गरी साल्मोनेला टाइफी विरुद्धको एन्टिमाइक्रोबियल गुणहरूको अनुसन्धान गर्नु थियो । साथै, हामीले यो पनि जान्न चाहन्थ्यौं कि यो गुण कुन विशेष चीजहरूले गर्दा छन् ।’

प्रारम्भिक प्रयोगहरूमा पाइयो कि टमाटरको रसले वास्तवमा साल्मोनेला टाइफीलाई मार्न सक्छ । त्यस पछि, अनुसन्धान कर्ताले टमाटरको जीनोम को अध्ययन गरे र पत्ता लगाए कि यसमा कीटाणु मार्ने पेप्टाइडहरू छन् । यी साना प्रोटिनहरूले ब्याक्टेरियाको सुरक्षात्मक पर्खाल जस्तै झिल्ली लाई नष्ट गर्छ, जसले ब्याक्टेरिया कमजोर भएर मर्छन् ।

चार सम्भावित एन्टिमाइक्रोबियल (रोगानु नाशक) पेप्टाइडहरू मध्ये, दुई लाइ साल्मोनेला टाइफी विरुद्ध प्रभावकारी पाइयो । अन्तमा, अनुसन्धानकर्ताहरुले गोलभेँडा रस को क्षमताको परीक्षण पाचन र मूत्र मार्ग लाई नोक्सान पुर्याउने अन्य ब्याक्टेरियाहरू विरुद्ध समेत गरे ।

यस अनुसन्धानले गोलभेँडाको जूसले साल्मोनेला टाइफी मात्र नभई यसको खतरनाक रूप र अन्य ब्याक्टेरियालाई पनि नष्ट गर्न सक्छ जसले पाचन र पिसाब नलीमा क्षति पुर्याउने देखाएको छ । गोलभेँडा को रसमा पाइने कीटाणुनाशक पेप्टाइड्सले ब्याक्टेरियाको सुरक्षात्मक झिल्लीलाई नष्ट गरेर यो काम गर्छ ।

शोध कर्ताहरूले आशा गरेका छन् कि यो खोजले मानिसहरू, विशेष गरी बालबालिका र किशोर किशोरीहरूमा टमाटर र अन्य फलफूल र तरकारीहरूको सेवन बढ्ने छ । यसले उनीहरूको स्वास्थ्यमा सुधार ल्याउनेछ र कीटाणुहरूबाट हुने रोगहरूको जोखिम कम गर्नेछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!