ट्रान्स फ्याट हटाउने प्रयासका लागि ५ देशलाई डब्लूएचओ को पुरस्कार


जेनेभा– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले खाद्य पदार्थमा ठूलो मात्रामा उत्पादन हुने ट्रान्स फ्याट अर्थात् असन्तृप्त बोसो हटाउने सराहनीय प्रयासका लागि पाँच वटा देशलाई सम्मानित गरेको छ ।

ट्रान्स फ्याट उत्पादन र उपभोगको मात्रा घटाउन राम्रो प्रयास गर्ने यी देशहरूको नाम हो– डेनमार्क, लिथुआनिया, पोल्याण्ड, साउदी अरब र थाइल्याण्ड ।

यी देशहरूले, पहिलो पटक, औद्योगिक रूपमा उत्पादन गरिएको ट्रान्स–फ्याटी एसिड (आइटिएफए) को उन्मूलनका लागि अनुगमन र प्रवर्तन प्रणालीहरूद्वारा समर्थित पर्याप्त ’उत्कृष्ट अभ्यास’ नीतिहरू रहेको देखाउँदै डब्लुएचओ को प्रमाणपत्र प्राप्त गरेका छन् ।

ट्रान्स फ्याट औद्योगिक रूपमा उत्पादित वा प्राकृतिक रूपमा पाइन्छ । ट्रान्स फ्याट को दुबै रूपहरू हर्ट एटैक (हृदयघात) र मुटु रोगको बढ्दो जोखिम सँग जोडिएका छन् ।

उनीहरू(ट्रान्स फ्याट) मा कुनै ज्ञात स्वास्थ्य लाभहरू छैनन्, तर तिनिहरूले अत्यधिक स्वास्थ्य जोखिमहरू बोक्छन्’, डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एडहेनोम घेब्रेयेससले सोमवार भने । यो बाहेक, तारिएको, भुटेको खाद्य पदार्थ , केक, तयारी खाना मा ट्रान्स फ्याटहरू पाइन्छ । तिनिहरू प्रायः चिनी, बोसो र नुन धेरै मात्रामा हुन्छन् ।

डब्लुएचओ ले सन २०१८ मा सन २०२३ को अन्त्यसम्म आईटीएफए लाई विश्वव्यापी खाद्य आपूर्तिबाट पूर्णतया हटाउने महत्वाकांक्षी लक्ष्य राखेको थियो । संयुक्त राष्ट संघीय स्वास्थ्य एजेन्सीका अनुसार यो लक्ष्य हासिल हुन नसकेको भए पनि विश्वका हरेक क्षेत्रमा यस लक्ष्यतर्फ उल्लेखनीय प्रगति भएको छ ।

हाल जम्मा ५३ देशहरूमा खानामा, ठूलो मात्रामा उत्पादन हुने ट्रान्सफ्याट सँग जुध्न सर्वोत्तम व्यवहारिक नीति हरू छन् । यी देशहरूमा ३ अर्ब ७० करोड मानिस रहेका छन्, जुन विश्वको जनसङ्ख्याको ४६ प्रतिशत हो । पाँच वर्षअघि यो अंश ६ प्रतिशत मात्र थियो । यी नीतिहरूले प्रति वर्ष लगभग १ लाख ८३ हजार जीवन बचाउने अपेक्षा गरिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!