टाइपिङ भन्दा हातले लेखिएका नोटहरू बढी याद रहन्छ


एउटा नयाँ अनुसन्धान अनुसार विद्यार्थीहरूले कीबोर्ड प्रयोग गर्नु भन्दा हस्त लिखित नोटहरू लिदा धेरै सिक्न सक्नुको साथै राम्रो सँग सम्झन सक्छन् । अर्थात् स्मरणको लागि टाइप गर्नु भन्दा हस्तलेखन राम्रो छ ।

यस पछाडिको कारण के हो भने कीबोर्डमा टाइप गर्नु को दाँजोमा हात ले लेख्दा मस्तिष्कको कनेक्टिभिटी प्याटर्न धेरै बढी विस्तृत हुन्छ । फ्रन्ट्रेयर्स इन साइकोलोजी जर्नलमा प्रकाशित अध्ययनको निष्कर्ष अनुसार कलमले लेख्ने क्रममा हातको चाललाई ठीक सँग नियन्त्रणमा राख्दा दृश्य र गतिविधि जानकारी प्राप्त गर्न मद्दत मिल्छ । जसले मस्तिष्कको कनेक्टिभिटी ढाँचामा विस्तृत मात्रामा योगदान पुर्याउँछ र यी गतिविधिहरू स्मृति निर्माण र सिकाइका लागि महत्वपूर्ण मानिन्छ ।

नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका मस्तिष्क मा अनुसन्धान गर्ने आड्र्र वैन डेर मीर का अनुसार व्याख्यानको हस्त लिखित नोटहरू लिदा विद्यार्थीहरूले धेरै सिक्ने र राम्रो सँग सम्झन सक्ने प्रमाणहरू छ । यद्यपि लामो पाठ वा निबन्धहरू लेख्दा कीबोर्डको सँगै कम्प्युटर उपयोग गर्नु बढी व्यावहारिक हुन सक्छ ।

अध्ययनको लागि, अनुसन्धान कर्ताहरूले विश्वविद्यालयका ३६ विद्यार्थीहरूको मस्तिष्कको विद्युतीय गतिविधिहरू रेकर्ड गरे । जसलाई पटक पटक स्क्रिनमा देखा पर्ने शब्दहरू लेख्न वा टाइप गर्न प्रेरित गरिएको थियो । लेख्दा, तिनिहरूले टचस्क्रिनमा सिधैँ कर्सिभ (अक्षरहरू जोडेर लेखिने) मा लेख्न को लागि डिजिटल कलम प्रयोग गरेका थिए । टाइप गर्दा तिनिहरूले कीबोर्डमा अक्षर भएको गट्टा (कि) थिच्न एउटा औँला प्रयोग गर्थे ।

अनुसन्धान कर्ताहरूले पत्ता लगाए कि सहभागीहरूले हातले लेख्दा मस्तिष्कका विभिन्न क्षेत्रहरू बीचको कनेक्टिभिटी (संयोजन) बढ्यो, तर टाइप गर्दा त्यसो भएन । यसको विपरीत, अन्वेषकहरूले पत्ता लगाए कि एउटै औँलाले बटन थिच्ने साधारण कार्य दोहोर्याउँदा मस्तिष्कको लागि कम उत्तेजक थियो।

यसले यो पनि थाहा पाइयो की जुन बच्चा ले ट्याबलेटमा पढ्न र लेख्ने सिकेका छन्, उनीहरूलाई अक्षरहरूको बिच अन्तर गर्न समस्या हुन सक्छ । जो एक अर्का को ‘मिरर’ तस्विर हरु हो, जस्तै ‘बी’ र ‘डी’ । उनीहरू वास्तवमा यो अनुभूति गर्न सक्दैनन् की ती अक्षर लाई लेख्दा कस्तो लाग्छ ।

अनुसन्धान अनुसार यस अध्ययनमा सहभागीहरूले लेख्न डिजिटल पेन प्रयोग गरे पनि कागजमा वास्तविक कलम प्रयोग गर्दा पनि समान परिणामहरू प्राप्त हुने अपेक्षा गरिएको छ । अध्ययनले यो देखाएको छ की हातले अक्षरहरू लेख्दा मस्तिष्कको गतिविधिमा भिन्नता हुन्छ र यो इन्द्रियहरूको बढी सक्रिय गर्ने सँग सम्बन्धित छ ।

अध्ययन निष्कर्ष अनुसार विद्यार्थी लाई कक्षाको समय टाइप गर्नु को सट्टा कलम प्रयोग गर्ने अवसर दिनु पर्ने आवश्यकता छ, जो उनीहरूको लागि फाइदा कारी हुन सक्छ । यद्यपि, अनुसन्धान कर्ताहरूको टोलीले यो पनि चेताए की निरन्तर विकसित हुँदै गइरहेको प्रविधि सँग तालमेल राख्नु महत्वपूर्ण छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!