भूमध्यसागरीय आहार फेरी नम्बर वान

जान्नुस् किन यो सन २०२४ को सबैभन्दा स्वस्थ आहार हो ?


के तपाई ले कहिल्यै सोच्नुभएको छ किन ग्रीक, इटालियन, क्रोएसियाली, टर्की, स्पेनिस र मोरक्कन हरूको छाला किन यति चम्किलो र स्वस्थ देखिन्छ ? यसको एउटा ठूलो कारण तिनिहरूको परम्परागत आहार, अर्थात् भूमध्य आहार हुन सक्छ ।

वास्तवमा, यही स्वादिष्ट र पौष्टिक खाने शैलीलाई अमेरिकाको प्रतिष्ठित ‘युएस न्युज एण्ड बर्ड रिपोर्ट’, ले लगातार सातौं पटक सन २०२४ को सबैभन्दा स्वस्थ आहारको उपाधि दिएको छ ।

भूमध्य सागरीय क्षेत्रका मानिसहरूले विभिन्न प्रकारका खाने कुरा खाने भए तापनि तिनिहरू को आहारको मुख्य आधार वनस्पतिमा आधारित तत्त्वहरू हुन् ।

अनाज, फलफूल, नट र एक्स्ट्रा भर्जिन ओलिभ आयल बाट पाइने असन्तृप्त बोसो उनीहरूको दैनिक आहारमा विशेष स्थान राख्छ । साथै, थोरै मात्रामा बोसो कुखुरा र प्रशस्त मात्रामा समुद्री खाना पनि उनीहरूको आहारको भाग हो ।

भूमध्यसागरीय आहारको बारेमा सबैभन्दा विशेष कुरा यो हो कि यसले कुनै एक पोषक तत्व वा खाद्य समूह मा जोड दिँदैन, तर सम्पूर्ण आहारको गुणस्तरमा ध्यान दिन्छ ।

धेरै अध्ययनहरूले देखाउँछन् कि यो आहार मुटु रोग र टाइप–२ मधुमेह जस्ता गम्भीर रोगहरूको जोखिम कम गर्न, आयु बढाउन र जीवनको गुणस्तर सुधार गर्न धेरै प्रभावकारी छ ।

सन् १९५८ देखि १९९९ सम्म भएको ‘सेभेन कन्ट्रिज स्टडी’ नामक एउटा ठूलो अध्ययनमा यस आहारको फाइदाहरू पहिलो पटक ‘बाहिर आएको थियो । यस अध्ययनले लगभग १३ हजार पुरुषहरूको आहार र मुटु रोग बीचको सम्बन्धलाई हेरियो । यो अध्ययनले देखाएको छ कि तपाई ले खपत गर्ने कुल फ्याट (बोसो) भन्दा बढी महत्वपूर्ण तपाइ कुन प्रकारको बोसो (स्याचुरेटेड, मोनोअनस्याचुरेटेड वा पोलिअनस्याचुरेटेड) को सेवन गर्नु हुन्छ भन्ने छ ।

जबकी परम्परागत पोषण सल्लाहले कुल बोसोको सेवन ३० प्रतिशत सम्म सीमित गर्न सिफारिस गर्दछ, त्यही भूमध्यसागरीय आहारले ४० प्रतिशत सम्म फ्याट सेवनलाई अनुमति दिन्छ, यदि अधिकांश बोसो असन्तृप्त होस भने ।

युएस न्यूज एण्ड वर्ड रिपोर्टका अनुसार भूमध्यसागरीय आहारले फलफूल, सागसब्जी, सम्पूर्ण अन्न, नट, बीउ र स्वस्थ बोसो जस्ता पोषक तत्व युक्त खाने कुराहरूमा ध्यान दिन्छ । जबकी सन्तृप्त फ्याट, थपिएको चिनी र नुन को सेवन सीमित गर्दछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!