‘डा.निलम ठाकुर भन्छिनः कारण पत्ता नलागेको बाँझोपनाकाे जेनेटिक परीक्षण आवश्यक’


काठमाडौं– कारण पत्ता नलागेको बाझो पना देखिएका महिलाहरूमा जेनेटिक परीक्षण विना टेस्ट ट्युब बेबिको लागि प्रयास गर्नु पैसा बर्वादी बाहेक खाँसै उपलब्धि नहुने दाबी विज्ञहरूले गरेका छन् ।

पछिल्लो समय निःसन्तान दम्पतीको सन्तान नहुने समस्या समाधान गर्न अत्याधिक मात्रामा सञ्चालनमा आएको आइभीएफ (इन भिट्र्रो फर्टिलाइजेसन) केन्द्रहरूले विना कुनै कारण सन्तान नभएको अवस्थामा समेत जेनेटिक परीक्षण नगराउने गरेको बताए ।

आइभीएफको लागि जेनेटिक परीक्षण अत्यन्त आवश्यक मानिन्छ, किनभने यसको सहयोगले भ्रूणको दोषलाई सजिलै पत्ता लगाउन सकिन्छ । मुलुकमा यस्ता समस्या देखिएका दम्पतीहरूले ६–७ हजार पर्ने जेनेटिक परिक्षण न गराउँदा विभिन्न निःसन्तान उपचार केन्द्रहरूमा बारम्बार को प्रयास अन्तर्गत लाखौँ खर्च गर्न बाध्य छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्(एनएचआरसी)र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको मेडिकल जेनिटिक युनिट को संयुक्त आयोजनामा भएको दुई दिने मेडिकल जिनोमिक्सर क्लिनिकल इन्फोरमेटिक्सको अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा शनिवार उक्त कुरा बताइएको हो ।

‘हामीहरू कहाँ निजी क्षेत्रबाट तिन पटक सम्म टेस्ट ट्युब बेबिको प्रयास अन्तर्गत २५ लाख खर्चंदा समेत सन्तान सुख पाउन नसकेका दम्पतीहरू गुनासो सहित आउने गर्छन्’, वीर अस्पतालको मेडिकल जेनिटिक युनिटकी प्रमुख डा.निलम ठाकुर भन्छिन्–‘मुलुकमा यस्तो सयौं केस छन्, अर्थात् विना कुनै कारण आइभीएफ गर्नु पर्ने अवस्थाकाहरु लाई पहिले ६–७ हजार पर्ने जेनेटिक परीक्षण गर्दा यस्तो स्थिति नै आउँदैन ।’ आइभीएफ गर्नेहरुमा प्रि–इम्प्लान्टेसन जेनेटिक परीक्षण समेत आवश्यक भए पनि यसलाई खाँसै महत्व नदिइएको गुनासो समेत डा.ठाकुरको छ ।

प्रि–इम्प्लान्टेशन जेनेटिक टेस्टिङ (पीजीटी) लाई स्क्रिनिङ्ग टेस्ट को रुपमा समेत जानिन्छ । जसलाई स्थानान्तरण भन्दा अघि भ्रूणको आनुवंशिक विश्लेषण गर्न को लागि इन भिट्र्रो फर्टिलाइजेसन( आइभीएफ) को माध्यमले बनाइएको भ्रूणमा गरिन्छ ।

‘यसो गर्नु को मुख्य उद्देश्य, यस मार्फत पत्ता लगाइन्छ की आइभीएफ वाट प्राप्त बच्चालाई कुनै प्रकारको समस्या त छैन’, डा.ठाकुर भन्छिन्–‘पीजीटी ले यो सुनिश्चित गर्न सक्छ कि स्थानान्तरणका लागि चयन गरिएका भ्रूणहरू मा सही सङ्ख्यामा क्रोमोजोम (गुणसुत्रहरू) छन्, जसले महत्वपूर्ण रूपमा आइभीएफको चक्र असफल हुने सम्भावना धेरै कम हुन्छ, गर्भपातको सम्भावनालाई समेत कम गर्छ । यति मात्र नभइ आनुवंशिक रोगहरूबारे समेत पत्ता लगाउन सकिन्छ ।’

दम्पतीलाई सन्तान सुख प्राप्त नहुनु वा अप्ठ्यारा हुनु मा पुरुषको समेत झन्डै ५० प्रतिशत सम्म कमी कमजोरी हुने गरे पनि नेपाली समाजमा अझै मुख्य रूपमा महिला लाई नै दोषी मान्ने गरिएको छ ।

‘नेपाली समाजमा दम्पतीले सन्तान पाउन समस्या भए महिला मात्र लाई दोष दिइन्छ, पुरुष बाझो हुन सक्ने सामान्यतया सोचाइ समेत नहुने गरेको छ’, डा.ठाकुरभन्छिन–‘हामीले सरदर हेर्दा दम्पतीले सन्तान नपाउने ३० प्रतिशत जति कारण पुरुष बाझो पना, त्यो पनि जेनेटिक गडबडीले गर्दा हुने गरेकोछ ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!