धरान का मेयर हर्क साम्पाङले बीपीकेआईएचएस का उपकुलपति कार्यालयमा ताला लगाए


धरान -धरान उपमहानगरपालिका का मेयर हर्क साम्पाङ राईले सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) का कायम मुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीको कार्य कक्षमा ताला लगाएका छन्।

मेयर साम्पाङ एक्लै प्रतिष्ठान पुगेर  शिक्षक, कर्मचारी र डाक्टरहरूको आन्दोलन प्रति सहमत जनाउँदै उपकुलपतिको कार्य कक्षमा गएर ताला लगाएको ‘ब्लाष्ट खबर अनलाइन‘ मा प्रकाशित समाचारमा उल्लेख छ ।

समाचार अनुसार साम्पाङले उपकुलपति कार्कीले शिक्षक, कर्मचारी र डाक्टरहरूको मागलाई बेवास्ता गरि माग सम्बोधन नगरेको भन्दै तालाबन्दी गरेका हुन ।

उनले लगाएको ताला आफू बाहेक कसैले नखोल्न समेत चेतावनी दिएका छन्। बीपी प्रतिष्ठानलाई कमजोर बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने मेयर साम्पाङको भनाइ  छ। उपकुलपतिको कार्य कक्षमा ताला लगाए पछि मेयर साम्पाङ आफ्नो कार्यालयमा फर्केका थिए।

स्मरण रहोस् ३ महिना अगाडि गरेको  सहमति अनुसार बढुवाको  प्रक्रिया अगाडि  न बढेपछि प्रतिष्ठानका कर्मचारी, शिक्षक र चिकित्सक आन्दोलनमा छन् ।

प्रतिष्ठानको आकस्मिक कक्ष, ल्याब, एक्स-रे बाहेकका सम्पूर्ण उपचारका सेवा बन्द गरेर उनीहरूले आइतवार ओपीडीको चाबी समेत  अस्पताल प्रशासनलाई बुझाएका छन्।  प्रतिष्ठानमा कार्यरत १ सय ७७ शिक्षक र १ हजार २ सय कर्मचारीको बढुवा रोकिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!