बजारमा पाइने एक बोतल पानी मा अढाई लाख प्लास्टिकका कण

एसोसिएट प्रोफेसर बाइजान यान भन्छन् जुन सुकै कम्पनी काे भए पनि कि हरेक प्लास्टिकका बोतलको पानीमा नैनो प्लास्टिक हुन्छ । बोतलको पानी भन्दा धारा को पानी पिउनु राम्रो।


हालै गरिएको एउटा अध्ययन अनुसार एउटा बोतलको पानीमा औसत रुपमा २ लाख ४० हजार प्लास्टिकका कणहरू हुन्छन् । हामीले स्वक्ष, सफा र स्वस्थ कर ठानेर उपयोग गर्ने प्लास्टिकको बोतलमा पाइने पानीले तपाई लाई स्वस्थ बनाउँदैन, बिरामी बनाइरहेको छ ।

प्रोसिडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्सेजमा प्रकाशित रिपोर्ट मा वैज्ञानिकहरूले यस्तो खुलासा गरेका हुन् । वैज्ञानिकहरूले विभिन्न कम्पनीको बजारमा पाइने पानीमा अनुसन्धान गरेका थिए ।

उनीहरूले एक बोतलको पानीमा औसत पाइने २ लाख ४० हजार प्लास्टिक कणहरू ले स्वास्थ्यमा पर्ने साइड इफेक्ट (अनिच्छित प्रभाव) लाई लिएर चिन्तित छन् । कोलम्बिया युनिभर्सिटीका जियो केमिस्ट्रीका एसोसिएट प्रोफेसर बाइजान यानले भने कि बोतलको पानी भन्दा धारा को पानी पिउनु राम्रो हुन्छ ।

अनुसन्धानमा प्रयोग गरिएको प्रविधि

वैज्ञानिकहरूले बोतलको पानी अनुसन्धान गर्न स्टिम्युलेट रैम स्क्याटरिङ (एसआरएस) माइक्रोस्कोपी प्रविधि प्रयोग गरेका थिए । यस अन्तर्गत, नमुना लाई दुई लेजर अन्तर्गत परीक्षण गरिन्छ । ताकि ती अणुहरू के ले बनेका हुन् भनेर बुझ्न सकियोस् ।

वैज्ञानिकहरूले तीन ठूला कम्पनीको पानी परीक्षण गरे पनि उनीहरूको नाम भने खुलाइएका छैनन् । एसोसिएट प्रोफेसर बाइजान यान भन्छन् कि हरेक प्लास्टिकका बोतलको पानीमा नैनो प्लास्टिक हुन्छ । त्यसैले यी कम्पनीहरूको नाम मात्र उल्लेख गर्नु उचित होइन ।

९० प्रतिशत नैनो प्लास्टिक कण फेला पर्यो 

विभिन्न बोतलहरूमा प्रति लिटर १ लाख १० हजारदेखि ३ लाख ७० हजार सम्म कण रहेको वैज्ञानिकहरूले बताएका छन् । ती मध्ये ९० प्रतिशत नैनो प्लास्टिक कण थिए । जबकी बाकी माइक्रो प्लास्टिक कणहरू थिए । पानीमा नाइलनका कण पनि भेटिएका छन् । तिनिहरू सम्भवतः पानी शुद्ध गर्ने वाटर प्युरिफायरवाट आएको हुन सक्छ । त्यसपछि पोलिइथाइलिन टेरफथाइलेटको कणहरू थिए । जसबाट बोतलहरू बनाइन्छ । यसका अतिरिक्त बोतलको ढक्कन खोल्दा र बन्द गर्दा टुक्रिएर पानीमा मिसिने कणहरू समेत थिए ।

माइक्रोप्लास्टिक र नैनो प्लास्टिक बीच के भिन्नता छ? 

५ मिलि मिटर भन्दा सानो टुक्रालाई माइक्रोप्लास्टिक भनिन्छ । जबकी नैनो प्लास्टिकलाई एक माइक्रोमिटर अर्थात् एक मिटरको एक अर्ब भाग लाई भनिन्छ । यिनी हरू यति साना हुन्छन् कि तिनिहरू सजिलै पाचन प्रणाली र फोक्सोमा प्रवेश गर्न सक्छन् । त्यहाँ बाट रगतमा मिसिएर सम्पूर्ण शरीरमा पुग्छन् । त्यसपछि मस्तिष्क र मुटु सहित सबै अंग लाई प्रभावित गर्न सक्छन् । यो गर्भवती महिलाको नाभिको माध्यमबाट गर्भमा रहेको बच्चाको शरीरमा पुग्न सक्छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!