चिन्ता को लागि प्रयोग हुने औषधि को कारण गर्भपात को जोखिम


गर्भावस्थाको समयमा धेरै जसो महिलाहरू लाई आफ्नो शरीर मा धेरै परिवर्तन हेर्न पाइन्छ । यसको असर उनीहरूको स्वभाव र मुडलाई पनि पर्छ । समय बित्दै जाँदा निन्द्रा, दिनचर्या, दैनिक काम आदि समेत प्रभावित हुन थाल्छ । जसका कारण महिलाहरू चिन्ता (एंग्जायटी), अनिन्द्राको समस्याको सिकार हुने गर्छन् । यसबाट बच्न उनी औषधि पनि खान थाल्छिन्, तर यसबाट जोगिनु पर्छ ।

एक अनुसन्धानले चिन्ता र अनिद्रा मा वृहत् रूपमा उपयोग हुने बेन्जोडायजेपाइन नामक औषधि ले गर्भपतन हुने खतरा हुन्छ । ताइवान नेशनल युनिभर्सिटीका अनुसन्धान कर्ताहरूले देश भरमा गर्भावस्थाको समयमा उपयोग गरिने औषधी र यसको प्रभावलाई विश्लेषण गरे ।

जामा साइकेट्र्री जर्नलमा प्रकाशित यो अनुसन्धानमा सन् २००४ देखि २०१८ सम्मका गर्भपतनका केसहरू समावेश गरिएको थियो। अध्ययनमा १९ लाखभन्दा बढी महिलाहरू मध्ये ३० लाखभन्दा बढी गर्भवती लाई समावेश गरिएको थियो ।

यसको प्रयोगले ४.४ प्रतिशतमा गर्भपतन को समस्या हुने गरेको पाइयो । अनुसन्धान कर्ताहरूले गर्भावस्थाको समयमा बेन्जोडाइजेपाइन को प्रयोगले गर्भपातको जोखिम बढ्ने गरेको पाए ।

यी निष्कर्षहरूले गर्भावस्थाको समयमा चिन्ता र अनिद्राको उपचार गर्न डाक्टरहरूले बेन्जोडाइजेपाइनहरूको प्रयोगलाई विचार गर्दा जोखिम– लाभ अनुपातलाई सन्तुलन गर्ने आवश्यकता लाई औँल्याउँछ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!