कोभिड को मामिला मा बृद्घि: डब्लुएचओ ले देशहरूलाई निगरानी र सुरक्षात्मक उपाय बढाउन आग्रह गर्यो’

उपलब्ध, तर सीमित प्रमाणहरूलाई ध्यानमा राख्दै, ‘जेएन.१’, द्वारा उत्पन्न अतिरिक्त जनस्वास्थ्य जोखिमलाई हाल विश्वव्यापी स्तरमा कम मूल्याङ्कन गरिएको छ ।


नयाँ दिल्ली–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दक्षिण–पूर्वी एसिया क्षेत्रका देशहरूलाई कोभिड र यसको नयाँ भेरिएन्ट ‘जेएन.१’ र रुघाखोकी लगायत श्वास प्रश्वास सम्बन्धी संक्रमणको बढ्दो संख्यालाई ध्यानमा राख्दै निगरानीलाई बलियो बनाउन र मानिसहरूलाई सुरक्षात्मक उपायहरू अपनाउन आग्रह गरेको छ ।

‘कोभिड भाइरस विश्वव्यापी रूपमा सबै देशहरूमा विकसित, परिवर्तन, र प्रसारित भइरहेको छ । हालको प्रमाण ले ‘जेएन.१’ सब भेरिएन्ट द्वारा निम्त्याएको अतिरिक्त जनस्वास्थ्य जोखिम कम छ भनी बताउँछ, हामीले हाम्रो प्रतिक्रियालाई अनुकूल बनाउन यी भाइरसहरूको विकासलाई ट्रर्‍याक गर्ने प्रकृया जारी राख्नुपर्छ । यसका लागि देशहरूले निगरानी र सिक्वेसन्सिङ्ग लाई बलियो बनाउनुपर्छ र तथ्याङ्क आदान प्रदान सुनिश्चित गर्नुपर्छ,’ – डब्लुएचओ दक्षिण–पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पूनम खेत्रपाल सिंहले भनिन ।

डब्लुएचओ ले ‘जेएन.१’, लाई यसको द्रुत विश्वव्यापी फैलावट पछि ‘भेरिएन्ट अफ इन्टरेष्ट’ को रूप मा वर्गीकृत गरेको छ । हालैका साताहरूमा ‘जेएन.१’, धेरै देशहरूमा रिपोर्ट गरिएको छ र यसको उपस्थिति विश्वव्यापी रूपमा द्रुत गतिले बढिरहेको छ । उपलब्ध, तर सीमित प्रमाणहरूलाई ध्यानमा राख्दै, ‘जेएन.१’, द्वारा उत्पन्न अतिरिक्त जनस्वास्थ्य जोखिमलाई हाल विश्वव्यापी स्तरमा कम मूल्याङ्कन गरिएको छ । विशेष गरी जाडो मौसममा प्रवेश गर्ने देशहरूमा अन्य भाइरस र ब्याक्टेरियाको संक्रमणको वृद्धिको बीचमा कोभिड को केसहरूमा बृद्धि गर्न सक्ने अनुमान गरिएको छ ।

‘बिदाको मौसममा मानिसहरू चाडपर्वको लागि यात्रा गर्ने र भेला हुने हुँदा, घर भित्र धेरै समय सँगै बिताउने जहाँ कमजोर भेन्टिलेशनले श्वास प्रश्वास सम्बन्धी रोगहरू निम्त्याउने भाइरसहरू सर्ने सुविधा दिन्छ, उनीहरूले सुरक्षात्मक उपायहरू अपनाउनु पर्छ र अस्वस्थ हुदा समयमै क्लिनिकल हेरचाह गर्नुपर्छ’, डा. खेत्रपाल सिंहले भनिन ।

क्षेत्रीय निर्देशकले विशेष गरी उच्च जोखिममा रहेका मानिसहरूका लागि कोभिड र इन्फ्लुएन्जा विरुद्धको खोपको महत्वमा पनि जोड दिइन । सबै डव्लुएचओ अनुमोदित कोभिड खोपहरूले ‘जेएन.१’, लगायत सबै प्रकारका भेरिएन्टहरु बाट हुन सक्ने गम्भीर रोग र मृत्युबाट जोगाउँछ’, उनले भनिन् ।

कोभिड विश्वव्यापी रूपमा उच्च स्तरमा फैलिन थालेपछि, देशहरूले श्वास प्रश्वास सम्बन्धी रोगहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न र मानिसहरूको स्वास्थ्यको रक्षा गर्न निगरानी, अनुक्रम र रिपोर्टिङलाई बलियो बनाउनु पर्ने समेत क्षेत्रीय निर्देशकले भनिन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!