कफ सिरप प्रतिबन्धितः भारत सरकारले ४ वर्ष मुनिका बच्चा हरूको लागि रुघाखोकी र फ्लु सिरप मा प्रतिबन्ध लगायो


नयाँ दिल्ली –भारतको औषधि नियामक, द सेन्ट्रल ड्रग्स स्टैण्डर कन्ट्रोल अर्गनाइजेसन (सीडीएससिओ) ले चार वर्ष मुनिका बालबालिकामा रुघाखोकी, फ्लु को लागि दिइने सिरप (झोल औषधि) प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

कफ सिरपका कारण विश्व भर कम्तीमा १ सय ४१ बालबालिकाको मृत्यु भए पछि औषधि सँग जोडिएको सम्भावित खतरा, मुख्य रूपमा सानो बच्चा हरूको लागि जोखिम भएको कारण प्रतिबन्ध लगाइने भएको हो ।

सीडीएससिओले गम्भीर सुरक्षा चिन्ताहरूको कारण शिशु र ४ वर्ष मुनिका बच्चा को बीच लोकप्रिय रहेकोएन्टिकोल्ड ककटेल मेडिसिन कम्बिनेसन को उपयोग मा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

रिपोर्टहरूका अनुसार ग्लैक्सोस्मिथक्लाइन को टी–मिनिक ओरल ड्रप्स, ग्लेनमार्क को स्कोरिल फ्लु सिरप र आइपिसिए लेबोरेटरी को सोल्विन कोल्ड सिरप लगायतका अन्य फर्मा कम्पनी लाई सीडीएससिओ ले आफ्नो उत्पादनमा यो संयोजन (कम्बिनेसन) को उपयोग सँग सम्बन्धित एउटा चेतावनी (वार्निङ) समावेश गर्न भनेको छ ।

यस अन्तर्गत ‘फिक्स्ड ड्रग कम्बिनेसन (एफडिसि) को उपयोग ४ वर्ष भन्दा कम उमेर को बच्चालाई गर्नु हुँदैन’, भन्ने चेतावनी सँगै लेबल लगाउने आवश्यकता रहेको छ ।

रिपोर्टहरूका अनुसार थुप्रै बाल रोग विशेषज्ञ हरूले बच्चाको बीच यो औषधिको संयोजन को व्यापक उपयोगको विषयमा चिन्ता व्यक्त गरे । जो धेरै जसो आमा बुवा को आफैले गर्ने औषधि (सेल्फ मेडिकेसन) र आफैले निर्धारण गर्ने औषधिको पुर्जा (सेल्फ प्रेस्किप्सन) को कारणले हुन्छ ।

एउटा पत्रमा सिडिएससिओले सबै भारतीय राज्य र केन्द्र शासित प्रदेश लाई दुई औषधि, क्लोरफेनिरामाइन मैलेट र फिनायलफ्राइन को ककटेल को प्रयोग गरेर बनाइएको उत्पादनको पैकेज एंसर्ट लाई अद्यावधिक गर्नको लागि भनेको छ । यो दुवै संयोजन रुघा र फ्लु को लक्षण वाट तुरुन्त राहत दिन मदत गर्नको लागि जानिन्छ । जस अन्तर्गत आँखामा पानी आउनु, नाग बग्नु, हाच्छिउँ आउनु र नाक र घाटी मा खस खस सामेल छ ।

जबकी क्लोरफेनिरामाइन मैलेट एउटा एन्टि एलर्जीको रुपमा काम गर्छ, फिनाइफ्राइन एउटा डिकन्जेस्टेन्ट को रुपमा काम गर्छ , जसले नाकको कन्जेक्सन वा जकड्न वाट राहत दिन सानो रगतको नली लाई साँगुरो पार्छ ।

गत वर्षको मध्यदेखि गाम्बिया, उज्बेकिस्तान र क्यामरुनमा कम्तीमा १ सय ४१ जनाको मृत्यु सहित देशमा बनेको विषाक्त कफ सिरपमा अधिकारीहरूले जोडिएका धेरै बालबालिकाको मृत्युपछि यो आदेश आएको हो ।

सरकारी अधिकारीहरूका अनुसार भारत भित्र सन २०१९ मा घरेलु स्तरमा निर्माण गरिएको कफ सिरप खाँदा कम्तीमा १२ बालबालिकाको मृत्यु भएको र अन्य चार गम्भीर रूपमा विकलांग भए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ५ वर्ष मुनीका बालबालिकालाई रुघा खोकी, चिसो को लक्षणको उपचारको लागि ‘ओभर द काउन्टर’, खोकी को सिरप वा औषधि को उपयोग को सिफारिस गर्दैन ।

डब्लूएचओले अक्टोबर ५ तारिखमा मेडेन फर्मास्युटिकलले बनाएको कफ सिरपमा डाइथिलीन ग्लाइकोल र इथिलिन ग्लाइकोल रहेको घोषणा गरेको थियो, जुन मानवका लागि विषाक्त छन् । साथै, डब्लूएचओले फर्मका चार उत्पादन प्रोमेथाजिन ओरल सोलुसन, कोफेक्समालिन बेबी कफ सिरप, मेकोफ बेबी कफ सिरप र मग्रिप एन कोल्ड सिरपमा प्रश्न उठाउँदै चेतावनी जारी गरेको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!