‘भारतमा कोभिड को बढ्दो संक्रमण : सार्वजनिक स्वास्थ्य प्रणाली तैयारी को समीक्षा’

सार्स–कोभ–२ को नयाँ ‘जेएन.१’ भेरिएन्ट माथि हाल गहन वैज्ञानिक अनुसन्धान जारी छ । तर तत्काल चिन्ताको कारण छैन । यस भेरिएन्ट बाट प्रभावित बिरामीहरू पनि कुनै जटिलता बिना निको भएका छन् । आइसिएमआर हाल नयाँ ‘जेएन.१’, भेरिएन्ट को जीनोम को जाँच गरिरहेको छ ।


नयाँ दिल्ली – भारतका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्री डा. मनसुख मण्डवियाले भारतको केही भागहरूमा कोभिडका बढ्दो केसहरू लाई ध्यानमा राख्दै बुधवार निगरानी, नियन्त्रण र व्यवस्थापनका लागि सार्वजनिक स्वास्थ्य प्रणालीको अवस्था र तयारीको समीक्षा गरे ।

कोभिड केसहरूमा भएको वृद्धि लाई ध्यानमा राख्दै, यो भाइरसको नयाँ र उदीयमान भेरियन्टहरू बारे सतर्क र सचेत रहनु महत्वपूर्ण रहेको समेत स्वास्थ्य मन्त्री डा. मण्डविया ले बताए ।

कोभिड प्रतिक्रियाको प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्न केन्द्र र राज्यहरू बीचको संयुक्त प्रयासको आवश्यकतामा जोड दिनु आवश्यक रहेको समेत उनले उल्लेख गर्दै भने–‘केन्द्र र राज्य दुबै तहमा प्रत्येक तीन महिनामा एक पटक नक्कली अभ्यास गरौँ र उत्कृष्ट अभ्यासहरू साझा गरौं ।’

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले बुधवार जारी गरेको विज्ञप्ति अनुसार स्वास्थ्य मन्त्री डा. मण्डाविया को अध्यक्षतामा भएको भारतमा कोभिड स्थितिको उच्च स्तरीय समीक्षा बैठक मा देशका केही स्थानमा पछिल्लो समय बढ्दै गएको कोभिडका घटनालाई मध्य नजर गर्दै कोभिडको अनुगमन, रोकथाम र व्यवस्थापनका लागि जनस्वास्थ्य प्रणालीको तयारीको समीक्षा गरिएको थियो ।

यस अवसरमा केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री प्रा. एसपी सिंह बघेल र डा. भारती प्रवीण पवार र नीति आयोगका सदस्य (स्वास्थ्य) डा वीके पाल पनि उपस्थित थिए । बैठकमा भाग लिने अन्य राज्यका मन्त्रीहरू समेत आएका थिए ।

चीन, ब्राजिल, जर्मनी र अमेरिका जस्ता विश्वका केही देशमा कोभिडका सङ्क्रमितको बढ्दो सख्या का कारण उत्पन्न चुनौतीलाई मध्यनजर गर्दै डा. मण्डवियाले कोभिडका नयाँ र उदीयमान रूपहरू सँग सामना गर्न तयार र सतर्क रहनु पर्नेमा जोड दिए ।

स्वास्थ्य मन्त्री डा. मण्डविया ले भारतमा फैलिरहेको नयाँ भेरियन्टको समयमै पत्ता लगाउन ‘भारतीय सार्स–कोभ–२ जीनोमिक्स’ कन्सोर्टियम’ (आइएनएसएसिओजी) नेटवर्क मार्फत भेरियन्टहरूको निगरानी गर्न पोजेटिभ केसहरूको नमुनाहरूको निगरानी प्रणालीलाई बलियो बनाउन निर्देशन दिए ।

एक प्रस्तुतीकरण मार्फत केन्द्रीय स्वास्थ्य मन्त्रालयका सचिव सुधांश पन्त ले केन्द्रीय स्वास्थ्य मन्त्रीलाई विश्वव्यापी कोभिड अवस्था र घरेलु परि दृश्य बारेमा जानकारी दिए ।

यो रिपोर्ट गरिएको थियो कि भारतमा सक्रिय कोभिड केसहरू विश्वव्यापी परि दृश्यको तुलनामा धेरै कम छन्, तर पछिल्ला दुई हप्तामा पोजेटिभ केसहरूमा तीव्र वृद्धि भएको छ । डिसेम्बर ६, २०२३ मा, पोजेटिभ केसहरूको संख्या ११५ थियो, जुन ६१४ पुगेको छ । यो पनि नोट गरियो की ९२.८ प्रतिशत केसहरू होम क्वारेन्टाइनमा छन् । यसले हल्का रोगलाई संकेत गर्दछ ।

कोभिडका कारण अस्पताल भर्ना दरमा कुनै वृद्धि भएको छैन । अस्पतालमा भर्ना भएका बिरामीहरू अन्य चिकित्सा अवस्थाका कारण हुन् ।  केरला, महाराष्ट्र, झारखण्ड र कर्नाटक जस्ता केही राज्यहरूमा दैनिक पोजेटिभ दरमा वृद्धि भएको देखिएको छ ।

सार्स–कोभ–२ को नयाँ ‘जेएन.१’ भेरिएन्ट को बारेमा समीक्षा बैठकमा यो बताइयो की यो भेरियन्ट माथि हाल गहन वैज्ञानिक अनुसन्धान जारी छ । तर तत्काल चिन्ताको कारण छैन । यस भेरिएन्ट बाट प्रभावित बिरामीहरू पनि कुनै जटिलता बिना निको भएका छन् ।

स्वास्थ्य अनुसन्धान विभागका सचिव र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) का महा निर्देशक डा. राजीव बहलले भने कि आइसिएमआर हाल नयाँ ‘जेएन.१’, भेरिएन्ट को जीनोम को जाँच गरिरहेको छ ।

उनले राज्यहरूलाई कोभिडको अवस्थाको अनुगमन गर्न र आरटि पिसिआर परीक्षण बढाउन आग्रह गरे । आत्तिनुपर्ने अवस्था नरहेको समेत उनले बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!