१३ वर्षको उमेर अघि सुरु हुने महिनावारीले मधुमेह र स्ट्रोक को जोखिम


अमेरिकामा गरिएको एउटा नयाँ अनुसन्धानले १३ वर्षको उमेर भन्दा पहिले महिनावारी सुरु हुँदा केटीहरूमा टाइप–२ मधुमेह हुने खतरा बढ्न सक्ने देखाएकोछ ।

यति मात्र होइन, जीवनमा छिटो महिनावारी सुरु हुनु  ( विशेष गरी १० वर्षको उमेर अघि ) मधुमेहका बिरामीमा ६५ वर्षको उमेर न पुग्दै स्ट्रोक को जोखिम पनि बढाउँछ । अनुसन्धान कर्ताहरूले ब्रिटिस मेडिकल जर्नल (बीएमजे) न्युट्रिसन प्रिभेन्सन एण्ड हेल्थ मा यसबारे जानकारी दिएका छन् ।

यस अनुसन्धानका लागि २० देखि ६५ वर्ष सम्मका १७ हजारभन्दा बढी महिलाको तथ्यांक विश्लेषण गरिएको थियो ।टुलेनयुनिभर्सिटी रब्रिघमएण्ड वुमन्स हस्पिटलका अन्वेषकहरूले भने कि यो एकपर्यवेक्षणात्मकअध्ययन हो, यसैले उनीहरूले यीसम्बद्धतापछाडि कारणहरू स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनन् । उनीहरूले आफ्नो अध्ययनमा पहिलो महिनावारीको उमेर महिलामा मुटु रोगको विकासको प्रारम्भिक जीवन सूचक हुन सक्ने सुझाव दिएका छन् ।

अध्ययनको परिणाम अध्ययनमा समावेश गरिएका महिलाहरू राष्ट्रिय स्तर मा प्रतिनिधि क्रस–सेक्शनल नेशनल हेल्थ एण्ड न्युट्रिसन एक्जामिनेसन सर्भे १९९९–२०१८ वाट आएकी थिइन । महिलाहरूले आफू लाई पहिलो पटक महिनावारी भएको बेला बारे बताएकी थिइन् ।

अनुसन्धान कर्ताहरूले अध्ययनमा समावेश गरिएका करिब १० प्रतिशत महिलाहरू (१७७३ महिलाहरू ) टाइप २ मधुमेह भएको पत्ता लगाएका थिए । जसमध्ये ११.५ प्रतिशत (२०३ महिला ) लाई पनि कुनै न कुनै प्रकारको मुटु सँग सम्बन्धित रोग लागेको थियो ।

उनीहरूले कम उमेरमा मधुमेहको बढ्दो जोखिमलाई महिनावारीको सुरुवात सँग जोडेका छन् । उनीहरूले यस जोखिमलाई ३२ प्रतिशत (१० वर्षको उमेरमा वा सो भन्दा अघि महिनावारी ) देखि १४ प्रतिशत (११ वर्षको उमेरमा ) देखि २९ प्रतिशत (१२ वर्षको उमेरमा ) सम्म बताएका छन् ।

स्ट्रोक को जोखिम दोब्बर

अनुसन्धान कर्ताहरूले यो पनि पत्ता लगाए कि १० वर्ष भन्दा पहिले महिनावारी हुनाले  मधुमेह ले पीडित ६५ वर्ष मुनिका महिलाहरूमा स्ट्रोकको जोखिम दोब्बर भन्दा पनि बढी हुन्छ । विशेष गरी, तिनि हरूले गणना गरे कि ११ वर्ष को उमेर मा पहिलो पटक महिनावारी हुने महिलामा यो जोखिम ८१ प्रतिशत , १२ वर्ष को उमेरमा ३२ प्रतिशत र १४ वर्ष को उमेरमा १५ प्रतिशत थियो ।

निष्कर्ष 

अनुसन्धान कर्ताहरूले भनेका छन् कि एउटा सम्भावित व्याख्या यो हुन सक्छ कि त्यस्ता महिलाहरू लामो समयसम्म एस्ट्रोजनको सम्पर्कमा रहन्छन् र महिनावारी चाङै सुरु हुने लाई एस्ट्रोजनको उच्च स्तर सँग जोडिएको छ ।

तिनिहरूले यो पनि भने कि तौल पनि परिणामहरूलाई प्रभाव पार्ने अर्को महत्वपूर्ण कारक हुन सक्छ, किनभने तिनिहरूले तौल को तथ्याङ्क लाई समायोजन गर्दा, पहिलो पटक महिनावारी को उमेर र स्ट्रोक को जटिलताहरू बीच देखिएको सम्बन्ध अलि कमजोर भयो ।

अनुसन्धान कर्ताहरूले भने कि यी निष्कर्षहरूले यो सम्भावनालाई बलियो वनाउछ की मधुमेह र मधुमेह जटिलताहरू रोक्नको लागि प्रारम्भिक जीवन को रणनीतिहरूमा पहिलो पटक महिनावारीको उमेर लाई समावेश गर्न सकिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!