अध्ययनः १ घण्टा मा ४ किलो मिटर सम्म को गतिमा हिँड्दा टाइप २ मधुमेहको जोखिम कम


वाक अर्थात् पैदल हिँड्नु स्वास्थ्य को लागि राम्रो मानिन्छ । तर थुप्रै व्यक्ति लाई यो थाहा हुँदैन की कहिले र कति समय सम्म हिँड्नु स्वास्थ्य को लागि राम्रो हो । हाल सालै गरिएको पैदल हिँडाइ बारे को एक अध्ययन मा एउटा निश्चित गतिले हिँड्दा टाइप २ मधुमेहको खतरा कम हुने देखिएको छ ।

पैदल हिँड्नु सबै भन्दा राम्रो व्यायाम मध्ये एक

पैदल हिँडाइको थुप्रै शारीरिक र मानसिक लाभ छन् । यो सामान्यतया व्यक्तिहरूको लागि सुरक्षित मानिन्छन् । किनभने यसमा अन्य व्यायामको दाँजोमा चोट पटक लाग्ने जोखिम कम हुन्छ । अमेरिकन डाइबिटिक एसोसिएसनको अध्ययन अनुसार यदि १ घण्टा मा २.५ माइल पैदल हिँड्दा टाइप २ मधुमेह, क्यान्सर र मुटु सँग सम्बन्धित रोगको जोखिम कम हुन्छ । टाइप २ मधुमेह अमेरिकी मा हुने सबै भन्दा सामान्य रोग हो ।

हरेक १० मध्ये १ जना अमेरिकी लाई मधुमेह

अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) को अनुसार १० मध्ये १ जना अमेरिकी लाई मधुमेह छ । यसमध्ये करिब ९० देखी ९५ प्रतिशत मा टाइप २ मधुमेह छ । ९ करोड ७० लाख अमेरिकी लाई प्रीडाइबिटिज छ, यो संख्या अमेरिकाको जनसङ्ख्याको ३० प्रतिशत हो । मधुमेह लाई व्यवस्थापन गर्न वा रोक्न को लागि शारीरिक गतिविधि धेरै आवश्यक छ ।

हिँड्नाले तौल नियन्त्रित रहन्छ

अध्ययनहरूको अनुसार खाना खाए पछि हिँड्नु ब्लड सुगर लेभल लाई कायम राख्न मा सहयोग गर्न सक्छ । दिनहुँ हिँड्नाले तौल लाई नियन्त्रित गर्न सहयोग पुग्छ । अमेरिकन डाइबिटिज एसोसिएसन दिनहुँ १०,००० (दश हजार) पाइला वा दिनहुँ न्यूनतम आधा घण्टा हिँड्ने सल्लाह दिन्छ । अव प्रश्न यो उठ्छ की के हिड्ने गति महत्व राख्छ ? टाइप २ मधुमेह को खतरा लाई कम गर्न कति तीव्र गति मा हिँड्नु आवश्यक छ ।

४ किलोमिटर प्रति घण्टा हिँड्दा टाइप २ मधुमेहको खतरा कम

अनुसन्धानहरू अनुसार एक घण्टा सम्म पैदल हिँड्नाले मधुमेहको खतरा कम हुन्छ । तीव्र गति ले हिँड्नाले इ लाभहरू लाई राम्रो बनाउन मा सघाउ पुग्न सक्छ । अनुसन्धान अनुसार न्यूनतम २.५माइल प्रति घण्टा हिँड्नाले टाइप २ मधुमेह को जोखिम धेरै हदसम्मकम हुन सक्छ । ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित निष्कर्ष अनुसार ४ किलोमिटर प्रति घण्टा वा२.५मिल प्रति घण्टा र यस भन्दा बढी गतिमाहिँड्दा टाइप २ मधुमेहको जोखिम धेरै कम भइ हाल्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!