मनुष्यलाई कसरी हैरान पार्न सकियोस्, याद राख्छन् ब्याक्टेरिया

खोजमा खुलासा : दिमाग नभए पनि वातावरणको बारेमा जानकारी जुटाउन सक्षम, सूक्ष्म जीवाणुहरू को स्मरणशक्तिले नै एन्टिबायोटिक औषधि असर विहीन ।


हृयुस्टन (अमेरिका) – ब्याक्टेरिया ले स्मृति लाई सम्हालेर राख्छन् र यसलाई आफ्नो आगामी पुस्ता सम्म अगाडि बढाउँछन् । अमेरिका को टेक्सास युनिभर्सिटीका वैज्ञानिकहरूले खोजमा पाए अनुसार, ब्याक्टेरिया ले याद राख्छन् की कहिले कस्तो रणनीति मनुष्य हरूमा खतरनाक सङ्क्रमणको कारण बन्न सक्छ । आफ्नो याद राख्ने क्षमता को कारण नै ब्याक्टेरियाले आफू लाई एन्टिबायोटिक औषधि विरुद्ध बलियो बनाउँछन् ।

नेशनल एकेडेमी अफ साइन्सेजमा प्रकाशित अनुसन्धान अनुसार ब्याक्टेरिया सँग मस्तिष्क हुदैन तर उनीहरू वातावरण को जानकारी एकत्रित गर्न सक्छन् र पछि त्यस्तै वातावरण सँग जुध्दा आफ्नो बचाउ गर्न सक्छन् ।

ई.कोली नाम गरेको ब्याक्टेरिया विभिन्न व्यवहारहरू को बारे मा जानकारी एकत्रित गर्न को लागी फलाम (आइरन) स्तर को उपयोग गर्दछ । यसको माध्यमले उनीहरू सम्झना निर्माण गर्छन् र यसलाई आफ्नो आगामी पुस्ता सम्म पुर्याउँछन् ।

स्मृति को बल मा नै एन्टिबायोटिक औषधि को प्रतिरोध को लागि लाखौँ ब्याक्टेरिया एउटै सतहमा जम्मा भएर बिरामीको ज्यानको लागि खतरा बढाउँछन्।

पहिले देखि नै बलियो झुन्ड बनाउने प्रयास

खोजका प्रमुख लेखक सौविक भट्टाचार्य का अनुसार मनुष्य जस्तै ब्याक्टेरियामा न्यूरोन्स, सिनैप्सया तन्त्रिका तन्त्र हुँदैन ।यसैले मानिन्थ्यो कि मनुष्य जस्तै उनीहरू स्मृति लाई जोगाएर राख्न सक्दैनन्, तर खोज अन्तर्गत पाइयो की जुन जीवाणुहरू लाई आफ्नो झुन्ड बनाउने अनुभव हुन्छ, उनीहरू समय सँगै अझ क्षमतावान भएर पहिले भन्दा बलियो झुन्ड बनाउन प्रयास गर्छन् ।

डार्बिन को सिद्धान्त को उपयुक्त उदाहरण

अनुसन्धान कर्ताहरूको अनुसार बीसौं शताब्दी मा धेरै नयाँ एन्टिबायोटिक औषधि को खोजी गरे पछि अनुमान लगाइएको थियो कि हामीलाई ब्याक्टेरिया बाट डराउने आवश्यकता छैन । तर यस्तो भएन । स्मरण राख्न सक्ने कारणले केही दशक मै ब्याक्टेरिया एण्टिबायोटिक को विरुद्ध जीवित रहन सिके । यो डार्बिन को प्राकृतिक चुनाव को सिद्धान्त को उपयुक्त उदाहरण हो । ब्याक्टेरिया को विरुद्ध अव नयाँ एन्टिबायोटिक खोजी गरि राखिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!