ब्याक्टेरिया सङ्क्रमण को कारण वर्षेनी ५० लाखको मृत्यु

विश्वव्यापी जन स्वास्थ्यमा सबैभन्दा ठूलो खतरा एन्टिबायोटिक प्रतिरोधः डब्लुएचओ


एन्टिबायोटिक औषधि को दुरुपयोग ले गर्दा मानवताको लागि एन्टी–माइक्रोबियल प्रतिरोध (एएमआर) कुनै पनि महामारी को दाँजोमा सबैभन्दा ठूलो स्वास्थ्य खतराको रूपमा देखा परेको छ ।

एक अनुमान अनुसार सन् २०५० सम्ममा विश्वमा प्रत्येक वर्ष १ करोड भन्दा बढी मानिसको मृत्यु एएमआर का कारण हुनेछ । यो तथ्यांक कति डरलाग्दो छ भन्ने कुरा यसै तथ्याङ्क ले थाहा पाउन सकिन्छ की यो शताब्दीको सबैभन्दा डरलाग्दो महामारी कोभिडको कारण तीन वर्षमा करिब ७० लाख मानिसको मृत्यु भयो । जबकी, एएमआरका कारण अहिले विश्वमा हरेक वर्ष ५० लाख मानिसको मृत्यु भइरहेको छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओ को अनुसार, एएमआर विश्वव्यापी रूपमा मानवता ले सामना गर्ने १० ठूला सार्वजनिक स्वास्थ्य खतराहरू मध्ये एक हो ।

यो वर्ष नोभेम्बर १८ देखी २४ तारिख सम्म हुने विश्व एएमआर सचेतना सप्ताहको एक भागको रूपमा, डब्लुएचओ ले विश्वभरि एएमआर रोक्न आवश्यक र तत्काल कारबाहीहरूको बारेमा जानकारी फैलाउँदैछ ।

एएमआरका कारण दक्षिण पूर्वी एसियामा वर्षेनी ४ लाख मानिसको मृत्यु

दक्षिण पूर्वी एसियाका लागि डब्लूएचओका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल सिंहले एएमआर, एन्टिबायोटिक, एन्टि–फङ्गल र एन्टि–परजीवी औषधिहरू को प्रभावकारिता र क्षमतामा विनाशकारी प्रभाव पारेको बताइन् । जसका कारण सरुवा रोगको प्रभावकारी उपचार प्रभावित हुन्छ ।

दक्षिण एसियामा मात्रै यसका कारण बर्सेनि ४ लाख मानिसको मृत्यु हुने गरेको उनले बताइन । जब ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीहरू माथि उपचार गर्न प्रयोग गरिने औषधिहरू को असर न हुने अवस्थालाई एन्टिमाइक्रोबियल प्रतिरोध भनिन्छ ।

जब एन्टिबायोटिक द्वारा कुनै जीवाणु संक्रमण को उपचार निरन्तर गरिन्छ र सफलता प्राप्त हुँदैन, भने त्यो ब्याक्टेरियाले उक्त औषधि विरुद्ध प्रतिरोध विकास गर्छ, जसले गर्दा संक्रमण को उपचार गर्न गाह्रो वा असम्भव हुन्छ ।

औषधिको दुरुपयोग सबैभन्दा ठूलो कारण

एएमआर विकसित हुनु को सबैभन्दा ठूलो कारण औषधिको दुरुपयोग हो । धेरै जसो आवश्यक नहुदाँ पनि, एन्टिबायोटिक, एन्टि–फंगल र एन्टि–प्यारासाइटिक औषधिहरू छिटो निको हुनको लागि प्रयोग गरिन्छ, जसले मानिसका साथै जनावर, बोट बिरुवा र जनावरहरूलाई हानी पुर्याउँछ । यसले वातावरण पनि खतरामा परेको छ ।

उपचारमा १२८ लाख करोड थप खर्च गर्नुपर्ने

विश्व बैकको प्रतिवेदनअनुसार सन् २०५० सम्म विश्वले स्वास्थ्य सेवामा करिब १२८ लाख करोड रुपियाँ अतिरिक्त खर्च गर्नु पर्नेछ । यस बाहेक एएमआर ले गर्दा विश्वव्यापी निर्यातमा ३.८ प्रतिशतको कमी हुन्छ । यस्तै पशुधन उत्पादनमा प्रति वर्ष ७.५ प्रतिशतको कमी हुन्छ ।

सबै प्राणी को स्वास्थ्य को ध्यान राख्नु नै समस्या समाधानः पूनम खेत्रपाल भन्छिन् कि एएमआरबाट बच्ने एकमात्र उपाय भनेको पृथ्वीका सबै जीव को समग्र स्वास्थ्यको ख्याल गर्नु हो । किनभने, मानव, जनावर र वातावरणको स्वास्थ्य एक अर्का सँग सम्बन्धित र एक अर्कामा निर्भर छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!