सिसा विषाक्तता :पाँच सञ्चारकर्मी पुरस्कृत


काठमाडौं–जनस्वास्थ्य तथा वातावरण प्रवर्द्घन केन्द्र ले लेड (सिसा) विष बारे जन चेतना जगाउने उत्कृष्ट पाँच वटा समाचार, लेख को लागि सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ । सिसा विषको बचावट को लागि ११ औ अन्तर्राष्ट्रिय लिड सचेतना सप्ताह कार्यक्रममा पाँच जना सञ्चारकर्मी पुरस्कृत भएका हुन ।

यस अन्तर्गत चितवनका किशोर खनाल लाई २० हजार नगद सहित प्रथम पुरस्कार को प्रमाणपत्र, बुटवल का लक्ष्मण पोखरेललाई १५ हजार नगद सहित द्वितीय पुरस्कार को प्रमाण पत्र र जनकपुरका सुभास कर्ण लाई तृतीय पुरस्कार सहित १० हजार नगद राशि प्रदान गरिएको हो । यस्तै सान्त्वना पुरस्कार अन्तर्गत वीरगन्ज की माधुरी महतो र काठमाडौं का नवराज अधिकारी लाई जनही ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र दिइएको हो ।

जनस्वास्थ्य प्रवर्द्घन केन्द्र ले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र को सहकार्यमा आयोजना गरेको ११ औं अन्तर्राष्ट्रिय लिड सचेतना सप्ताह कार्यक्रमका प्रमुख अतिथि, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.दिपेन्द्र रमण सिंहले पाँचै जना सञ्चार कर्मीलाई उक्त पुरस्कार प्रदान गरेका थिए ।

सिसा युक्त पेन्टहरुको उन्मूलन र उच्च जोखिममा रहेका बालबालिका को स्वास्थ्य समस्या समाधान गर्न आम जनतामा यस बारे व्यापक जनचेतना जताउनुको साथै सरकारी मापदण्ड परिपालना को स्थिति मा सुधार ल्याउने उद्देश्य ले सञ्चार कर्मी बीच यस बारे समाचार, लेख प्रतियोगिता प्रर्वद्धन केन्द्र ले आयोजन गरेको थियो ।

वातावरण वैज्ञानिक एवं वातावरण प्रवर्द्घन केन्द्र का निर्देशक राम चरित्र साह ले नेपालमा लेड युक्त पेन्ट, खाद्य पदार्थ, सौन्दर्य प्रसाधन लगायतका उत्पादन आयात , बिक्री वितरण, प्रयोग र सेवन वाट मुख्य रूपमा बालबालिका हरूको शारीरिक मानसिक र बौद्धिक विकासमा नकारात्मक असर परिरहेको बताए ।

सरकारी अध्ययन अनुसार नेपालका ६५ प्रतिशत बालबालिका को रगतमा सिसा पाइएको छ । विज्ञहरूले मुलुकमा सिसा विषको विषाक्तता घटाइ भावी पुस्ता बालबालिकाको भविष्य सुनिश्चित गर्नु आवश्यक रहेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!