निः शुल्क डायलासिस को लागी १२ हजार सम्म तिर्न बाध्य

मृगौलाको विफलता अर्थात फेल हुने  समस्या अन्तिम चरणमा पुगे पछि डायलासिस आवश्यक हुन्छ । डायलासिसको माध्यमले शरीरको विषाक्त पदार्थ अपशिष्ट, नुन र अतिरिक्त पानी निकालिन्छ । यस्तै पोटासियम, सोडियम बाइकार्बोनेट जस्तो केही रसायनको सन्तुलन कायम राखिन्छ र शरीरको रक्तचाप समेत  नियन्त्रणमा राखिन्छ । एक पटक डायलासिस गर्दा करिव ४–५ घन्टा लाग्ने गरेको छ भने सरकारले सातामा २ पटक सम्म डायलासिस सूचिकृत स्वास्थ्य संस्थाबाट निःशुल्क दिने गरेको छ ।


बेनी अस्पतालमा बिरामी समयमै डायलासिस सेवा पाउदैन

म्याग्दी — दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा बेनी अस्पतालमा मिर्गौला फेल भई नियमित डायलासिस गराउनुपर्ने बिरामीले समयमै सेवा पाउन सकेका छैनन्।

म्याग्दी, पर्वत र बागलुङका गरी २० बिरामीले बेनी अस्पतालमा नियमित डायलासिस गराइरहेका छन । तर आवश्यक स्वास्थ्यकर्मी अभावमा थप ११ बिरामी पालो पर्खेर बसेका छन ।

मृगौलाको विफलता अर्थात फेल हुने समस्या अन्तिम चरणमा पुगे पछि डायलासिस आवश्यक हुन्छ । डायलासिसको माध्यमले शरीरको विषाक्त पदार्थ अपशिष्ट, नुन र अतिरिक्त पानी निकालिन्छ । यस्तै पोटासियम, सोडियम बाइकार्बोनेट जस्तो केही रसायनको सन्तुलन कायम राखिन्छ र शरीरको रक्तचाप समेत नियन्त्रणमा राखिन्छ ।

एक पटक डायलासिस गर्दा करिव ४–५ घन्टा लाग्ने गरेको छ भने सरकारले सातामा २ पटक सम्म डायलासिस सूचिकृत स्वास्थ्य संस्थाबाट निःशुल्क दिने गरेको छ ।

सरकारी अस्पतालमा निःशुल्क पाइने डाइलासिस सेवा को लागी पालो पर्खेर बसेका बिरामीले काठमाडौं, पोखरा लगायत शहरको निजी अस्पतालमा प्रत्येक पटक ७ देखि १२ हजार रुपियाँ सम्म शुल्क तिर्न बाध्य छन ।

बेनी अस्पताल मा हाल तीन जना स्वास्थ्यकर्मी भएकाले दैनिक उनीहरू १० देखी १२ घण्टा सम्म खट्नुपर्ने हुन्छ । थप तीन जना तालिम प्राप्त स्वास्थ्यकर्मी भए पालो पर्खेका ११ जनालाई पनि सेवा दिन सकिने स्वास्थ्यकर्मी हरू बताउँछन ।

बिरामीलाई डायलासिस गर्न शुरु गरे पछि निरन्तर स्वास्थ्यकर्मीको निगरानी चाहिने भएको ले अतिरिक्त स्वास्थ्यकर्मी आवश्यक रहेको छ ।

म्याग्दी मा विद्युत् आपूर्तिमा समेत समस्या हुने गरेको ले डायलासिस गराउने बिरामी हर मारमा पर्ने गरेका छन । एक्कासि विद्युत् जादा उपयुक्त समयमा जेनरेटर चलाउन नसक्ने अवस्थामा डायलासिस गरिरहेको बिरामीको स्वास्थ्य जोखिममा पर्ने गरेको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!