हर्ट एटैक को घटना बढे पछि भारतका स्वास्थ्य मन्त्रीले भने– ‘कोभिड का गम्भीर बिरामीले अत्याधिक काम बाट जोगिनु पर्छ’


नयाँ दिल्ली–भारतमा हर्टएटैक को घटनाहरू बढ्दै गएको समय केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मंडाविया ले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) को अध्ययनलाई उल्लेख गर्दै भनेका छन् कि कोरोना को समय गम्भीर कोभिड सङ्क्रमणबाट पीडित व्यक्तिहरूले हृदय घातबाट बच्न केही समयको लागि कडा परिश्रम वा कठिन व्यायाम गर्नु हुँदैन ।

टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार केन्द्रीय स्वास्थ्य मन्त्रीले आइसीएमआर को एक अनुसन्धानलाई उद्धृत गरेका छन् । मंडाविया ले भने, ‘आइसीएमआर ले विस्तृत अध्ययन गरेको छ र कोभिड को गम्भीर सङ्क्रमणबाट पीडित व्यक्तिहरूले केही समयको लागि कडा परिश्रम गर्नु हुँदैन भन्ने पत्ता लगाएको छ । यसलाई एक वा दुई वर्षका लागि स्थगित गर्नु पर्छ।’

रिपोर्टका अनुसार गुजरातमा हृदय घातको कारण मृत्यु हुनेको सिलसिला रोकिएको छैन । युवा र मध्यम उमेरका मानिसहरू राज्य भर मरिरहेका छन्। विशेषगरी सौराष्ट्रमा हृदय घातका घटनाहरू डरलाग्दो रूपमा बढ्दै गएका छन् । हृदय घातको मुख्य सिकार युवाहरू बनिरहेका छन् । स्मरण रहोस् गत कात्तिक ५ गते खेडा जिल्लाको कपडवंज नगरमा गरबा खेल्ने क्रममा अचानक हृदय घातका कारण १७ वर्षीय बालकको मृत्यु भएको थियो ।

गत २४ घण्टामा पुरै गुजरातमा गरबा कार्यक्रमहरूको क्रममा कम्तीमा १० जनाको हृदय घातका कारण मृत्यु भएको रिपोर्ट गरिएको थियो, जस मध्ये सबैभन्दा कान्छो १७ वर्षीय केटो थियो ।

समाचार एजेन्सी एएनआई सँग घटनाको विवरण साझा गर्दै एमडी (मेडिसिन) डा आयुष पटेलले भनेका थिए, ‘कपडवञ्जको गरबा मैदानमा १७ वर्षीय केटा वीर शाह गरबा खेल्दै गर्दा चक्कर आउने गुनासो गर्दै बेहोस भयो । घटनास्थलमा स्वयंसेवकहरूको टोली तुरुन्तै उनको देख भाल गर्यो । हामीले उनको महत्वपूर्ण अंगको निगरानी गर्यौं, तर नाडी (पल्स) फेला परेन। कुनै प्रतिक्रिया थिएन र सास फेर्न कुनै संकेत थिएन। उनलाई कार्डियोपल्मोनरी रिससिटेशन (सीपीआर) को तीन चक्र दिइएको थियो। त्यसपछि एम्बुलेन्सबाट उनलाई अस्पताल लग्यौं । तर, बालकलाई अस्पतालमा मृत घोषणा गरिएको थियो ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!