डेंगु लामखुट्टे पानी बिना पनि कसरी बाच्न सक्छ


नयाँ दिल्ली – इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) मण्डीका अन्वेषकहरूले बायो केमिकल प्रक्रियाहरू पत्ता लगाएका छन् जसले डेंगु उत्पन्न गर्ने लामखुट्टेको अण्डालाई कठोर परिस्थितिमा बाच्न र अनुकूल परिस्थितिहरूमा पुनर्जन्म गर्न सक्षम बनाउँछ।

आईआईटी मण्डीका वैज्ञानिकहरूले इनस्टेम बेंगलुरु को सहयोगमा गरिएको यो अध्ययन ले डेंगु लामखुट्टेको अण्डा कठिन परिस्थितिमा पनि नबिग्रने र अनुकूल वातावरणमा पुनः जीवन्त हुन सक्ने देखाएको छ । अध्ययन अनुसार डेंगु र जीका भाइरस फैलाउने लामखुट्टेको अण्डा पानी बिना पनि बाच्न सक्छ र उपयुक्त अवस्था भेटिएमा संख्या बढाउन सक्छ।

पीएलओएस बायोलोजी जर्नलमा प्रकाशित एक रिपोर्टले दाबी गरेको छ कि पानीको कमी हुँदा लामखुट्टेको अण्डा एक अवस्थामा प्रवेश गर्दछ, जसले भ्रूण लाई पानीको कमीले हुने क्षतिलाई सामना गर्न सक्षम बनाउँछ । यस बाहेक, जब तिनीहरू फेरि पानी पाउँछन्, तिनिहरूले उच्च क्यालोरी लिपिडहरू प्रयोग गर्दछन् ताकि तिनिहरूको विकास चक्रलाई त्यस अवस्थामा पूरा गर्न को लागि ।

डेंगु रोक्न वैज्ञानिकहरूको तर्क के छ ? 

वैज्ञानिकहरूले भने, हाम्रो अनुसन्धानले लामखुट्टेको अण्डामा पानी नपाएर पनि जीवित राख्ने संयन्त्र रहेको देखाएको छ र लामखुट्टेको यो नीतिले हामीलाई तिनिहरूको संख्या नियन्त्रण गर्न सक्ने आधार दिन्छ। लामखुट्टेको संख्या र त्यसबाट सर्ने रोगलाई नियन्त्रण गर्न सकिने वैज्ञानिकहरू बताउँछन् ।

यस अनुसन्धानमा कार्यरत वैज्ञानिक डा बक्थावचालुका अनुसार यो पृथ्वीमा जो कोहीको पनि जीवन मूल रूपमा पानीमा निर्भर छ, पानीको अभावमा प्रकृतिले हरेक प्राणीलाई पानी बिना नै एउटा सम्भव समय सम्म बाच्न सक्ने क्षमता दिएको छ । लामखुट्टेको अण्डाको पनि यो गुण हुन्छ । यस अनुसन्धानबाट हरेक वर्ष डेँगुबाट मर्ने सयौं बिरामीको ज्यान बचाउन सक्ने प्रविधिको विकास गर्न सकिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!