स्वास्थ्य बीमा बोर्डको निमित्त निर्देशकमा डा.मदन उपाध्याय


काठमाडौं– स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मदन उपाध्याय नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले सोमवार मन्त्रालयको गुणस्तर मापन महाशाखाका प्रमुख उपाध्यायलाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक समेत नियुक्त गरेका हुन्।

सरकारले असोज २४ गते बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई तिन महिनाको लागि निलम्बन गरेको थियो । डा. उपाध्यायलाई थप जिम्मेवारीको रुपमा बोर्डको निमित्त कार्यकारी निर्देशक बनाइएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!