तनाव पूर्ण काम र कम ज्याला भएका पुरुषहरूमा मुटु रोगको जोखिम दोब्बर


एक नयाँ अनुसन्धानले तनाव पूर्ण जागिर र कम ज्यालामा काम गर्ने पुरुषलाई अरुको तुलनामा मुटु रोगको जोखिम दोब्बर हुने देखाएको छ । ‘सर्कुलेसनः कार्डियोभास्कुलर क्वालिटी एन्ड आउटकम्स’ जर्नलमा प्रकाशित अध्ययनले काममा मनोसामाजिक तनावले मुटु रोगको जोखिम बढाउने देखाएको छ ।

क्यानेडाको क्युबेकमा रहेको सीएचयु डे क्यूबेक युनिभर्सिटी लावल रिसर्च सेन्टर का लविग्ने रोबियोचौड ले भने–‘काममा बिताइने महत्वपूर्ण समयलाई ध्यानमा राख्दै, कामको तनाव र हृदय स्वास्थ्य को बीच सम्बन्ध लाई बुझ्नु स्वास्थ्य र कार्यबलको कल्याण को लागि महत्वपूर्ण छ ।’

अध्ययन अनुसार कामको तनाव वा कम पारिश्रमिकको सामना गरिरहेका पुरुषमा अन्य पुरुषको तुलनामा ४९ प्रतिशत सम्म मुटु रोगको जोखिम बढ्छ । यद्यपि, कामको तनाव र तलवको असन्तुलन दुवै रिपोर्ट गर्ने पुरुषहरूमा मुटु रोग को जोखिम दोब्बर थियो , जसले संयुक्त तनावको अनुभव गरेका थिएनन् । कार्य स्थलमा मनोसामाजिक तनावको महिला हृदय स्वास्थ्य मा प्रभाव अनिर्णायक थियो ।

अनुसन्धान कर्ताहरूको अनुसार नोकरीको तनाव यस्तो कार्य वातावरणलाई देखाउँछ जहाँ कर्मचारीको उच्च माग र आफ्नो काममा कम नियन्त्रण जस्तो कुरा को सामना गर्नु पर्छ ।

अनुसन्धान कर्ताहरूले ६ हजार ५ सय कर्मचारीको अध्ययन गरे , जसको औसत आयु ५४ वर्ष थियो र जसलाई मुटु रोग थिएन ।उनीहरूलाईसन २००० देखी २०१८ सम्म निगरानी गरिएको थियो । शोध कर्ताहरूले प्रश्नावलीको नतिजाको साथ कामको तनाव र तलवमा असन्तुलन मापन गरे । स्वास्थ्य डेटाबेस प्रयोग गरेर मुटु रोगको जानकारी प्राप्त गरे ।

रोबिचौडले भने, हाम्रो नतिजाले देखाउँछ कि कामको वातावरणबाट तनाव कम गर्ने उद्देश्यले गरिने हस्तक्षेपहरू पुरुषका लागि विशेष प्रभावकारी हुन सक्छन् र महिलाका लागि पनि सकारात्मक हुन सक्छन्, किनकी यो तनाव को कारक डिप्रेसन जस्ता अन्य प्रचलित स्वास्थ्य समस्याहरूसँग सम्बन्धित छन् ।’

‘महिलाहरूमा मनोसामाजिक कामको तनाव र कोरोनरी हृदय रोग बीचको प्रत्यक्ष सम्बन्ध स्थापित गर्न अध्ययनको असक्षमताले महिलाको हृदय स्वास्थ्यको जटिल अन्तरक्रियाको थप अनुसन्धानको आवश्यकतालाई संकेत गर्दछ’, रोबिचौडले भने ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!