यो वर्ष २७ हजार ९ सय २९ जनामा डेंगु सङ्क्रमण, १५ जनाको मृत्यु, ७५ प्रतिशत सङ्क्रमण कोशी प्रदेशमा


काठमाडौं –मुलुकमा सन २०२३ मा हाल सम्म ७६ जिल्ला गरी २७ हजार ९ सय ६८ जना लाई डेंगु सङ्क्रमण देखिएको छ भने यो सङ्क्रमणले १५ जनाको ज्यान लिएको छ । हाल सम्म हुम्ला जिल्लामा मात्र डेंगु सङ्क्रमण देखिएको छैन ।

गत वर्ष भने ५४ हजार ७ सय ८४ जना मा डेंगु सङ्क्रमण सँगै ८८ जनाको यो रोगले मृत्यु भएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार मुलुक मै देखिएको कुल सङ्क्रमण को सर्वाधिक ५६.८ प्रतिशत अर्थात् १५ हजार ८ सय ८१ सङ्क्रमण सुनसरी जिल्लामा देखिएको छ ।

यो वर्ष हाल सम्म देखिएको कुल सङ्क्रमण को ७४.८ प्रतिशत अर्थात् २० हजार ९ सय २४ जना संक्रमित कोशी प्रदेशमा देखिएको छ । गत वर्ष कुल देखिएको सङ्क्रमणको ७७.४४ प्रतिशत अर्थात् ४२ हजार ४ सय २८ सङ्क्रमण बागमती प्रदेशमा देखिएको थियो ।

यस्तै यो वर्ष सङ्क्रमितको संख्या ५ सय भन्दा बढी रहेको जिल्ला १० वटा छन । दोस्रो सर्वाधिक संक्रमित रहेको जिल्ला धादिङ हो । यहाँ मुलुकमा देखिएको कुल सङ्क्रमणको १०.७ प्रतिशत अर्थात् २ हजार ९ सय ९२ जना संक्रमित फेला परेका छन् । यस्तै तेस्रो सबै भन्दा बढी संक्रमित भएको जिल्ला मोरङमा मा कुल संक्रमण को ८.१ प्रतिशत अर्थात् अर्थात २ हजार २ सय ६१ जना संक्रमित र चौथो सबै भन्दा बढी ५ प्रतिशत संक्रमित (१३९४ जना) देखिएको जिल्ला झापा हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!