देश भरीका ९ हजार ९ सय ९९ बालिकालाई निःशुल्क पाठेघर मुखको क्यान्सर विरुद्धको खोप

झन्डै एक तिहाइ खोप बाग्मती प्रदेशको लागि र मात्र ३.८५ प्रतिशत सुदूर पश्चिम प्रदेशको लागि


काठमाडौं–बुधवार देखी सात वटै प्रदेशको एक–एक वटा अस्पतालबाट तिन वा चार दिन सम्म १४ वर्ष पुगी १५ वर्ष न नाघेका बालिकाहरूलाई पाठेघर मुखको क्यान्सर विरुद्धको एचपिभी खोप निःशुल्क दिइने भएको छ ।

हृयुमेन पैपिलोमा भाइरस(एचपिभी) को संक्रमणले मुख, लिंग, पाठेघरको मुख, योनी, गुदा आदीको क्यान्सर निम्त्याउन सक्छ । पुर्ण मात्राको एचपिभी खोपले लक्षित गरेको प्रजाति वाट हुने संक्रमणवाट ९५ प्रतिशत सम्म सुरक्षा प्रदान गर्छ ।

देश भरीका सात बटै अस्पताल वाट दुबै मात्रा गरी जम्मा मात्र ९ हजार ९ सय ९९ जना बालिकाले उक्त खोप पाउने छिन । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनुसार सीमित परिणाममा मात्र उक्त खोप उपलब्ध भएकोले मौज्दातमा भए सम्म को लागि मात्र सेवा सञ्चालन हुने छ ।

हाल यो १४ वर्ष पुगी १५ वर्ष न नाघेका बालिकाहरूलाई ६ महिनाको फरकमा एचपिभी खोपको दुई मात्रा दिइनेछ । पहिलो खोप को ६ महिना पछि दोस्रो मात्रा खोप लगाइने छ । तर यो खोप एचपिभी खोपको कम्पोनेन्टको गम्भीर एलर्जी भएमा, एचपिभी खोपको पहिलो मात्रा लगाएर एनाफेलाक्सिस भएमा, ज्वरो आएमा वा गर्भवती लाइ दिइँदैन ।

परिवार कल्याण महाशाखाले दिएको तथ्याङ्क अनुसार हरेक प्रदेशका एक अस्पताल मा दुवै मात्रा खोप गरेर १९ हजार ९ सय ९८ मात्रा खोप दिइएको छ । यसरी हरेक प्रदेशको एउटा गरी देश भरीको ७ अस्पताल वाट जम्मा ९ हजार ९ सय ९९ जना बालिकाहरूले पुर्ण मात्रा एचपिभी खोप पाउने छिन ।

सरकारले निःशुल्क लगाउने कुल खोपको झन्डै एक तिहाइ (३०.२९ प्रतिशत) बाग्मती प्रदेशको लागि छुट्टाइएको छ । यो खोप परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल मार्फत ३ हजार २९ बालिकाहरूलाई लगाइने छ ।

सुदूर पश्चिम प्रदेशको लागि सरकारले सबै भन्दा कम खोप अर्थात् (३.८५ प्रतिशत) छुटयाएकोले त्यहाँको मात्र ३ सय ८५ जना बालिका लाइ उक्त खोप डडेलधुरा अस्पताल वाट दिइने छ ।

सरकारले कुल एचपिभी खोप मध्ये २०.२५ प्रतिशत कोशी अस्पताल, १८.५५ नारायणी अस्पताल, ३०.२९ प्रतिशत परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल , ९.२० प्रतिशत गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान , १२.१५ प्रतिशत भेरी अस्पताल, ८.४० प्रतिशत प्रादेशिक अस्पताल सुर्खेत र ३.८५ प्रतिशत डडेलधुरा अस्पतालमा वितरण गरेको छ ।

प्रदेश अनुसार खोप पाइने मिति र स्थल 

  • कोशी प्रदेश–कोशी अस्पताल, विराटनगर मोरंग, भदौ २८ देखि ३० गते सम्म
  • मधेश प्रदेश–नारायणी अस्पताल, विरगंज पर्सा, भदौ २९ देखि ३१ गते सम्म
  • बाग्मती प्रदेश–परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथली काठमाडौं, भदौ २७ देखि ३१ गते सम्म
  • गण्डकी प्रदेश–गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भदौं २७ देखि ३० गते सम्म
  • लुम्विनी प्रदेश–भेरी अस्पताल, नेपालगंज, बाँके, भदौ २७ देखि ३० गते सम्म
  • कर्णाली प्रदेश–प्रादेशिक अस्पताल, सुर्खेत, विरेन्द्र नगर, सुर्खेत , भदौ २७ देखि ३० गते सम्म
  • सुदूर पश्चिम प्रदेश–डडेलधुरा अस्पताल , डडेलधुरा, भदौ २७ देखि २९ गते सम्म

एचपिभी खोप सम्बन्धी बारम्बार सोधिने प्रश्नहरू

१. एचपिभी भनेको के हो र यसले कस्तो असर गर्दछ?

एचपिभी(हृयुमेन पैपिलोमा भाइरस) एक प्रकारको विषाणु हो । संसारका विभिन्न देशहरूमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक हृयुमेन पैपिलोमा भाइरस हो । पाठेघरको मुखमा हुने क्यान्सर मध्ये ९५ प्रतिशत भन्दा बढी क्यान्सर एचपिभी ले गराउँछ । एचपिभी को २०० भन्दा बढी किसिमका प्रजातिहरू (सेरो टाइप्स) हुन्छन् र यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ भने यसमध्ये पनि १६ र १८ प्रजाति प्रमुख कारक हुन।

नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपिभी को प्रजाति १६ र १८ बाट भएको देखिन्छ । यसले महिलाहरूको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनांगको क्यान्सर समेत गराउन सक्छ।

२ एचपीभी संक्रमण कसरी सर्दछ ?

एचपीभी मुख्यत संक्रमित व्यक्ति सँगको यौन सम्पर्कबाट सर्छ तर यो समक्रमित व्यक्तिको यौनाङ्ग को छाला श्लेष्म झिल्ली (म्युकस मेम्व्रेन) वा तरल पदार्थ (सेक्रेसन) सँगको सम्पर्क मार्फत पनि सर्न सक्दछ । यसको संक्रमण पुरुषमा पनि हुन्छ र पुरुषबाट महिलामा सर्ने गर्दछ ।

३.एचपीभी संक्रमणका चिन्ह तथा लक्षण के कस्ता हुन्छ ?

यसले महिलाहरूको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्ग क्यान्सर समेत गराउन सक्दछ । पाठेघरको मुखको क्यान्सरको शुरुको अवस्थामा धेरै जसो मा लक्षण र चिन्हहरू देखिँदैन र अन्तिम अवस्थामा मात्र पहिचान हुन्छ। पछि गएर तल्लो पेट दुख्ने, अनियमित रूपमा रगत बने (स्पोटिङ्ग), धेरै रगत बग्ने, गन्हाउने पानी बग्ने , कमजोर हुदै जाने र रक्त अल्पता जस्ता लक्षणहरू देखिन्छन् ।

४.एचपिभी संक्रमणका कसरी परीक्षण गर्न सकिन्छ ?

स्वास्थ्य संस्थामा गई पाठेघरको मुखको पानीको परीक्षण गरेर (एचपिभी संक्रमण भए नभएको थाहा पाउन सकिन्छ ।

५. एचपिभी संक्रमणको रोकथाम कसरी गर्न सकिन्न ?

यो रोगबाट बच्चे प्रमुख उपाय भनेको किशोरी अवस्थामा एचपिभी खोप लगाउने नै हो । यो खोप यौन सम्पर्क हुने उमेर भन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने विभिन्न अध्ययनहरूले देखाएको छ । संक्रमित पुरुषबाट महिलामा असुरक्षित यौन सम्पर्क हुँदा सर्ने भएकोले सुरक्षित यौन सम्पर्कका उपायहरू अपनाउने । समयमै संक्रमण पहिचान गर्न पाठेघरको मुखको नियमित जाँच गराउनु पर्दछ ।

६.एचपिभी खोपले कुन रोगबाट बचाउँछ र किन लगाउने?

हृयुमेन पैपिलोमा भाइरस ले गर्दा हुन सक्ने महिलाहरूको पाठेघरको मुख, यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा मुसाबाट बचाउँछ । एचपिभी संक्रमण भए पश्चात् सम्ममा ठोस उपचार पद्धति नभएको हुँदा समयमै एचपिभी खोप लगाएमा संक्रमण हुने सम्भावना अत्यन्त न्यून हुन्छ ।

७. एचपिभी खोप लगाएपछि के कस्ता असर हुन सक्छ ?

विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त तथा नेपालको औषधि व्यवस्था विभागबाट अनुमति प्राप्त एचपिभी खोप एक सुरक्षित तथा प्रभावकारी खोप हो । साधारणतया यो खोपको प्रयोग पश्चात् अवाञ्छित घटनाहरू देखिने सम्भावना अत्यन्त न्यून रहेको छ ।

यसबाट हुन सक्ने सामान्य असरहरू

  • खोप लगाएको ठाउँमा दुख्नु तथा सुन्निनु
  • टाउको दुख्नु वाकवाकी लाग्नु
  • थकान महसुस हुनु / रिँगटा लाग्नु
  • ज्वरो आउनु
  • एलर्जिक रियाक्सन हुनु

यी सामान्य असरहरू सामान्य हुन केही समय आफै हराएर जान्छ । खोप लगाए पश्चात् देखा पर्न सक्ने यस्ता सामान्य असरहरूका अनुगमन तथा व्यवस्थापनका लागि खोप लगाएको कम्तीमा ३० मिनेट खोप केन्द्रमै विश्राम गर्नु गराउनुपर्ने हुन्छ। यदि यस्ता असरहरू रहि रहेमा वा गम्भीर लक्षणहरू देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।

८. हाललाई यो खोप कुन उमेर समूहका लाई दिइन्छ ?

हाललाई एचपिभी खोप लगाउन १४ वर्ष पुगी १५ वर्ष ननाघेका किशोरीहरूलाई लक्षित गरिएको छ

९. यो खोप अन्य उमेरका किशोरीले कहिले पाउँछन्?

नेपालमा खोपको उपलब्धता र साझेदार निकायको सहयोगमा एचपिभी खोप लाई बिस्तार गर्दै १० देखि १४ वर्ष सम्मका सबै किशोरीलाई समेत खोप लगाउने गरी निकट भविष्यमा राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने स्वास्थ्य संस्थाबाट उपलब्ध गराइनेछ । निःशुल्क पाइन्छ । (परिवार कल्याण महाशाखा को बुक लेट एचपिभी खोप सम्बन्धी बारम्बार सोधिने प्रश्नहरू वाट साभार)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!