ग्याँस र एसीडीटी को लागि डाइजिन जेल सिरप उपयोग गर्नु हुन्छ भने सावधान, ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाले दियो सल्लाह


नयाँ दिल्ली – भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डिसिजिआइ) ले पेटमा जलन, ग्याँस र एसीडीटी हुँदा विना सोची सम्झी डाइजिन जेल सिरप सेवन नगर्न सबै लाई सल्लाह दिएको छ । एक व्यक्ति को गुनासो पछि डिसिजिआइ ले यो फैसला लिएको हो ।

डिसिजिआइ ले एडभाइजरी जारी गदै डाइजिनको बारेमा चेतावनी दिएको हो । डसिजिआइ ले डाइजिन जेल को उपयोग मा रोक लगाउने र यो सिरप बनाउने कम्पनी लाई बजार मा रहेको औषधि फिर्ता लिने निर्देशन दिएको छ ।

डिसिजिआइ को तर्फ वाट भनिएको छ की कुनै पनि डाक्टर वा बिरामी लाई डाइजिन जेल उत्पादनको उपयोग न गर्ने सल्लाह छ । यो बाहेक डिसिजिआइ ले भनेको छ, यो औषधिको कुनै रियाक्सन हुन्छ भने यो विषयमा चिकित्सक लाई अवश्य बताउनुस । यति मात्र नभइ डाक्टर लाई समेत कुनै शंकास्पद केस पाइये तुरुन्त रिपोर्ट गर्न भनिएको छ ।

के हो मामिला ?

डाइजिन जेल सिरप किन्ने एक व्यक्तिले ९ अगस्त सन २०२३ मा एउटा गुनासो गरेका थिए । व्यक्ति ले उक्त उजुरी मा भनेको थियो डाइजिन जेल मिन्ट फ्लेभर एक बोतल को सामान्य स्वाद (गुलियो) र हल्का गुलाफी रङ्गको छ, जबकी त्यही ब्याच को एक अन्य बोतल को स्वाद कटु थियो । साथै त्यसमा तीखो गन्ध र रङ्ग समेत सेतो थियो ।

ग्राहकको गुनासो पछि सिरप बनाउने कम्पनी एबोट ले गत ११ अगस्त मा डिसिजिआइ कार्यालय लाई बतायो कि उसले आफ्नो उत्पादन बजार वाट फिर्ता लिइ रहेको छ ।

के को लागि प्रयोग गरिन्छ डाइजिन सिरप ?

डाइजिन गुलाफी तरल वा चक्की को रूपमा बजारमा आउँछ । यसको प्रयोग एसीडीटी र यसको लक्षण जस्तो छातीमा जलन, पेटको समस्या, पेट दुखाइ , र ग्याँस वाट राहत को लागि उपयोग गरिन्छ । यसलाई ग्याष्ट्राइटिस (पेटको तहको सुन्नाइ) र एसिड रिफ्लेक्स (यस्तो स्थिति जहाँ पेटको एसिड फिर्ता भएर भोजन नलीमा प्रवाहित हुन्छ) को लागि निर्धारण गर्न सकिन्छ । यो पेटको एसिड लाई असर हिन पार्न को लागि म्याग्नेसियम हाइड्र्रोक्साइड जस्तो यौगिक को उपयोग गर्छ ।

सिरपको विषयमा कम्पनीले के भन्यो ?
एवोट कम्पनीको प्रवक्ताले भने की भारत मा एवोट ले स्वाद र गन्ध को विषय मा ग्राहकको फरक फरक गुनासोको कारणले गोवा फ्याक्ट्रि मा निर्माण भएको डाइजिन जेल एन्टासिड बजारवाट फिर्ता लिने निर्णय गरेको हो । हाल सम्म कुनै पनि बिरामीको कुनै चिन्ता को अवस्थाको रिपोर्ट गरिएको छैन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!