औषधीय गुणले परिपूर्ण कालो जीरा


शताब्दीयौँ देखी नेपाल, भारत, पाकिस्तान लगायतका मुलुकको भान्सामा कालो जीरा को उपयोग हुँदै आएको छ । कालो जीरा को उपयोग परम्परागत औषधिमा सुक्खा वा आवश्यक तेलको रूपमा समेत उपयोग गरिन्छ ।

कालो जीरा युरोप र समशीतोष्ण एसियामा उम्रिन्छ । यसको पात प्वाँख जस्तै हुन्छ । यसको फुल सानो, सेतो र गुलाफी हुन्छ । यसको बीउ हँसिया आकारको आवरण विहीन हुन्छ जसले जीराको भ्रम उत्पन्न हुन्छ ।

कालो जीरा लाई ब्लेक क्यूमिन, ग्रेट पिगनट, सोइल चेष्टनट र बुनियम बल्बोकैस्टेनम पनि भनिन्छ । कालो जीरामा कार्मिनेटिभ , एन्टीस्पैसमोडिक , एन्टि माइक्रोवियल लगायतका थुप्रै औषधीय गुण हुन्छ ।

आयुर्वेदको अनुसार यो क्षुधा वर्धक र उत्तेजन शील हुन्छ । यस्तै यसमा उद्दीपक, दुग्ध वर्धक गुण समेत हुन्छ । यसको सुगन्ध कस्तूरी, उष्ण र मसला जस्तै हुन्छ । यसको बीउ र चूर्ण फलबाट सुगन्ध आउँछ । यसमा वाष्पशिलता उच्च हुन्छ ।

यस्तै यसमा लिमोनिन, कार्बोन, कार्विन, कार्वाकोल मुख्य घटक पाइन्छ । कालो जीराको सेवन मुख्य रूपमा महिलाहरूमा हुने दर्द सहितको मासिक स्रावको समस्यामा अत्यन्त फाइदा कारी मानिन्छ ।

यो पाचक बनाउन समेत उपयोग गरिन्छ । यस बाहेक यो गठिया, लुतो, आर्थराईटिस, पिसाब रुक्नु, चिढिनु आदिमा लाभदायक मानिन्छ । यस्तै यो उदर सुल, वाकवाकी लाग्नु, बढी भोक लाग्नु, भोक नलाग्नू, अपच, पेट सुन्निनु आदिमा समेत लाभदायक मानिने गरिएको छ । यो पेट फुल्नु, लिम्फ नोड सुन्निनु, शरीरको तापक्रम कम हुनु र रक्त सञ्चार रोगमा समेत लाभदायक मानिन्छ ।

गर्भावस्थामा भने यसको उपयोग गर्नु हुन्न । यसको बढी प्रयोगले स्वभावमा चिढिने गुण आउन सक्छ यसैले निम्न सान्द्रता मा उपयोग गर्नु पर्छ ।

रगतको कमी भएका हरूको लागि कालो जीरा फाइदा कारी हुन्छ । कालो जीरा आइरन को ठूलो स्रोत हो । आइरनको कमी लाई हटाउन कालो जीरा को सेवन गर्न सकिन्छ ।

कालो जीरालाई एन्टी ब्याक्टेरियल औषधि को रूपमा उपयोग गर्ने बारे समेत अनुसन्धान भइ रहेको छ । यसलाई मुख्य रूपमा स्टैफिलोकोकस ब्याक्टेरिया सँग जुध्नमा सघाउन सक्ने बारे अनुसन्धान हुँदैछ ।

कालो जीराले बढेको ग्लुकोजको स्तरलाई नियन्त्रित गर्छ । केही अनुसन्धानहरू अनुसार यसमा भएको एन्टि अक्सिडेन्ट गुण गुणले उमेर बढ्नु र कोशिकाको ब्रेक डाउन लाई रोक्न को लागि कोष को कृयाकलाप मा सुधार गर्ने काम गर्न सक्छ ।

यसले मधुमेहको जटिलता , अक्सिडेसन र ग्लाइसेशन ले गर्दा उमेर बढ्ने प्रभाव लाई कम गर्न मा प्रभावकारी हुन सक्छ । कालो जीराले शरीरमा कोलेस्ट्रोल को स्तर कायम राख्नमा सघाउँछ । यो कार्डियोभास्कुलर सिस्टम (मुटु र रक्त नली सम्बन्धी प्रणाली) को लागि धेरै राम्रो मानिन्छ ।

कालो जीरा को थुप्रै फाइदा भए पनि यदि यसको अत्याधिक सेवन गरियोस् भने नोक्सान समेत हुन सक्छ । यस्तो मा कालो जीराको सीमित मात्रा मा सेवन गर्नु वा विज्ञको सल्लाह अनुसार गर्नु नै उपयुक्त हुन्छ ।

कालो जीराको अन्य फाइदाहरू 

  • यो छाला र कपालको लागि धेरै फाइदा कारी हुन्छ ।
  • दिनहुँ कालो जीरा सेवनले शरीरको आन्तरिक तापक्रम कायम रहन्छ ।
  • यसले शरीरमा भएका सुरक्षित कोषिका लाई बलियो कोषिकामा बदलेर इम्युन सिस्टम को समस्या कम गर्न उपयोगी छ ।
  • यो कमजोरी र थकाइ हटाउँछ ।
  • कालो जीरा अस्थमा लहरे खोकी, ब्रोंकाइटिस जस्तो संवेदनशील सास को रोग मा फाइदा कारी छ ।
  • यसको सेवन पिग इन्फ्लुएन्जा र भाइरल जस्तो ज्वरो को उपचारमा समेत सहयोगी हुन्छ ।
  • यसले भोक र पाचनमा सघाउँछ ।
  • यसको सेवनले ग्याँस बन्ने समस्या मा आराम पाइन्छ ।
  • कालो जीरा ले तौल कम गर्न समेत सघाउँछ ।
  • यसले गर्भाशय को मांसपेशी लाई आराम दिन समेत सहयोग गर्छ ।
  • दूध बढ्छ । महिनावारी सम्बन्धित समस्या हटाउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!