सीमावर्ती शहर, गाउँमा आँखा पाक्ने रोग व्यापक बन्दै


काठमाडौं– हाल भारत सँग टाँसिएका सीमावर्ती शहर गाउँहरूमा बोलचालको भाषा आँखा को फ्लु भनिने भाइरल कंजक्टिवाइटिस तीव्र गतिमा फैलिरहेको छ । आँखामा हुने यो भाइरल संक्रमण सिमा सँग टाँसिएको अधिकांश नेपाली भूभागमा देखि राखिएको छ ।

‘पछिल्लो केही समय देखी म दिनहुँ ४०–५० जना भाइरल कन्जक्टिवाइटिस को बिरामीहरूलाई उपचार सल्लाह दिने गरेको छु’, मधेश प्रदेशको राजधानी जनकपुर स्थित जानकी आँखा अस्पताल का नेत्र रोग विशेषज्ञ डा.अमित यादव को अनुसार आँखा पाक्ने यो रोग धनुषा, महोत्तरी सिमा क्षेत्रमा मात्र नभइ विराटनगर, भैरहवा, लहान जनकपुर लगायतका सिमा क्षेत्रमा देखि राखिएको छ ।

अत्यन्त सङ्क्रामक रहेको एडिनोभाइरसले गर्दा हुने यो आँखा पाक्ने रोगमा बिरामी को आँखा रातो हुने, आँखा मा घोच्ने, कचेरा आउने , आँखा खोल्दा र बन्द गर्दा बिझाउने , आँखा को ढकनी सुन्निने , आँखाबाट पानी वग्ने लगायतका समस्या देखिने डा.यादव बताउँछन् ।

यो संक्रमण सामान्यतया ३ देखि ५ दिन सम्म जारी रहे पनि ७, १४ र २१ दिन सम्म समेत जान सक्ने उनी बताउँछन् । ५ दिन भित्र सुधार नहुँदा आँखा अस्पतालमा जँचाउनु पर्छ ।

यो सङ्क्रमणले दिनानुदिन सीमावर्ती आँखा अस्पतालहरूमा बिरामीको चाप बढिरहेको छ । आँखा पाक्नु सामान्य कुरा भए पनि यस पटक यस्ता घटना धेरै देखिन थालेको छ । यस्तो अवस्थामा कुनै गम्भीर समस्या न आओस् भनेर विज्ञहरूको सल्लाह अनुसार उपचार प्रकृयामा जानु पर्छ ।

डा.यादवको अनुसार अफिस, स्कूल, कलेज वा काम विशेषले दैनिक यात्रा गर्नेहरूलाई यो संक्रमण हुने खतरा बढी हुन्छ । यदि तपाई पनि दैनिक सार्वजनिक यातायात प्रयोग गर्नु हुन्छ भने संक्रमण हुन नदीन विशेष ध्यान राख्नु पर्छ । फोहर हात ले आखा छुनु , चिलाउनु माड्नु जस्तो गतिविधि गर्नु हुँदैन ।

आँखा वाट निस्किने कचेरा, पानी आदिमा भएको भाइरसले हात वा अन्य कुनै माध्यमले आँखा सम्म पुग्दा यो संक्रमण हुने सम्भावना हुन्छ । यसैले नियमित समय अन्तरालमा हात लाई साबुन पानीले सफा गर्नु पर्छ ।

भीडभाड हुने ठाउँमा मानिसहरूबाट दूरी राख्दा सङ्क्रमणको जोखिम पनि कम हुन्छ। यात्रा गर्दा सरसफाइको पूर्ण ख्याल राख्नु पर्छ । फोहोर हातले आँखा नछुने । स्यानिटाइजर साथमा राख्ने र यसको बारम्बार प्रयोग गर्नु पर्छ  ।

बस वा गाडी वा अन्य ठाउँमा सिट, ढोको को ह्यान्डल , रेलिङ वा अनावश्यक सतह छोएमा यो सङ्क्रमणको जोखिम बढी हुन्छ । यात्रा गर्दा यस्ता सतहहरूलाई छुनु हुँदैन  । आफू सँग भएको सबै चीजहरू जस्तै मोबाइल फोन, झोला नियमित रूपमा सफा गरिरहनु पर्छ । भाइरसहरू यसको सतहहरूमा पनि बस्न सक्छन् र जब तपाई ले तिनिहरूलाई छुनुहुन्छ, तिनिहरू सजिलै तपाईंको आँखामा पुग्न सक्छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!