राजधानी लगायत ७० जिल्लामा देखियो डेंगु , यस बाट बच्ने ५ प्रभावकारी उपाय


काठमाडौं –यो वर्ष देशको राजधानी काठमाडौं लगायत मुलुकको ७० जिल्लामा हाल सम्म डेंगु देखि सकिएको छ । वर्षा याम शुरु भए देखी डेंगु संक्रमण को विस्तार तिव्र गतिले भइ रहेको छ ।

हाल सम्म सवै भन्दा बढी डेंगुको केस धादिङ (२३७), दार्चुला (१८८) , सुनसरी (१८७), कास्की (१२२)संखुवासभा (६१) जिल्ला मा देखिएको हो । यस्तै उपत्यकाको काठमाडौँ , भक्तपुर र ललितपुर जिल्लामा समेत डेंगु देखि राखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का डा.गोकर्ण दहालको अनुसार सन २०२३ मा हाल सम्म देशभरीको ७० जिल्ला गरी १ हजार ४ सय ५२ डेंगुको केश देखिएको छ । डा.दहालको अनुसार जुलाई (३०४ केश) महिनाको पछिल्लो १३ दिनमा यस अघिको झण्डै जुन (३७७ केश) महिना मा देखिए जति डेगुको संक्रमण देखिनुले यसको विस्तार तिव्र गतिमा भइ रहेको देखाएको छ ।

सन २०२३ को जनवरी देखी हाल सम्म डेंगुले ७० जिल्लाका १ हजार ४ सय ५२ जनामा संक्रमण देखिएको छ भने एक जनाको मृत्यु समेत भएको छ ।

इडिसिडीका निर्देशक डा.रुद्र प्रसाद मरासिनी ले लामखुट्टेको टोकाइबाट सर्ने रोगको फैलावट रोक्न गत वर्ष डेंगु बढी देखिएको स्थानीय निकाय, पालिका प्रतिनिधि, सरकारी कर्मचारी लगायतका सँग यसै साता बैठक समेत गरेका थिए ।

स्वास्थ्य अधिकारीहरूले साझा गरेको तथ्याङ्क अनुसार गत वर्ष (सन २०२२) मा हाल सम्म कै सबै भन्दा बढी ५४ हजार ७ सय ८४ डेंगुको संक्रमण देखिएको थियो । यस मध्ये १० जिल्लाहरूमा ४५ हजार ५ सय ४० अर्थात मुलुकमा देखिएको कुल संक्रमणको ८३ प्रतिशत रिपोर्ट गरिएको थियो । मुलुकमा सबै भन्दा बढी केस क्रमश: काठमाडौं (१४३७५) ‚ ललितपुर (९६१४) ‚ भक्तपुर (६१४५) ‚ मकवानपुर (५८३७) ‚ चितवन (३२१३)दाङ (२४२८) ‚ धादिङ (१६८३) र रूपन्देही (१२१५) देखिएको थियो । सन २०२२ मा यो सङ्क्रमणले ८८ जनाको ज्यान समेत लिएको थियो ।

डेंगु कसरी फैलिन्छ ?

डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । डेंगुबाट बच्ने उपायहरू जान्नको लागि, यो जान्नु आवश्यक छ की यी लामखुट्टेहरू रातमा भन्दा दिनमा बढी फस्टाउँछन् । लामखुट्टेले सङ्क्रमित व्यक्तिलाई टोके पछि , त्यो लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा डेंगु सर्छ ।

डेंगुका लक्षणहरू

  • टाउको दुख्ने
  • आँखा दुखाइ (आँखा को गेडी दुख्नु)
  • मांसपेशी, जोर्नी, वा हड्डी दुखाइ
  • दाग
  • वान्ता

डेंगु ज्वरोबाट बच्ने उपाय

आफ्नो वरपर लामखुट्टे को प्रजनन स्थल लाई नष्ट गर्नुस्

डेंगु फैलाउने लामखुट्टे टायर, प्लास्टिकको कभर, गमला, घरपालुवा जनावरको पानीको भाँडो आदि जमेको सफा पानीमा पाइन्छ । तिनिहरूलाई फस्टाउन बाट रोक्न, तपाई को वरिपरि पानी जम्मा हुन नदिनुहोस्।

घरको झ्याल र ढोका बन्द राख्नुहोस्

घरको झ्यालहरू राम्ररी बन्द राख्नुहोस् वा ढोकामा कुनै प्वाल हरू हुनुहुँदैन। झाल ढोकामा लामखुट्टे छिर्न नसक्ने तार जाली लगाउनु प्रभावकारी हुन्छ । यसले घरमा लामखुट्टे प्रवेश गर्ने सम्भावनालाई हटाउँछ । भेक्टर बोर्न रोगहरू फैलाउन जिम्मेवार लामखुट्टेहरू बिहान र बेलुकाको बीचमा सबैभन्दा सक्रिय हुन्छन्। यस समयमा, आफ्नो सबै झ्याल र ढोका बन्द राख्नु होस्।

मस्क्युटो (लामखुट्टे) रिपेलन्ट् (धपाउने पदार्थ)को प्रयोग गर्नुहोस्

आफ्नो शरीरमा लामखुट्टे धपाउने क्रिम लगाउनुहोस् । बच्चाहरू वा साना बच्चाहरूका लागि, तपाईं लामखुट्टे प्याचहरू, लामखुट्टे ब्यान्डहरू र लामखुट्टे वाइपहरू किन्न सक्नुहुन्छ, यसले तपाईंलाई डेंगु बाट बचाउन पनि मद्दत गर्दछ।

सुरक्षात्मक लुगा लगाउनुहोस्

लामखुट्टेको टोकाइबाट बच्नको लागि मोजा, लामो बाहुला र फुल प्यान्ट सँगै छोप्ने जुत्ता लगाउनुहोस्। डेंगु प्रभावित क्षेत्रमा यस प्रकारको सुरक्षात्मक लुगा लगाउन सल्लाह दिइन्छ।

झुल लगाएर सुन्नुहोस्

झुल मुनि सुत्दा लामखुट्टेको टोकाइबाट दोहोरो सुरक्षा मिल्छ। यदि तपाईंको घरमा लामखुट्टे प्रवेश गर्ने धेरै तरिकाहरू छन् भने, तपाईं आफ्नो ओछ्यानमा झुल लगाउन सक्नुहुन्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!