एउटा सानो प्रयासले स्ट्रोक, हर्ट फेल्योरको जोखिम ३० प्रतिशत सम्म कम गर्न सकिन्छ


सातामा ८ किलोमिटर सम्म हिँड्ने लक्ष्य बनाउँदा यसले हर्ट एटैक, स्ट्रोक र हर्ट फेल्योर जस्तो गम्भीरताको जोखिम लाई ३१ प्रतिशत सम्म कम गर्न पर्याप्त हुन सक्ने एउटा अध्ययन गर्ने वैज्ञानिक को टोलीले पाएको छ ।

तीव्र गतिले हिँड्ने बानी गर्नु तपाइको लागि अझ फाइदा कारी प्रभाव भएको हुन सक्छ । अध्ययन टोलीको अनुसार धेरै जसो व्यक्ति कामको व्यस्तताले गर्दा दिनहुँ जिम जान सक्दैनन् । यस्तो व्यक्तिको लागि एरोबिक व्यायाम विशेष गरेर दिनहुँ हिँडाइको बानी फाइदाकारी हुन सक्छ ।

नियमित रूपमा दिनहुँ हिँड्ने बानी ले शारीरिक र मानसिक गरी सम्पूर्ण फिटनेस को लागि लाभदायक छ । यति मात्र नभए मात्र हिँडाइ ले मुटु को गम्भीर समस्याको जोखिम कम गर्न सकिन्छ । अध्ययनमा यसको राम्रो परिणाम देखिएको छ ।

यस्तै एउटा अर्को अनुसन्धान अनुसार दिनहुँ ३० मिनेट को मध्यम व्यायाम, जसमा वाकिङ्ग र योग जस्तो विस्तारै गरिने वर्क आउट सामिल छ, यो तपाइ लाई स्ट्र्रोकको ज्यान जोखिममा पार्न सक्ने खतराबाट जोगाउन प्रभावकारी हुन सक्छ ।

पैदल हिँडाइ ले मुड लाई राम्रो बनाउन समेत सघाउँछ । किनभने यसले मस्तिष्क र र शरीरमा रक्त प्रवाह बढ्छ । यसले हाइपोथैलमिक पिटुटरी एड्र्रनल मा समेत सकारात्मक प्रभाव पार्छ । जो सेन्ट्रल नर्भस रेस्पोन्स सिस्टम हो ।

दिनहुँ हिँड्ने व्यक्ति को मानसिक स्वास्थ्य , ध्यान केन्द्रित गर्ने क्षमता बढी हुन्छ । यो स्ट्र्रेस (तनाव) एंग्जाइटी लाई कम गर्ने राम्रो तरिका हो । हिँड्दा सम्पूर्ण शरीर सक्रिय हुन्छ ।

हिँडाइ को थुप्रै स्वास्थ्य लाभ छन्

  • मुटु र पल्लोनेरी (फोक्सो) फिटनेसमा सुधार हुन्छ
  • उच्च रक्तचाप , उच्च कोलेस्ट्रोल , जोर्नी र मांसपेशी को दुखाइ वा कडा मधुमेह जस्तो अवस्था को राम्रो प्रबन्धन मा फायदा
  • हाड बलियो हुन्छ र गठिया को जोखिम कम हुन्छ
  • मांसपेशीको तागत र सहन शक्ति मा बृद्घि हुन्छ
  • शरीरको बोसो कम हुन्छ , मोटो पना कम गर्न फाइदा कारी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!