‘अटोलोगस थेरापी प्रभावकारी : २५ औं वर्ल्ड् कंग्रेस अफ डर्माटोलोजी मा प्रा.डा.धर्मेन्द्र कर्ण को प्रस्तुति’


सिंगापुर– नेपालका बरिष्ठ छाला रोग तथा सौन्दर्य विशेषज्ञ प्रा.डा.धर्मेन्द्र कर्ण ले २५ औं वर्ल्ड् कंग्रेस अफ डर्माटोलोजी मा अटोलोगस थेरापी धेरै प्रभावकारी रहेको बताएका छन । बिरामीको शरीर कै तत्व निकालेर उसकै शरीरको लागि उपयोग गरिने यो थेरापी पछिल्लो समय विस्तार भइ रहेको छ ।

सिंगापुरमा जुलाई ३ तारिख देखी शुरु भएर ८ तारिख सम्म चल्ने २५ औं वर्ल्ड् कंग्रेस अफ डर्माटोलोजी मा अटोलोगस थेरापी विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा.कर्ण ले अत्याधुनिक विकसित मुलुक मात्र नभइ नेपाल लगायतका देशहरूमा समेत यो थेरापी सजिलै उपलब्ध र विस्तारै व्यापक बन्दै गएको बताए ।

यो थेरापी अति संवेदनशीलता प्रतिक्रियाहरू को जोखिमबाट मुक्त रहेको जनाउँदै प्रा.डा.कर्णले यस प्रकृयामा इन्ट्रा डर्मल छाला परीक्षण अनिवार्य नरहेको बताए । अटोलोगस थेरापी अन्तर्गत कपाल झर्ने समस्या भएका हरूको रगत निकालेर त्यसलाई ‘प्रोसेस’ गरेर प्लेटेलेटस लाइ फेरी उनकै टाउकोमा इन्जेक्सनको माध्यमले हाल्दा कपाल उमार्नमा प्रभावकारी देखिएको छ । प्लेटेलेटस ले कोषिकाहरूलाई कपाल बढ्न उत्प्रेरित गर्न मद्दत गर्ने विश्वास गरिन्छ ।
डा.कर्णको अनुसार जब बाहिरी तत्त्वले काम गर्दैन वा धेरै महँगो पर्छ तव यो थेरापी उपयुक्त हुन्छ । यसको नतिजा ७ देखी १० दिनमा देखिन थाल्छ । यस्तै कालो पोतो, च्याउरी, मेलाज्मा , अनुहार उज्यालो बनाउन समेत यो थेरापी प्रभावकारी देखिएको छ ।

यस्तै शरीरमा दाग, खत, खाल्डो आदि भएको ठाउँ मा ती व्यक्तिको बोसो निकालेर यसलाई ‘प्रोसेस’ गरेर प्रभावित ठाउँमा इन्जेक्सन को माध्यम ले पुर्याउँदा खाल्डोमा बोसो पुगेर राम्रो देखिन्छ । यो प्रकृया अटोलोगस बोसो स्थानान्तरण हो ।

मधुमेह ले गर्दा भएको जटिल र दीर्घ प्रकृतिको घाउ लाई निको पार्न समेत यो अटोलोगस थेरापी प्रभावकारी देखिएको डा.कर्णले बताए । यति मात्र नभइ बिरामीको एक ठाउँ को छाला निकालेर अर्को ठाउँ मा प्रत्यारोपण गर्ने ‘मेलानोसाइट ट्र्रान्सप्लान्ट’, समेत अटोलोगस थेरापी कै एउटा अंग रहेको उनले जनाए ।

हरेक चार वर्ष मा हुने उक्त वर्ल्ड् कंग्रेस मा यो वर्ष विश्व भरी वाट करिव १० हजार छाला रोग विशेषज्ञ सहभागी छन् । यस अघि यो सम्मेलन मेलानमा भएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!