दाता र ग्रहणकर्ताको कलेजो दुई महिना भित्रै नयाँ जस्तै

‘जव सम्म कलेजो मा सिरोसिस हुँदैन तव सम्म उल्टाउन (रिभर्सेवल) मिल्ने हो । कलेजो मा बोसो जति पनि होस र यदि सिरोसिस छैन भने ‘अर्लि फाइव्रोसिस’ छ , तपाइ आफ्नो आहार, व्यायाम र औषधि आदिले कलेजो लाई स्वस्थता तर्फ फर्काउन सक्नु हुन्छ । सामान्य व्यक्तिको कलेजो जस्तै बनाउन सक्नुहुन्छ : डा.पुकार चन्द्र श्रेष्ठ’


भक्तपुर – कलेजो प्रत्यारोपण अनौठो छ । कुनै स्वस्थ जीवित व्यक्ति को कलेजो को एउटा खण्ड लिएर बिग्रेको कलेजो भएका मा प्रत्यारोपित गरिन्छ । केही समय पछि दान दिने र ग्रहण गर्ने दुवै व्यक्ति को कलेजो पुर्न आकार प्राप्त गर्छ । अर्थात् सामान्यतया दुवै व्यक्तिमा स्वस्थ व्यक्ति जस्तै कलेजो ले आकार लिएर काम गरि रहन्छ । दाता वाट कलेजोको अंश झिकेको को केही समय पछि पुनः आफ्नो स्वाभाविक अवस्थामा फर्कने अङ्ग कलेजो मात्र हो ।

सामान्य व्यक्तिले सोच्ने गरेको प्रश्न के हो भने यो पनि मिर्गौला प्रत्यारोपण जस्तै हो, दान दिए पछि वाकी समय आधा कलेजो मै बाच्नु पर्छ । यो सरासर गलत हो ।

कलेजो शरीरको एक मात्र अंग हो जो समय सँगै आफ्नो सामान्य आकारमा फर्कन्छ । डेढ देखी दुई महिना भित्र दाता को कलेजो पुर्न रूपमा नयाँ स्वरूपमा फर्किन्छ र उनी छिट्दै सामान्य जीवन शैली प्राप्त गर्छन् ।

कलेजो प्रत्यारोपण अन्तर्गत असक्रिय कलेजो लाई एउटा नयाँ र सक्रिय कलेजोमा परिवर्तित गरिन्छ । यो नयाँ कलेजो कुनै जीवित वा मस्तिष्क मृत व्यक्ति वाट लिइन्छ ।

उसो मस्तिष्क मृत्यु भएका दाता ले समेत कलेजो दान गर्न सक्छन् । यस्तो ब्रेन डेथ दाता वाट पाइएको ३ वटा र ८ जना जीवित दाता वाट दिइएको गरी हाल सम्म जम्मा ११ जनाको कलेजो प्रत्यारोपण शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको छ । प्रत्यारोपण केन्द्र मुलुक मै सबै भन्दा पहिले कलेजो प्रत्यारोपण शुरु गर्ने स्वास्थ्य निकाय हो । यसले नेपालमा सबै भन्दा सस्तो अर्थात् १५ लाख रुपियाँ सेवा शुल्कमा कलेजो प्रत्यारोपण गरि रहेको छ ।

‘शुल्क लिएर दक्षिण पूर्व एसिया मा गरिने सबै भन्दा सस्तो कलेजो प्रत्यारोपण हामी कहाँ नै हो की ? यसको खोजी आवश्यक छ’, शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र का निर्देशक एवं कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा.पुकार चन्द्र श्रेष्ठ भन्छन् । डा.पुकार नेपालमा कलेजो प्रत्यारोपण जस्तो जोखिम पूर्ण शल्यक्रिया शुरु गर्ने पहिलो प्रत्यारोपण शल्यचिकित्सक समेत हुन ।

डा.पुकार को अनुसार कलेजो दाता लाई समेत भविष्यमा कुनै समस्या हुँदैन, यसैले दान गर्न वाट हच्किनु पर्दैन । कलेजो दान गरे पछि पनि जीवनको गुणस्तर दान गर्नु भन्दा अघि कै जस्तो हुन्छ भने दाताको जीवन काल समेत सामान्यतया कलेजो प्रत्यारोपण नगरेका व्यक्ति जस्तै हुन्छ ।

डा.पुकार को अनुसार शल्यक्रिया को समय दाताको दाहिने पेटको ठीक तल शल्यक्रिया गरेर कलेजो को एउटा खण्ड लाई अन्य कुनै अङ्ग  लाई नोक्सान पुर्याएँ विना काटेर निकालिन्छ । शल्यक्रिया पछि निको हुन सामान्यतया एक साता सम्म अस्पतालमा बस्नु पर्छ । अस्पताल वाट डिस चार्ज भएको करिब दुई महिना सम्म दाता ले बढी तौल उठाउनु हुँदैन ।

‘कलेजो प्रत्यारोपण चिकित्सा विज्ञान कै धेरै ठूलो शल्यक्रिया हो, शल्यक्रिया गर्दा ताका वा पछि समस्या विकसित हुने सम्भावना बढी हुन्छ’, डा.पुकार भन्छन–‘तर कलेजो को समस्या प्रत्यारोपण द्वारा नियन्त्रित भइ हाल्ने अवस्थामा अधिकतम १० प्रतिशत जति जोखिम लाई स्विकार्नु बाहेकको विकल्प पनि त छैन ।’

प्रत्यारोपण गराउनै पर्ने अवस्थामा कलेजो पुगेको छ भने, जति छिटो सम्भव छ, प्रत्यारोपण गराइ हाल्नु पर्ने जनाउँदै डा.पुकार भन्छन–‘विभिन्न वैकल्पिक उपाय, झाड फुक, वैकल्पिक चिकित्सा, उपाय आदिमा न अल्झौ यसले अवस्था झन् जटिल बन्छ ।’

कलेजो प्रत्यारोपण पछि केहि जटिलता हुन सक्छ जस्तै अस्वीकरण, संक्रमण, रक्तस्राव, पित्त को स्राव, हर्नियाँ आदि जसको लागि चिकित्सकलाई अतिरिक्त उपचार गर्नु पर्न सक्छ ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रले हाल कलेजो प्रत्यारोपण मा कुनै जोखिम नलिने रणनीति अन्तर्गत विदेशी चिकित्सकको सहयोग लिदै आएको मा छिट्टै स्वायत्त रूपमा उक्त प्रत्यारोपण गर्ने जनाएको छ ।

के गर्छ कलेजो ले ?

विज्ञहरूको अनुसार कलेजो ले स्वस्थ राख्ने काम गर्छ । यसले भण्डारण, सफाइ र संश्लेषण जस्तो शरीरको तिन प्रमुख काम गर्छ । कलेजो ले पाचन मा सुधार गर्न सघाउँछ । शरीरबाट विषाक्त पदार्थ लगायत अन्य असुद्घिहरु निकाल्छ ।

रगत को थोप्लो लाई नियन्त्रित गर्छ । रगत वाट विषाद हटाउँछ र हर्मोन को सन्तुलन लाई कायम राख्छ । विष छान्ने कलेजो ले पोषक तत्व लाई शरीरले इच्छाएको रसायनमा परिवर्तित गर्छ । कलेजो ले भोजनलाई ऊर्जामा परिवर्तित गर्न सघाउँछ । यसैले कलेजो राम्ररी काम नगर्दा सम्पूर्ण शरीर प्रभावित हुन्छ ।

कलेजो को तौल मनुष्यको कुल तौलको डेढ देखी दुई प्रतिशत हुन्छ । मिर्गौला वा फोक्सो भन्दा पृथक् कलेजोले आफूलाई सानो भन्दा वाट ठुलो बनाउन सक्छ । यसलाई पुर्नर जन्म शक्ति (रिजेनरेसन पावर) भनिन्छ । यसको लागि शरीरमा न्यूनतम करिब २५ प्रतिशत कलेजो हुनु पर्छ ।

समय मै प्रत्यारोपण ले स्वस्थ जीवन बाच्न सकिने

समय मै कलेजो प्रत्यारोपण गराउँदा स्वस्थ जीवन बाच्न सकिने छिमेकी मुलुक भारत, नयाँ दिल्ली स्थित बीएलके म्याक्स इन्स्टिच्युट फर डाइजेस्टिभ एण्ड लिभर डिजिज का एचपीवी सर्जरी र लिभर ट्रान्सप्लान्ट वरिष्ठ निर्देशक डा.अभिदिप चौधरी बताउँछन् ।

कलेजो मा पुनरुत्पन्न हुने शक्ति (रिजेनरेटिभ पावर) धेरै हुने औँल्याउँदै डा.चौधरी भन्छन–‘जस्तो हामी दाता वाट ७० प्रतिशत कलेजो लिइ हाल्छौ भने वाकी रहेको कलेजो ६ देखी १२ साता मा पुनः बृद्घि भएर १०० प्रतिशत भइ हाल्छ ।’

शुरु मै रोग पहिचान ले कलेजो जोगाउन सकिने

डा.पुकार र डा.चौधरी को अनुसार यदि कलेजो को रोगमा प्रारम्भिक अवस्था मै पहिचान (डाइग्नोसिस) भइ हालोस् भने त्यस लाइ हामी फर्काउन (रिभर्स) सक्छौं । कलेजो को धेरै जसो समस्या मा जब मुख्य लक्षण देखिन्छ, त्यो समय ८० देखी ९० प्रतिशत क्षति भइ सकेको हुन्छ । यस पछि बिरामी सँग प्रत्यारोपण गर्नु बाहेक कुनै विकल्प रहँदैन ।

नियमित कलेजो को चेक जाँच गराउँदा प्रारम्भिक अवस्था मा रोग पहिचान भइ हाल्छ र उपचार हुन्छ । कलेजो को कारण हुने धेरै जसो मृत्यु रोकिन्छ ।

कलेजो रोगको लक्षण

प्रारम्भिक अवस्था मा कलेजो रोगको कुनै विशिष्ट लक्षण हुँदैन गैर विशिष्ट लक्षण हुन्छ । डा.चौधरीको अनुसार तर यदि कोई मदिरा नियमित रूपमा लिन्छन्, कसैको परिवार मा भाइरल हेपाटाइटिस ‘बि’ वा ‘सि’ छ । कसैको परिवार मा ‘अटोइम्युन’ कलेजो रोग छ । कसैलाई जन्डिस भइ रहेको छ । पेट सम्बन्धी लक्षण जुन लामो समय देखी राखिएको छ र जसको कारण थाहा पाइ राखिएको छैन ।

यस्तै डाइबिटिज उच्च जोखिम हो फ्याटि लिभर हुने , यदि यस्ता व्यक्तिहरूले आफ्नो नियमित कलेजो परीक्षण गराओस् भने कलेजो रोग समय मै पहिचान हुन्छ । यस्तो उच्च जोखिम भएको जनसंख्या मा वार्षिक स्वास्थ्य जाँच मा कलेजो को जाँच समेत समावेश गर्नु पर्छ ।

कलेजो खराब हुने कारण

सामान्यतया कलेजो सम्बन्धी रोग हुने गरेको छ, जो मौन तरिकाले विकसित हुन्छ र थुप्रै वर्ष वर्ष पछि कलेजोलाई फेल गराइ दिन्छ । तापनि यसको केही लक्षण प्रारम्भिक अवस्थामा नै देखिन्छ, जसलाई पहिचान गरेर कलेजो लाई पुर्न रुपमा खराब हुन वाट जोगाउन सकिन्छ ।

जीवनशैली को समस्या फ्याटी लिभर

फ्याटि लिभर जीवन शैली को रोग हो । हाम्रो खान पिनमा बोसो चिल्लो बढी हुनु, गतिहीन (सेडेन्टरी) जीवन शैली, व्यायाम कम हुनु , तनाव बढी रहनु, मिसावटी खाद्य पदार्थ, कम गुणस्तरको खाद्य पदार्थ सेवन, यावतका यी सबै को कारण कलेजो मा बोसो बढ्न शुरु हुन्छ ।

डा.पुकार र डा. चौधरीको अनुसार जसरी जसरी बोसो बढ्छ र बोसोमा सुन्नाइ हुन्छ कलेजोमा त्यो अक्सिडेसनको कारण छेउछाउको कोष लाई छिटो नष्ट गर्छ । र कलेजो छिटो खराब हुन्छ । यसैले जीवन शैली अन्तर्गत मोटो पना वाट आफूलाई जोगाउनु को साथै बोसो भएको खाद्यपदार्थ वाट समेत जोगाउनु पर्छ । दिनहुँ व्यायाम गर्नु पर्छ । न्यूनतम ३० मिनेट दैनिक र सातामा ५ दिन अर्थात् सातामा डेढ सय मिनेट व्यायाम गर्दा राम्रो हुन्छ ।

मदिरा सेवन नै नगर्नु राम्रो तर गरे पनि जति कम गर्यो त्यो राम्रो हो । यस्तै हेपाटाइटिस ‘वि’ र ‘ए’ को खोप उपलब्ध छ र सबै लाई लगाउनु पर्छ । डा.चौधरी अगाडि भन्छन्, कम्तिमा जो रोग वाट बाच्न सकिन्छ त्यो वाट त बाचौं । यी सबै कुरा गरे गर्दा कलेजो रोग लाग्न नदीन बचाउ गर्न सकिन्छ ।

अन्तिम अवस्था भए तुरुन्त प्रत्यारोपण

तर यदि कलेजो प्रत्यारोपण को अवस्था मै पुगी सकेको छ भने प्रारम्भिक अवस्था मै प्रत्यारोपण गराउनु पर्छ । ‘यता उता घुमेर देशी औषधि, उपाय आदि को चक्कर मा नफसौँ समय मै प्रत्यारोपण गराऔं’, डा.पुकार भन्छन –‘आजकल प्रत्यारोपण गरेका हरू दीर्घकालीन जीवन बाच्न सक्छन् लिभरको बुढ्यौली (एजिङ्ग) हुदैन । यदि त्यसलाई तपाइ सुरक्षित राख्नु भयो भने ।’

कलेजो को आधारभूत अवस्था थाहा पाउन सकिन्छ

यदि तपाइ को तौल नियमित रूपमा बढी देखि राखिएको छ, तपाइ व्यायाम गर्न सक्नु हुन्न, एउटा अल्ट्रासाउन्ड गरेर थाहा पाउन सकिन्छ कलेजोमा बोसो छ वा छैन । एलएफटी ले थाहा पाउन सकिन्छ कलेजोमा सुन्नाइ छ वा छैन । यो आधारभुत परिक्षण छ । लिभर फंग्सन टेष्ट, अल्ट्रा साउन्ड, फाइव्रोस्क्यान जसबाट कलेजो को आधार भूत अवस्था थाहा पाउन सकिने उनी बताउँछन् ।

सिरोसिस नभए सम्म उल्टाउन मिल्ने

जब सम्म कलेजो मा सिरोसिस हुदैन तव सम्म उल्टाउन (रिभर्सेवल) मिल्ने हो । तर एक पटक सिरोसिस भइ हालोस् फेरी उल्टाउन नमिल्ने डा.पुकार बताउँछन् । उनको अनुसार कलेजो मा बोसो जति पनि होस र यदि सिरोसिस भएको छैन भने ‘अर्लि फाइव्रोसिस’ छ , तपाइ आफ्नो आहार, व्यायाम र औषधिले कलेजो लाई स्वस्थता तर्फ फर्काउन सक्नु हुन्छ । सामान्य व्यक्तिको कलेजो जस्तै बनाउन सकिन्छ ।

खानपानले समेत कलेजोमा असर

मायो क्लिनिक को अनुसार कलेजो को स्वास्थ्यमा सुधार ल्याउन केही खाद्य पदार्थको सेवन गर्न छोड्नू पर्छ । यस अन्तर्गत रातो मासु, ट्रान्स फ्याट, प्रोसेस्ड कार्ब्स, हाई फ्रुक्टोज कोर्न सिरप आदि छन् । यो खाद्यले कलेजो लाई तीव्र गतिले बिगार्छ र कलेजो फेल हुने कारण बन्छ । प्रशस्त मात्रा मा प्रोटिन भएको रातो मासु पचाउन कलेजो को लागि चुनौती पुर्न काम हुन्छ । कलेजो को लागि प्रोटिन लाई तोड्नु सरल हुँदैन । मदिरा सेवन कलेजो रोगको प्रमुख कारण मध्ये एक हो । मदिराले कलेजो लाई नराम्ररी प्रभावित गर्छ । कलेजोले मदिरा लाई तोड्ने प्रयास गर्दा रासायनिक प्रतिक्रिया हुन्छ जसले कोषलाई नोक्सान पुर्याउँछ । जसले गर्दा कलेजो मा सुन्नाइ र फाइब्रोसिस हुन्छ । लामो समय सम्म मदिरा सेवनले कलेजो को सिरोसिस हुन्छ । यस्तै बढी चिनी कलेजो लाई मदिरा जस्तै नोक्सान पुर्याउँछ । यस्तै फास्ट फुड आइटम कलेजो मात्र नभइ समग्र स्वास्थ्यको लागि रामे मानिँदैन । यस अन्तर्गत बर्गर, फ्रेंच फ्राइ, वेफर्स, जस्तो खानाले कलेजो को लागि राम्रो मानिँदैन ।

कसले कलेजो दान गर्न सक्छ

  • १८ देखी ६० वर्ष का व्यक्ति
  • दाताको रक्त समूह बिरामीको रक्त समूह सँग मेल खानु पर्छ वा ‘ओ’ रक्त समूहको हुनु पर्छ
  • दाताको कलेजो स्वस्थ हुनु पर्छ
  • दाता मानसिक रूपमा स्वस्थ हुनु पर्छ
  • दातामा स्वास्थ्य जटिलता हुनु हुँदैन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!